नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वास्थ्य क्षेत्रमा ऐतिहासिक र दूरगामी प्रभाव पार्ने कदम चालेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले घोषणा गरेअनुसार अब नेपालमा ‘एक बिरामी, एक डिजिटल आईडी’ (One Patient, One Digital ID) र बिरामीको रियल-टाइम मनिटरिङ (Real-Time Monitoring) प्रणाली लागू हुनेछ। यसका साथै, रातको समयमा खटिने नर्सहरूको मनोबल बढाउन रात्रिकालीन ड्युटी भत्तामा ५०% वृद्धि गरिनेछ। हाल हाम्रो क्लिनिकल स्वास्थ्य प्रणालीमा उच्च स्तरको जवाफदेहिताको अभाव छ । बिरामीको महत्त्वपूर्ण जानकारीहरू अझै पनि कलम र कागजमै सीमित छन् । तर यो नयाँ अवधारणाले नेपालको स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा डिजिटल र…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
२०८३-८४ को बजेटमा स्वास्थ्य क्षेत्र : आशा पनि, प्रश्न पनि एक समीक्षा
सरकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने प्रयास गरेको देखिन्छ। स्वास्थ्य बीमाको विस्तार, आधारभूत अस्पतालहरूको निर्माण, टेलिमेडिसिन सेवा, निःशुल्क क्यान्सर उपचार, सुलभ स्वास्थ्य सेवा तथा अत्यावश्यक औषधिको स्वदेशी उत्पादन जस्ता विषयहरू बजेटका सकारात्मक पक्ष हुन्। यी योजनाहरूले आम नागरिकलाई ठूलो राहत दिने अपेक्षा गर्न सकिन्छ। तर, स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने उपभोक्ता, स्वास्थ्यकर्मी तथा निजी क्षेत्रको दृष्टिकोणबाट हेर्दा बजेटमा अझै धेरै सुधार गर्नुपर्ने पक्षहरू स्पष्ट देखिन्छन्। स्वास्थ्यकर्मीहरूबीच विभेदको महसुस र मनोबलको प्रश्न स्वास्थ्य क्षेत्र भनेको केवल नर्सिङ सेवा मात्र होइन। यो चिकित्सक, फार्मासिस्ट, हेल्थ असिस्टेन्ट (एचए),…
स्वास्थ्य क्षेत्रलाई १०१ अर्ब ९५ करोड बजेटः कहाँ के लाई कति बजेट ?
स्वास्थ्यसमाचार/सरकारले बजेटमार्फत स्वास्थ्यमा नीतिगत फ्डको मार्ने लक्ष्य राखेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएका छन् । उनले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न बताउँदैं स्वास्थ्यमा १०१ अर्ब ९५ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । कहाँ कति बजेट ? १. स्वास्थ्य बीमा कार्यक्रमलाई १५ अर्ब बजेट । २. विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम,…
सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म बढ्ने, आधारभूत तलबमा १० प्रतिशत वृद्धि
स्वास्थ्यसमाचार/ सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४० हजार कायम गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३/ ८४ को बजेट संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो । साउन १ गतेदेखि नयाँ तलबमान लागू हुने उहाँले बताउनुभयो । कर्मचारीले हाल खाइपाइ आएको पारिश्रममा २१ प्रतिशत वृद्धि गरी ग्रेडसहित न्यूनतम तलब करिब ४० हजारदेखि १ लाख रुपियाँ माथि कायम हुने अर्थमन्त्रीले बताउनुभयो । अर्थमन्त्री डा. वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत बृद्धि,…
नर्सहरूको नाइट ड्युटी भत्ता दोब्बर,स्वयंसेविकाको यातायात खर्च ५०% वृद्धि
स्वास्थ्यसमाचार/ सरकारले अस्पतालमा कार्यरत नर्सहरूको नाइट ड्युटी भत्ता दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले नर्सहरूको नाइट ड्युटी भत्ता बढाइएको जानकारी दिएका हुन्। बजेटमार्फत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा समेत ५० प्रतिशत वृद्धि गरिएको सरकारले जनाएको छ। स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइएको छ। सरकारको यो निर्णयपछि स्वास्थ्यकर्मीमा थप उत्साह आउने तथा सेवा प्रवाह प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा…
बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ
स्वास्थ्यसमाचार/ सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वज्निक गर्दै सो घोषणा गर्नुभएको हो । अर्थमन्त्री वाग्लेले भन्नुभयो, “देशैभरीका दलित बालबालिकाकालाई उपलब्ध गराइएका बाल पोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपियाँ बनाएको छु ।”
स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने
स्वास्थ्यसमाचार/ सरकारले स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बिमाको दायरामा ल्याउने लक्ष्य राखेको अर्थमन्त्री वाग्लेले बताउनुभयो । बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने छ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्यसम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाइने छ । स्वास्थ्य बिमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षमा ९० प्रतिशत…
चिकित्सा तथा नर्सिङको कोटा उल्लेख्य बढाईने
स्वास्थ्यसमाचार /अर्थ मन्त्री डा स्वर्णीम वाग्लेले चिकित्सा तथा नर्सिङ अध्ययनका लागि कोटा उल्लेख्य बृद्धि गर्ने बताएका छन् । आर्थिक वर्ष २०८३/०८४ को बार्षिक बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पढ्नका लागि व्यवस्थापन मिलाउने बताएका छन् ।
सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने
स्वास्थ्यसमाचार /सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार ३१ निकायको खारेजी, छ वटा निकायको मर्जर, छ वटा निकायको हस्तान्तरण तथा १८ वटा निकायको पुनःसंरचना गरिने छ । यसैगरी अर्थमन्त्री डा. वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही बनाउने गरी राष्ट्रसेवक र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको समेत बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा…
२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना
स्वास्थ्यसमाचार/ सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । आगामी ५ वर्षभित्र २४ घण्टा स्वच्छ पिउने पानीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

