स्वास्थ्यसमाचार/विशेष अदालतले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेल हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य परीक्षण जारी रहेको अस्पताल स्रोतले जनाएको छ । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ ।
कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्रको आवश्यकता र औचित्य
नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरिएसँगै वि.सं. २०३८ सालमा धनकुटा, पथलैया, पोखरा र सुर्खेतमा तथा केही वर्ष पश्चात् धनगढीमा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको स्थापना भई क्षेत्रीयस्तरमा स्वास्थ्य तालिमका क्रियाकलापहरु संचालनमा आए । नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् लागु गरिएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ मा स्वास्थ्य जनशक्तिको विकास तथा व्यवस्थापन गर्ने नीति अन्तर्गत स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रलाई संस्थागत रुपमा सुदृढीकरण गर्ने र उत्पादन क्षमतामा वृद्धि गर्ने उल्लेख भएको सन्दर्भमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण तालिमहरुको केन्द्रीयस्तरबाट संयोजन गरी सबै तहका स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम बनाउनको लागि वि.सं. २०५० सालमा राष्ट्रिय…
उपचार लापरबाहीमा डा. संजिव त्रिपाठीलाई ४० लाख क्षतिपूर्ति आदेश
स्वास्थ्यसमाचार/उपभोक्ता अदालतले डाक्टर सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला गरेको छ ।उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने छ ।उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने…
लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनमा २५ प्रतिशत भौतिक प्रगति
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ । क्यान्सर भवनको ‘¥याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले…
मायादेवी १ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणित
स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड न १ धमौली पुर्ण संस्थागत प्रसुतीयुक्त वडा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणिकरण घोषणा गरिएको छ । वडा प्रजनन स्वास्थ्य समन्वय समितिका बिभिन्न कृर्याकलाहरुवाट आर्थिक बर्ष २०८१ बैसाख १ देखी ८१ चैत्र मसान्त सम्म १ बर्षको अवधिमा जम्मा १सय २७ जना गर्भबति सुत्केरी भएको सर्वेक्षणबाट पाईकोमा १२७ जना गर्भबतीले संस्थागत सुत्केरी गराएको र मापदन्ड अनुसार गर्भवती जाँच तथा उत्तर प्रसुति जाँच भएको पाइएकोले यस वडालाई पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गरिएको हो । पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा समारोहका अध्यक्ष वडा प्रजनन स्वास्थ्य समन्वय…
बुटवल :स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा अब्बल
स्वास्थ्यसमाचार/ पछिल्लो समयमा स्वाथ्य र शिक्षा क्षेत्रको हव बन्दै गएको बुटवलले स्वाथ्य पुर्वाधार विकासमा जोड दिएको छ । बुटवलमा संघीय सरकार, प्रदेश सरकारबाट सरकारी स्तरका हस्पिटल साथै निजी क्षेत्रले पनि स्वाथ्य क्षेत्रका पुर्वाधार विकासमा जोड दिईरहेको बेला बुटवल उपमहानरपालिकाले पनि स्वाथ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ । आफ्नै १०/१० बेडका दुई वटा अस्पताल सञ्चालन गर्ने तयारी गरेको बुटवलले स्वाथ्य क्षेत्रका सेवा विस्तारमा पनि जोड दिएको छ ।नेपालको संविधान, २०७२ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवाको पहुँच, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा बुटवल उपमहानगरपालिका…
बुटवलमा स्वास्थ्य सेवा र चेतनाको पहुँच विस्तार
स्वास्थ्यसमाचार/ बुटवलमा महिला स्वास्थ्य सुधारका लागि स्थानीय सरकारको अग्रसरता उल्लेखनीय बन्दै गएको छ। विशेषगरी “महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम” मार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सुधार आएको हो। वि सं २०४५ सालदेखि सञ्चालनमा आएको यो कार्यक्रम निःशुल्क, निस्वार्थ र समर्पित सेवाका रूपमा देशभर महिला स्वास्थ्यकेन्द्रमार्फत सञ्चालित हुँदै आएको छ। शहरी तथा ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम हाल जनस्वास्थ्य सेवाको नमुना उदाहरणका रूपमा स्थापित भइसकेको छ। बुटवलमा मात्रै करिब १७६ बढी महिला स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय छन्। यी महिलाहरूले गर्भवती, सुत्केरी, नवजात शिशु, किशोरी…
अस्पताल विकास समिति विघटन रोक्न सर्वोच्चको अन्तरिम आदेश
स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारले २०८२ वैशाख १६ गते र जेठ ५ गते गरेका अस्पताल विकास समितिसम्बन्धी निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि असार १७ गते बोलाएको हो। यससँगै लुम्बिनी प्रदेशका लुम्बिनी, राप्ती प्रादेशिक अस्पताल, रामपुर अस्पताल पाल्पा लगायत १४ वटा विकास समितिमा पूर्व नियुक्त पदाधिकारीहरू पुनर्बहाली भएका छन्। राप्ती प्रादेशिक अस्पतालका तत्कालीन अध्यक्ष पदम प्रसाद न्यौपानेले आफ्नो कार्यकाल बाँकी नै रहँदा पदमुक्त गर्दै गरिएको नयाँ नियुक्ति गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर…
बुटवलको वैकल्पिक उपचार : दीर्घरोगीका लागि राहतको आशा
स्वास्थ्यसमाचार/गीता थापालाई दस वर्षअघि देखिनै कब्जियत, ग्यास्ट्रिक र वाथको समस्या थियो। औषधि खाएपछि केही दिन ठिक लाग्थ्यो, फेरि समस्या दोहोरिन्थ्यो । निजी क्लिनिक धाउँदा–धाउँदै थाकिसकेकी थापाले अब त शरीरको भाग्य यही हो भनेर स्वीकार्नै थालिसकेकी थिइन् । तर, दुई वर्षअघि छिमेकीले भने, “गीता दिदी, बुटवल–१२ मा अहिले आयुर्वेद औषधि निःशुल्क पाइन्छ रे। गएर हेर्नुस त।” त्यसपछि उनी पहिलोपटक शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पुगिन्। त्यहाँ आयुर्वेद शाखाका कबिराज यमलाल भुसालले उनलाई स्वधेन सेवा, त्रिफला चूर्ण र सताबरी प्रयोग गर्न सुझाए । ‘अब नियमित रूपमा मासिक चेकजाँच गर्न जान्छु,” गीता थापा भन्छिन्,…