९औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

स्वास्थ्यसमाचार/ ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्ला स्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थिति विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए । उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि…

स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउ :जनस्वास्थ्य संघ लुम्बिनी

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशनालयलाई स्वास्थ्य मन्त्रालयमा गाभ्न गरेको तयारीका विषयमा नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरोकारवालाहरुसँग छलफल बहस नगरी हठात् बजेट बक्तब्यमार्फत स्वास्थ्य मन्त्रालयमा गाभिने भनि निर्णय आउनु मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई उपेक्षा एवं नजरअन्दाज गरिएको संघले जनाएको छ। विश्वव्यापीकरणरण संगै बढ्दो अवस्थामा रहेको स्वास्थ्यका चुनौतीहरु, नयाँरनयाँ प्रकृतिका सर्ने एवं नसर्ने रोगहरुको व्याप्ताता, जलवायु परिवर्तन लगाएतका अन्य क्षेत्रगत स्वास्थ्य चुनौतीहरुसँग लड्दै स्वास्थ्य सेवाको गुणस्तर थप अभिवृद्दि गरी संविधान प्रदत्त जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विद्यमान स्वास्थ्य…

४३सय महिलाले पाए बुटबलमा जनही २ हजार मातृशिशु पोषणभत्ता

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिकाबाट आर्थिक बर्षको सुरुदेखी हालसम्म ४३ सय महिलाले मातृशिशु कार्यक्रमअन्तरगत जनही २ हजार पोषणभत्ता पाएका छन। बुटवल उपमहानगर पालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो। जसअनुसार मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो । उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो। उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका…

पाल्पाका १० बटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा

स्वास्थ्यसमाचार /पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका सबै पालिका पूर्ण खोपयुक्त पालिका घोषित गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सरकारको मापदण्ड अनुसार बच्चा जन्मेको १५ महिनाभित्र १४ प्रकारका खोप लगाउनुपर्छ । ती खोप लगाउन छुट भएका बालबालिकाको खोजी गरेर २३ महिनाभित्र खोप लगाएपछि लक्ष्य पुरा हुने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो । यो वर्षदेखि २३ महिनादेखि पाँच वर्ष…

क्यान्सर रोगिका बिबिध पक्षका बारेमा अनुसन्धान गरिने

स्वास्थ्यसमाचार/नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही शाखाको बैठक सम्पन्न भएको छ । शाखा सभापति खिम बहादुर हमालको सभापतित्वमा भएको बैठकले बिश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको दिन सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ बिक्रि बितरण, उत्पादन र प्रयोगमा निषेध गरि सुर्तीजन्य पदार्थ मुक्त समाज निर्माण अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गरे बापत यस जिल्ला अन्तर्गत तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मानित गरेको सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ । बैठकले कार्यक्रममा उपस्थित हुनुभएका सबैमा आभार प्रकट गरेको सहसचिव बाबुराम बिकले बताउनु भयो । बैठकले आगामी आर्थिक बर्षका लागि संस्थाका उपसभापति सुरेन्द्रप्रसाद श्रेष्ठको…

बुटवलको आम्दामा फार्मेसी, पिसिएल नर्सिङ र एचएका लागि तयारी

स्वास्थ्यसमाचार/बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो। आम्दा अस्पताल सञ्चालक समितिको  बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा…

बुटवलमा क्यान्सर,र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/ बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ। बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो। शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण पनि शुरु भएको छ। शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताउनुभयो।उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन…

नेपालमा पहिलो पटक भेटियो मंकीपक्सवाट ग्रसित बिरामी

स्वास्थ्य समाचार/नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि  नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भए पछि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको हो ।मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उक्त विदेशी महिलामा ज्वरोसहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी…

लुम्बिनी प्रादेशिकमा विशिष्टीकृत सेवा लागी २१ करोड बजेट बिनियोजन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई विशिष्टीकृत सेवा संञ्चालनको लागी प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी प्रदेशको पुरानो र ठुलो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न लागि सरकारले २१ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य सचिब डा जनार्दन पन्थीले बताउनु भयो। अब लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याव ,न्युरो सर्जरी, एमआरआई सेवा, काडियोलोजी लगायतको सेवालाई विस्तार गर्नेको लागी बजेट बिनीयोजन गरिएको डा पन्थीले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य…

लुम्बिनी प्रदेशमा स्वास्थ्यको बजेट गत बर्षभन्दा २ प्रतिशतले बढी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४० अर्ब ४७ करोड ८९ लाख ५७ हजारको बजेट सार्वजनिक गरेको छ। सरकारले प्रस्तुत गरेको बजेटमा चालु आव २०७९/८० भन्दा दुई अर्ब १५ करोड कम बजेट आएको छ। चालु आवमा ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट आएको थियो। प्रदेश सरकारका तर्फबाट आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष २०८०/८१ का लागि आज लुम्बिनी प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार बजेट विनियोजन गरिएको…