स्वास्थ समाचार /स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । आर्थिक वर्ष ०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट गुल्मी अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर प्रदेशमा तेस्रो हुन सफल भएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे सहितको…
समाचार
रुपन्देहीमा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन अभियान जारी
स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला कार्यसमिति रुपन्देहीले सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन अन्तर्गत रहेर स्थानीय सरकारले आफ्नो पालिकामा निर्माण गरेका निति नियमको प्रभावकारी कार्यान्वयनका लागि रुपन्देहीका बुटवल र तिलोत्तमा नगरपालिकाका मेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा प्राणघातक प्रकृतिको क्यान्सर रोग आज सम्पुर्ण विश्व, हाम्रो देश र समाजको लागि समेत ठूलो चुनौती भएको बेला स्थानीय तहका सरकार र सरकारी निकायले गम्भीर भएर सुर्तीजन्य पदार्थ (नियन्त्रण नियमन) ऐन २०६८ र उक्त ऐन सङ्ग जोडिएका स्थानीय नीति नियम प्रभावकारी कार्यान्वयन गर्न सकेको खण्डमा सुर्तीजन्य पदार्थको…
स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धी ४ दिने तालिम सम्पन्न
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वद्धन सम्बन्धी ४ दिने आधारभूत तालिम समापन भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका २३ जना स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको समापन कार्यक्रमका बोल्दै जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई…
स्वास्थ्यमन्त्री गिरी बाँकेको दादुरा प्रभावित क्षेत्रमा
स्वास्थ्यसमाचार/ बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका-५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो । मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा…
सिद्धार्थनगरमा शारीरिक अपांगता परीक्षण स्वास्थ्य शिविर सम्पन्न
स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क शारीरिक अपाङ्गता परिक्षण स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा सम्पन्न निःशुल्क शारीरिक अपाङ्गता परिक्षण शिविरमा बालबालिकासहित ५३ जनाले सेवा लिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताउनुभयो । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधारणले अनुभवी चिकित्सकद्वारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भन्नुभयो, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’ उहाँले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण…
सुर्खेतमा जीप दुर्घटना ४ स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते
स्वास्थ्यसमाचार/ झुप्राखोला नजिक रत्नराजमार्गमा भएको जीप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरेका छन् । मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिकाका सागर शाही, स्वास्थ्य शाखा दैलेखका डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जंग शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र बि।सी…
स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ
स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् । डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय…
राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल
स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ। प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गर्नु भयो। उद्घाटन कार्यक्रमा बोल्दै डा पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै उहाले आयुर्वेदको बिकासका लागी पनि महत्वपुर्ण हुने बताउनु भयो। राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। उहाले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्था संग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल संग तरिकाले…
शुद्धोधनमा शारीरिक अपांगता परिक्षण सम्बन्धि घुम्ती शिबिर सम्पन्न
स्वास्थ्यसमाचार/ शुद्धोधन गाउपालिका एक दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिबिर सम्पन्न भएको छ। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा को आयोजना र शुद्धोधन अपाङ्ग संघ , फर्साटिकर को समन्वयमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती सम्पन्न भएको हो। शुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई ,प्रबक्ता केशव प्रसाद अधिकारी गाउँपालिकाका भुतपुर्व अध्यक्ष किशुनचन्द्र चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै यस अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाले गाउँपालिका संग समन्वय गरि अपाङ्गहरुको हितका लागि टाढादेखि आएर अपाङ्ग बिरामीहरू…
रुपन्देहीका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि तालिम सुरु
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वदन सम्बन्धी आधारभूत तालिम सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो । तालिमको एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले सुभारम्भ कार्यक्रममा बोल्दै खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउनु भयो उहाले खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको बताउनु भयो। खोपद्वारा नै आमा…