स्वास्थ्यसमाचार/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणका लागि स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई राज्यका मुख्य प्राथमिकताका रूपमा देख्नु पर्ने र यस दिशामा सरकारलाई आवश्यक कदम चाल्नुपर्ने जोड दिनुभएको छ।
अध्यक्ष प्रचण्डले बुटवलमा मेयर खेलराज पाण्डेसँगको भेटमा समाजको समृद्धि र समावेशी विकासका लागि यी क्षेत्रहरूको महत्त्वपूर्ण भूमिका रहेको वताउनु भएको थियो।
उहाँले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यका साथ सरकारलाई दीर्घकालीन योजना र पूर्वाधारको विकासमा ध्यान दिनु पर्ने उल्लेख गर्नु भएको छ।
प्रतिकया दिनुहोस्