स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले २०२५ सम्ममा मलेरिया (औंलो) निवारण गर्ने लक्ष्य पुरा गर्ने तर्फ सबै केन्द्रीत हुनुपर्ने वताउनु भयो। प्रदेश स्तरीय औंलो निवारण निर्देशक समितिको प्रथम बैठकमा उक्त कुरा बताउनु भयो। मन्त्री पन्थीले नरैनापुर लगायतका पालिकामा औंलोको बढि समस्या देखिएको छ त्यहाँ कार्यक्रम केन्द्रित गर्नुपर्नेछ। स्वास्थ्यको क्षेत्रमा प्रदेशमा जहाँ जहाँ समस्या र अभाव छ त्यसका लागि प्रदेश सरकारले आवश्यक बजेट र कार्यक्रमलाई प्राथमिकता दिएको समेत मन्त्री पन्थीले बताउनु भयो स्वास्थ्य मन्त्री विष्णु पन्थी अध्यक्षता, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, केन्द्रका डा. गोकर्ण दाहाल, तालिम केन्द्रका निर्देशक नोद…
समाचार
गुल्मी अस्पतालमा जनशक्ति अभाबले डेढ वर्षदेखि आइसियू अलपत्र
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा जनशक्ति नहुँदा डेढ वर्षदेखि दुईवटा भेन्टिलेटरसहित पाँच बेडको आइसियू अलपत्र परेको छ । कोभिड– १९ को वेला दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको काम भएको छ । तर, पाइपलाइन विस्तार र जनशक्ति नहुँदा आइसियू अलपत्र भएको हो । डेढ वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरणसमेत अलपत्र छ । यता रेसुंगा नगर कार्यपालिकाको पहिलो बैठकले गुल्मी अस्पतालमा मिर्गौलाको डायलाइसिस सेवा सुरु गर्ने निर्णय गरेको छ । डायलाइसिस मेसिन खरिद गरेर गुल्मी अस्पतालबाट सेवा दिने नगर कार्यपालिकाको निर्णयले केही उत्साहित बनाएको छ । तर, उपकरण…
रुपन्देहीमा ७२ जना पत्रकारले गराए आँखा जाँच
स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा मंगलबार रुपन्देहीका पत्रकारहरुका लागि निशुल्क आंखा जांच गरिएको छ । नेत्र ज्योति संघको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र जिल्ला समिति रुपन्देहीको आयोजनामा निशुल्क आखां जांच गरिएको हो । आँखा जाँच अघि आयोजित संक्षितप्त शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा। बालकृष्ण चापागाईले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गरि महासंघले आँखा शिविर राखेर राम्रो काम गरेको बताए । कार्यक्रममा नेत्रज्योती संघ रुपन्देहीका सभापती कमलराज जोशीले देशैभर पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने समझदारी अनुसार रुपन्देहीमा…
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा संक्रमण
स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताउनुभयो । “भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा…
लुम्बिनी रणअम्बिका आँखा अस्पताल अध्यक्ष राणा लाइफटाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित
स्वास्थ्यसमाचार/ नेपालको आँखा उपचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको नेपाल नेत्रज्योति संघले स्थापनाको ४४ वर्ष पूरा गरेको छ । संघले ४५औँ नेत्रज्योति दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा मनाइएको नेत्रज्योति दिवस समारोहमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघसँग जोडिएर नेपालका आँखा उपचारमा विभिन्न तरिकाबाट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो। नेपाल नेत्रजयोति संघका लुम्बिनी प्रदेशका सभापति तथा रणअम्बिका आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणा अस्पतालको विकास तथा आँखाको उपचारमा योगदान…
लुम्बिनीका स्वास्थ्य सचिब डा. बिकास देबकोटा १२औं तहमा बढुवा
स्वास्थ्यसमाचार/ जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटा बढुवा भएका छन्। सरकारले डा विकास देवकोटा लाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका श्रोतका अनुसारका मन्त्रिपरिषदको बैठकले बढुवा सिमितिले सिफारिस गरेको आधारमा रिक्त रहेको १२औं तहमा दुई जना बढुवा गरेको छ डा विकास देवकोटा र डा टंक बाराकोटीलाई १२औं तहको अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रालयको रिक्त १२ औं तहका लागि २१ जनाले आवेदन दिएका थिए।१२औं तहमा बढुवा भएकामध्ये डा देवकोटा लुम्बिनी स्वास्थ्य मन्त्रालयको सचिवका र डा…
श्रृगा स्वास्थ्य केन्द्र गुल्मी :स्वास्थ्यकर्मि २४ करार २३तालिम प्राप्त सुन्य
स्वास्थ्यसमाचार/गुल्मीको श्रृगा प्राथमिक स्वास्थ्यकेन्द्रमा बर्थिङ सेन्टरमा एसबीए तालिमप्राप्त स्वास्थ्यकर्मी छैनन्। “स्वास्थ्यकेन्द्रमा एसबीए र अन्य सुविधा भएपनि तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा जोखिम मोलेर सुत्केरी गराउने वा जिल्ला अस्पताल तम्घासमा जान बाध्य छन।” प्रसूति सेवाकै लागि सरकारले तालिम दिएर तयार पारेका स्वास्थ्यकर्मीहरू ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरहरूमा बस्न नमान्दा यस्तोे स्थीति श्रृजना भएको हो । जिल्ला सदरमुकाम तम्घास भन्दा करिब ३५ किलोमिट टाढा रहेको श्रृगा प्राथामिक स्वास्थ्यकेन्द्रमा सुबिधा सम्पन्न भबन छ।डिजीटल एक्सरे बाहेक अरु उपकरण छन। स्वास्थ्यकर्मि पनि २४ जना रहेका छन।तर नेपाल सरकारको १ जना अहेब रहेको त्योपनि सरुवा भएर अनेत्र जान लागेको…
पाल्पामा ३सय २४ क्षयरोगी, ६महिनाको अबधिमा १५ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ पाल्पामा ३सय २४ जना क्षयरोगी फेला परेका छन। २४ मार्चमा मनाईने बिश्व क्षयरोग दिबस स्वास्थ्य कार्यालय पाल्पाले गरको अन्तरक्रियामा जिल्लामा ३सय२४ जना क्षयरोगी रहेको र आर्थिक बर्षको ६ महिनामा १५ जनाको मृत्यु भएको बताईएको छ। “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइदै छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले क्षयरोगकै कारण अझै पनि रोगीहरुले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले जनचेतना बृद्धिका लागी सबै नागरिक सम्म रोगको बिषयमा जानकारी, लक्षण तथा निदानका उपायहरु पुर्याउनु…
नेपालमा कोरोना भाइरसको जोखिम बढ्दै, एकै दिन १७ मा संक्रमण
स्वास्थ्यसमाचार/नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गरिएको थियो । सक्रिय सङ्क्रमितको संख्या ३० रहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा कोरोना…
रुपन्देहीमा क्षयरोगी नखुल्दा उपचारमा समस्या :स्वास्थ्य प्रमुख ढकाल
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लाका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिकामा क्षयरोगबाट प्रभावित हरु को संख्या उच्च रहेको पाइएको छ । स्वथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कुल १ हजार ५९ जना क्षयरोगीहरु रहेकोमा बुटवल उपमहानगर पलिकामा सबैभन्दा बढि २ सय ५४ जना क्षयरोगी भेटिएका हुन । सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ भेटिने दर बढ्दै जाँदा लक्ष्यमा भेट्न मुस्कीले हुने देखिएको हो । चालु आर्थिक बर्षको चैत महिना सम्ममा रुपन्देहीमा नयाँ केस पत्ता लाग्नेहरुको संख्या समेत विस्तारै बढ्दै गएको हो । जसमा बुटवल उपमहानगरापलिकामा २ सय…