वागमतीका स्वास्थ्यकर्मीलाई बिशेषज्ञ सेवाको आधारभुत तालिम

स्वास्थ्यसमाचार /बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै १३ जिल्लाबाट अस्पतालका चिकित्सक,पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरूलाई ३ दिने बिशेषज्ञ सेवाको आधारभुत तथा आकस्मिक उपचारको तालिम प्रदान गरिएको छ । संघको सर्तबाट १ र प्रदेशको बजेटबाट १ गरी समानान्तर २ ब्याच गरी ३७ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम बानेश्वरमा सञ्चालन गरिएको छ । कार्यक्रमको शुभारम्भ तथा समापन कार्यक्रम मास्टर ट्रेनर तथा केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र स्वास्थय मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख प्रशिक्षक तथा प्रमुख…

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय

स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी उत्पादक संघको सातौ अधिवेसनले सुमन प्रसाद पाण्डेय सर्वसम्मतिले अध्यक्षमा बिजयी भएका छन्।  काठमाडौंमा भएको सातौँ साधारण सभाले नवनिर्वाचित कार्यसमितिको चयन गरेको हो। आगामी २ बर्षको कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा श्री सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा सुमन पौडेल, सह(कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्। त्यसैगी सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र वस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन्। साधारण सभाको उद्घाटन माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रमको सभापति…

स्वास्थ्य तथा जनसंख्या विभाग एमालेद्धारा शुद्धोधनमा स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्लाको शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जनतालाई लक्षित गरी शुद्धोधन गाउँपालिका–५ मानपकडीमा ‘हेल्थ क्याम्प’ गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै सचेतक चौधरीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । चौधरीले शिविरबाट वास्तविक नागरिकले फाइदा लिनुपर्नेमा जोड दिए । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य शिविर गरेर सेवा दिएकोमा चौधरीले खुसी व्यक्त गरे ।…

कठ्यांग्रिए भूकम्पपीडित सुत्केरी, भन्छन्– ‘चिसो थेग्नै मुस्किल भो’

स्वास्थ्यसमाचार/भर्खरीकी सुत्केरी। पालमुनिको बसाई। मुटु छेड्ने सिरेटो। जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–१ चिउरीकी विमला महर सुत्केरी भएको बिहीबार १२ दिन मात्र भएको छ। उनीलाई चिसो थेग्न निकै मुस्किल परेको छ। मंगलबारबाट धेरै वर्षा हुन नसके पनि हल्का वर्षातका कारण चिसो निकै बढेको छ। चिसोले निकै समस्यामा परेको विमलाले बताइन्। चिसोले राति निन्द्रा नपरेपछि दिउँसो घाममा सुत्ने गरेको तर तीन दिनयता भइरहेको बदलीले गर्दा समस्या भएको उनको भनाइ छ। चिसोले गर्दा होला रातभर बच्चा रोइरहन्छ। म पनि सुन्निएकी छु उनले भनिन् ‘बाँच्न गाह्रो भो त्रिपालको बसाई र चिसोले गर्दा निकै सतायो।’ नलगाड…

स्वास्थ्य सेवा विभाग अन्तर्गतका ८५१ जना अनमी र अहेवको स्तरवृद्धि

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभाग अन्तर्गत कार्यरत आठ सय भन्दा बढी कर्मचारीको स्तरवृद्धि भएको छ। विभागको सूचनामा उल्लेख भए अनुसार सहायक चौथो तहका ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी लगायत कर्मचारीको स्तरवृद्धि भएर सहायक पाँचौँ अर्थात् सिनियर ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमीको स्तरवृद्धि भएको छ। २ सय ५४ जनाको अनमीबाट सिनियर अनमी अर्थात् सहायक चौथो तहबाट सहायक पाँचौँमा स्तरवृद्धि भएको छ। यस्तै ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन असिस्टेन्ट अहेब, अनमी गरी आठ सय ५१ जनाको स्तरवृद्धि भएको छ। ल्याब असिस्टेन्ट, डार्करुम असिस्टेन्ट, कोल्ड चेन…

दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो । पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकीकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो । यो विषयमा बुधबार भालुवाङमा सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरिएको छ । कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांकमा कुपोषित बालबालिका ८ प्रतिशत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिशत कुपोषित भएको तथ्याङक छ । यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको…

मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल नियुक्त

स्वास्थ्यसमाचार/नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो । त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि देखि सकिएको थियो ।प्रा डा भुसालले आफूले आज स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेको…

मधुमेहका बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा छुट्टै क्लिनिक

स्वास्थ्य समाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मधुमेह क्लिनिक सञ्चालनमा ल्याएको छ। आईतवार बिहान एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्लिनिक शुभारम्भ गतेको हो। क्लिनिकको लुम्बिनी प्रादेशिक अस्पताल बिकास सामिति अध्यक्ष जीवन प्रसाद वझा, मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा लगायतले उद्घाटन गरेका हुन। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा जोड दिए । अध्यक्ष वझाले रोगका कारण अस्पताल आउनुभन्दा पहिलेनै निवारण हुनेगरि सचेतना समेत फैलाउनुपर्नेमा जोड दिए । अस्पतालमा थप गरिएको सानो सेवाले पनि ठूलो परिवर्तन ल्याउन सक्ने उनले बताए । यसैगरी अस्पतालका चिकित्सक तथा…

एचआईभी संक्रमितहरुले मागे ‘राज्यसंग अभिभावकत्व’

स्वास्थ्यसमाचार/३६ औ अन्तरष्ट्रिय एड्स दिवस ‘समुदायको नेतृत्वमा एचआईभी एड्स नियन्त्रण गरौ’ भन्ने नारा सहित मनाइदै छ । एचआइभी संक्रमितहरुको राष्ट्रिय महासंघ केन्द्रिय कार्यालको सहयोग र लुम्बिनी प्रदेशको सहकार्यका बुटवलमा भएको सरोकारवालाहरुको छलफलमा एचआईभी संकमितहरुले सरकारले संकमितहरुको अभिभावको रुपमा भूमिका खेल्नुपर्ने बताएका छन् । उनले एचआईभी संक्रमितहरुले समुदायमा अझै पनि अस्तित्व स्वीकर नगरेको अवस्थामा उनीहरले सरकार संग सहज रुपमा जिउने वातावारण सहित , शिक्षा, स्वाथ्य रोजगारको प्रबन्धनको माग गरेका हुन ।रुपन्देहीको ओमसतियाकी ५० वर्षकी मिनाकुमारी केवटले पहिलाका श्रीमान एचआईभीबाट निधन भएपछि दोस्रो श्रीमान संग जाँदा आफु र छोरा समेत संक्रमित भएको…

सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु डा. राजेन्द्र बस्यालमाथि कुटपिट, चिकित्सकहरु विरोधमा

स्वास्थ्यसमाचार/सुत्केरी मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् र दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ । लुम्बिनी चिकित्सक संघका सचिव डा. सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सक माथि हातपात हुनु दुभाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसंग आफुहरु उपचार रोकेर बिरोध गर्ने बताए ।कुटपिटबाट घाइते…