स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्य प्राबिधिक संघको ४५औ स्थापना दिबशको अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा रक्तदान गरिएको छ। नेपाल नेपाल स्वास्थ्य प्राबिधिक संघका रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो। प्राबिधिक संघका केन्द्रिय सचिब राधा आचार्यको प्रमुख आतिथ्य जिल्ला अध्यक्ष ईश्वरी पौडेको अध्यक्षता संघका उपाध्यक्ष शिद्धार्थ आचार्यको स्वागतमा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रिय सचिब अमृत भुसाल र पुर्व महासचिब भाष्कर आत्रेयले शुभकामना ब्यक्त गर्नु भएको थियो। उक्त अबसरमा ४५ जनाले रक्तदान गर्नु भएको संघका उपाध्यक्ष शिद्धार्थ आचार्यले बताउनु भयो।
समाचार
शुद्धाेधनमा द्रुत प्रतिकार्य टोलीका लाई १ दिन अभिमुखिकरण
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय, रूपन्देहीकाे आयोजनामा र शुद्धाेधन गाउँपालिका स्वास्थ्य सेवा शाखाको सहकार्यमा द्रुत प्रतिकार्य टोली Rapid Response Team (RRT) का पदाधिकारीहरुलाई १ दिन अभिमुखिकरण कार्यक्रम शनिबार शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी बिच सम्पन्न भएको छ। साे अभिमुखिकरण कार्यक्रममा प्रशिक्षक WHO डा,विशाल झाले शुद्धाेधन गाउँपालिका स्वास्थ्य पदाधिकारी हरु लाई बिपद्काे समस्यकाे समाधान र रोकथामका बारेमा प्रकाश पार्दै विपद्का घट्नाहरुमा स्वास्थ्य सम्बन्धि वर्षाको समयमा विपद्का प्रमुख घटना हरु हुने गरेको पाइएको र विपद्का प्रमुख घटना भूकम्प, आगलागी, बाढी, पहिरो, चट्याङ, शीत लहर, हिम पहिरो, फ्ल्यस फ्लड, सडक दुर्घटना…
मस्तिष्क मृत्युपछि अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी
स्वास्थ्यसमाचार/मानिसको मृत्यु पश्चात पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले वताएका छन। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिको आयोजनामा बुटवलमा मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्थावारे भएको अन्तरक्रिया यस्तो बताईएको हो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको वताउनु भयो। छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उहाले यो अभियान देशब्यापी गराउने उल्लेख…
रोटरीले रेडक्रसलाई हस्तान्तरण गर्यो रगत संकलन गर्ने एम्बुलेन्स
स्वास्थ्यसमाचार/रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ । रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ । रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको…
नसर्ने रोग महामारी बढदो चुनौती बन्यो :स्वास्थ्यमन्त्री खनाल
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको वताउनु भयो । बाँकेलाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा सभालाई नेपालगन्जमा सम्बोधन खनालले खोपको सुरुवातसंगै महामारी रोगहरु नियन्त्रण हुनुका साथै बिभिन्न रोगबाट बचाउने तथा रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन खोप बालबालिकाका आवश्यक रहेको बताउनु भयो। स्वास्थ्यमन्त्री खनालले अहिले नसर्ने रोगको महामारी देखिएको हुँदा यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको वताउदै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरि निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई…
बुटवलमा दुईवटा अस्पताल र आम्दामा आमा सुरक्षा कार्यक्रम लागू हुने
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो । बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४०…
रुपन्देहीमा ३ जिल्लाका ५५ स्वास्थ्यकर्मीलाई ४ दिने आधारभूत खोप सम्बन्धी तालिम
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका ३जिल्ला रुपन्देही वाँके र पाल्पाका स्वास्थ्यकर्मीहरुको लागि आधारभूत खोप सम्बन्धी तालिम बुटबलमा सुरु भएको छ।परिवार कल्याण महाशाखाकाको खोप शाखाको आयोजनामा ४ दिने आधारभूत खोप सम्बन्धी तालिम सुरु भएको हो। पाल्पा रुपन्देही र बाँकेका ५५ जना स्वास्थ्यकर्मी सहभागीता रहेको आधारभूत खोप सम्बन्धी तालिममा स्वास्थ्यमन्त्रालय परिवार कल्याण महाशाखाकाको खोप शाखाकोका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको वताउदै खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण भएको बताउनु भयो उहाले खोप नियमीत लगाउन सबैलाई आग्रह समेत गर्नु भयो । खोपद्वारा नै…
राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल लुम्बिनीको अध्यक्षमा मनोज पौडेल
स्वास्थ्यसमाचार/ राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटबलमा सम्पन्न भएको छ। अधिवेशनले मनोज पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुमित केसी महिला उपाध्यक्षमा बिष्णु कुमारी खत्री सचिबमा शिशिर पाण्डे कोषाध्यक्षमा सुमन तिमिल्सीना र सह कोषाध्यक्षमा खेमराज सापकोटा चयन हुनुभएको छ । भने सदस्यहरुमा कपिल पान्डे बिजय सेन बन्दना अधिकारी,माधब राउत र समिक्षा गुरुङ चयन भएको अध्यक्ष पौडेलले बताउनु भयो । राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष कपिल ज्ञाबली, केन्द्रीय उपाध्यक्ष भिमराज सिह ,राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल लुम्बिनी…
सियारीले ल्याएको निति तथा कार्यक्रम,के के समेटियो स्वास्थ्यका १९ बुँदामा
स्वास्थ्यसमाचार/ सियारी गाउँपालिकाले स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ। स्वास्थ्यको सियारी गाउँपालिकाको पुर्णपाठ १) नेपाल सरकारको नीति अनुसार अत्यावश्क र आवश्यकीय स्वास्थ्य सेवाको पहुँच एवं गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्य सेवा पूर्वाधार विकास र नेपाल सरकारले स्वास्थ्य संस्थाहरुमा निःशुल्क उपलब्ध गराउन तोकिएका औषधीहरुको भरपर्दो आपूर्तीको व्यवस्था मिलाइनेछ । औषधी, औषधीजन्य सामग्री र उपकरण तथा स्वास्थ्य सुरक्षा सामग्रीहरुको खरिद प्रक्रियालाई प्रभावकारी व्यवस्थित र…
बर्दियामा सेनिटाइजर जस्तो तरल पदार्थ सेवन गर्दा २ जनाको मृत्यु ३ जना बिरामी
स्वास्थ्यसमाचार/ बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा (सेनिटाइजर वा स्पीरिट ) जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन । जिल्ला स्वास्थ्य कार्यलय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार मधुवन नगरपालिका–८ टिसियन फाँटामा गाउँपालिकाको डम्पीङ साईडमा जर्किनमा तरल पदार्थ भेटीएको र त्यो घरका परिबारले खादाँ २ जनाको मृत्यु र ३ जना बिरामी भएको वताउनु भयो। उहाले त्यो गाउँपालिकाको डम्पीङ साईडमा फालेको सेनेटाईजर वा स्पीरिट हो आधिकारी थाहनभएको बताउनु भयो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराका अनुसार मृत्युहुनेमा ७० वर्षीया गौरी…