लुम्बिनी प्रादेशिक अस्पतालमा ४ वर्षदेखि एमआरआई ल्याउने सपना, यस पटक पनि तुइहिने चिन्ता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ । मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ । एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रम बारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशासनले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही…

बुटवल स्वास्थ्य क्षेत्रको हव वन्दै : सभामुख तुलाराम घर्ती

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल स्वास्थ्यको हव वन्दै गएको बताउनु भएको छ । उहाँले शिक्षासँगै बुटवल अब स्वास्थ्यमा पनि पश्चिम नेपालको हव वन्दै गएको बताउनु भयो । बुटवलमा रहेको बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अवलोकन गर्दै अब बुटवल वाट विरामी अन्यत्र जान नपर्ने बताउनु भयो । नीजि क्षेत्रको लगानीमा बुटवल हस्पिटल प्रा.लि. सबै हिसाबले उपयुक्त वनेको भन्दै सरकारी अस्पताल निर्माण गर्दा पनि यसवाट सिक्नु पर्ने बताउनु भयो । उहाँले बुटवल प्रा.लि.ले स्वास्थ्यमा एउटा ईट्टा थपेको बताउनु भयो । बुटवलबाट रिफर भएर भारत तथा काठमाडौ जाने विरामीहरुले धेरै दुखः र हैरानीका…

अन्तर्राष्ट्रिय योग गुरुसँग रोटरी चौतारीको ध्यान शिविर

स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा अन्तर्राष्ट्रिय योग गुरुको साथमा ध्यान शिविर सम्पन्न भएको छ । पथिक फाउण्डेशन शंकरनगरमा अन्तर्राष्ट्रिय योग गुरु आनन्दद्वारा ध्यान शिविरमा योग तथा मेडिटेशन गराइएको थियो । उक्त ध्यान शिविरमा रोटरी क्लव अफ बुटवल चौतारीका सम्पूर्ण सदस्य रोटरीयनहरु परिवारसहित उपलस्थित भएको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । अन्तर्राष्ट्रिय योग गुरु आनन्दले मेडिटेशनले आफ्नो शरीर, मन र यसमा उत्पन्न हुने सबैखाले तरंग र भावनाप्रति सजग रहन सिकाउने बताए । ध्यान विधिले जीवन जिउने कला सिकाउने भन्दै उनले यसको महत्व अन्तर्राष्ट्रिय जगतले बुझिसकेको बताए । कार्यक्रममा उपस्थित…

सुर्तीजन्य पदार्थको सेवनका कारण हरेक दिन १०७ बढी नेपालीको मृत्यु

स्वास्थ्यसमाचार/शहरी क्षेत्रका हरेक चोक गल्लीका चिया पसल देखि पब तथा रेष्टुरेन्टमा निर्वाध रुपमा चुरोटको धुवा उडाएका युवा तथा किशोरावस्थाका केटाकेटी देखि ग्रामिण क्षेत्रका विपन्न परिवारका सदस्य ‘प्रत्यक्ष नदेखिएको’ डरलाग्दो संक्रमणमा फसिरहेका छन् ।हो, उनीहरु धूमपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फसिरहेका छन् । उनीहरुले आफू मात्रै होइन, धूमपान तथा सुर्तीजन्य पदार्थको प्रत्यक्ष सेवन नगर्ने आफ्ना साथी तथा परिवारका सदस्यहरुलाई समेत अप्रत्यक्ष (सेकेण्ड ह्याण्ड स्मोकिङको)माध्यमबाट रोगी बनाई रहेका छन्, मारि रहेका छन् । यहाँ कुरा हुँदैछ, सुर्तीजन्य पदार्थको । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एफसिटीसी, आरटीआई, युएनडीपी लगायतका संस्थाहरुको संयुक्त अध्ययन ‘इन्भेष्टमेन्ट केस…

सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर हुने अनुमान

सिड्नी, /अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका विरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई…

बुटवलमा बल्ल बन्यो गर्व गर्न लायक हस्पिटल–पुर्व स्वास्थ्यमन्त्री श्रेष्ठ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका उपाध्यक्ष माननीय भोज प्रसाद श्रेष्ठले बुटवल हस्पिटल प्रा.लि.को स्थलगत अनुगमन गर्नु भएको छ । बुटवल बाटै प्रदेश सभा सदस्यमा निर्वाचित श्रेष्ठले बुटवलमा पहिलो पटक भौतिक संरचनाका हिसाबले उत्कृष्ट अस्पताल निमार्ण भएको प्रतिक्रिया दिनु भएको छ । उहाँले यस क्षेत्रका विरामीहरु विभिन्न कारणले उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने वाध्यताको अन्त्यका लागि बुटवल हस्पिटल प्रा.लि.ले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले स्वास्थ्यका क्षेत्रमा बुटवलले अझै धेरै गर्न वाँकी रहेको भन्दै अव पुर्वाधार र उपकरणका हिसाबले बुटवल प्रा लि जस्तै नीति र…

जनशक्तिको अभावले औषधी व्यवस्था विभागका अनुगमनमा समस्या

स्वास्थ्यसमाचार/औषधी व्यवस्था विभागको नेपालगन्ज शाखामा जनशक्तिको अभावले अनुगमनमा समस्या हुँदै आएको छ । पर्याप्त जनशक्ति नहुँदा सो कार्यालयले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको गुनासो गरेको छ । औषधी व्यवस्था विभागको नेपालगन्ज शाखालाई लुम्बिनी प्रदेशका ६ जिल्ला बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्युठान र रोल्पासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्ला गरी २५ जिल्लाका औषधि पसलहरूको अनुगमन र निरीक्षण गर्ने जिम्मेवारी दिइएको कार्यालय प्रमुख निनु श्रेष्ठले बताउनुभयो । तर २५ जिल्लाको अनुगमन गर्ने कार्यालयमा आठ जनाको मात्र दरबन्दी रहेकोले सबै जिल्लाको अनुगमन गर्न प्रभावकारी रूपमा गर्न नसकिएको प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले…

मोटोपनाले प्याङ्क्रियाटिक क्यान्सरको जोखिम २० प्रतिशतले बढाउँछ

ऐजेन्सी/मोटोपनाको समस्याले कम उमेरमानै प्याङ्क्रियाटिक क्यान्सरको खतरा बढाउने अध्यनले देखाएको छ। ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा मोटोपनका कारण प्याङ्क्रियाटिक क्यान्सरको जोखिम २० प्रतिशतले बढ्न सक्ने एक अनुसन्धानले देखाएको हो। हालै ओहायो स्टेट युनिभर्सिटीको वेक्सनर मेडिकल सेन्टरका अन्वेषकहरूले गरेको अध्ययनले प्याङ्क्रियाटिक रोगले वृद्धहरूलाई मात्र असर गर्छ र यो जोखिम कम गर्न उनीहरूले केही गर्न सक्दैन भन्ने हाल सम्मको तथ्यमा परिवर्तन आएको र बर्षेनी कम उमेरमै प्याङ्क्रियाटिक क्यान्सर हुने दर बढ्दै गएको देखाएको हो। प्याङ्क्रियाटिक क्यान्सरको दर बर्सेनि एक प्रतिशतका दरले बढिरहेको छ र ४० वर्षभन्दा कम उमेरका मानिसहरूमा यो रोग नियमित…

एक सय दिनमा लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुका १९काम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले स्वास्थ्य मन्त्रालयको एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्री सारुले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका उपलब्धिको  सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा सार्वजनिक गरेका हुन् । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रुपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश सरकार र मन्त्रालय सफल भएको मन्त्री सारुले बताए । ‘एक सय दिनको अवधिमा नीतिगत एवं कानूनी सुधार, शासकीय सुधार तथा सुशासन प्रवद्र्धन, विकास कार्यको व्यवस्थापन, वित्तीय क्षेत्र सुधार, सूचना प्रविधिको विकास र प्रयोग,…

१६ लाख ८८ हजार किशोरीलाई क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

स्वास्थ्यसमाचार/सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिए । उनका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाउनेछन् ।डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो । उहाँले…