आन्दोलनमा जलेपछि स्वास्थ्य मन्त्रालय नयाँ भवन खोज्दै, सिंहदरबार वा परिषद्को भवन विकल्पमा

स्वास्थसमाचार/आफ्नो भवन पूर्ण रुपमा जलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई भौतिक रुपमा उपस्थित भई दैनिक कामकाज गर्न समस्या परिसकेको छ । त्यसैले मन्त्रालयले कार्यालय सञ्चालनका लागि नयाँ स्थान (भवन) को खोजी सुरु गरेको छ । सो क्रममा उसले आफ्ना दुई विकल्प सहित भवन खोजी कार्य अघि बढाएको बताएको छ । स्वास्थ्य सचिव डा विकास देवकोटाका अनुसार पहिलो विकल्पमा स्वास्थ्य मन्त्रालयलाई अब सिंहदरबार भित्रै सार्ने भन्ने योजना बनेको छ । दोस्रो विकल्प भने तत्काल काम चलाउनका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको बन्दै गरेको नयाँ भवनलाई प्रयोग गर्ने कि भन्ने पनि छ…

जेनजी रुपन्देहीको पहल: आन्दोलनमा घाइते सबैको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क

स्वास्थ्यसमाचार/जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ । जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि विशेष व्यवस्था मिलाएको र यसबारेमा सबै घाइते तथा उनका परिवारलाई अस्पताल पुगेर सेवा लिन आग्रह गरिएको छ। आपतकालीन अवस्थामा सहयोगका लागि अस्पतालका मेसु डा इन्द्र ढकाललाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । कुनै पनि आकस्मिक परिस्थितिमा घाइते तथा उनका परिवारले डा. ढकाललाई ९८५७०३५४४४ नम्बरमा…

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोक सिग्देलबीच भेटवार्ता

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापति सिग्देले भेटवार्ता गरेको उच्च स्रोतले जनाएकाे हाे । सोही क्रममा सेनापति सिग्देले जेनजी युवा समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको बताएकाे छ । राष्ट्रपति कार्यालय शीतल निवास जेनजी आन्दोलनकारीले जलाएपछि हाल राष्ट्रपति पाैडेल सुरक्षित स्थानमा सरेकाे भएता पनि कुन ठाउँमा भन्ने बारेमा भने सार्वजनिक गरिएकाे छैन् । राष्ट्रपति पाैडेले बिहीबार एक विज्ञप्ति जारी गर्दै वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था…

संसद बाहिरका व्यक्तिलाई सरकार प्रमुख बनाउन नसक्ने राष्ट्रपतिको अडान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् बाहिरका व्यक्तिलाई सरकार प्रमुख बनाउन नहुने स्पष्ट अडान सार्वजनिक गरेका छन्।उनले संवैधानिक व्यवस्थाअनुसार संसद् सदस्यबाटै प्रधानमन्त्री चयन गर्नुपर्ने भन्दै पछिल्ला राजनीतिक परिप्रेक्ष्यलाई ध्यान दिँदै यस्तो धारणा व्यक्त गरेका हुन्। राष्ट्रपतिले संविधानले प्रधानमन्त्रीको नियुक्ति प्रक्रियाबारे स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै भने, “संसद् बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिँदैन, संविधानले संसद् सदस्यबाटै सरकार प्रमुख चयन गर्नुपर्ने व्यवस्था गरेको छ।” पछिल्लो समय दलहरूबीच आन्तरिक शक्ति–समिकरण तथा सरकार गठनका सम्भावित विकल्पबारे चलिरहेका छलफलबीच राष्ट्रपतिको यो अभिव्यक्ति आएको हो।राजनीतिक वृत्तमा यसलाई सरकार गठनको प्रक्रियामा मार्गदर्शन गर्ने किसिमको संकेतका रूपमा लिइएको…

जेनजी आन्दोलन : देशभर ३४ जनाको मृत्यु, १३६८ घाइते, ३२१ अझै उपचाररत

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर विभिन्न अस्पतालमा अहिलेसम्म ३४ जनाको मृत्यु पुष्टि भएको छ। भेरी अस्पतालमा मृत्यु घोषणा भएका ५ जना बाल सुधार गृहमा भएको झडपमा परेकाहरु हुन्। जेनजी आन्दोलनका क्रममा १३६८ जना घाइते भएका छन् भने तीमध्ये ३२१ जना अझै अस्पतालमा उपचाररत छन्। काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। केवल सिभिल सर्विस अस्पतालमै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया ९अप्रेशन० गरिएको छ भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न…

शेरबहादुर र आरजु देउवा घरमै कुटिए, रक्ताम्य अवस्थामा उद्धार

स्वास्थ्यसमाचार/ जेनजी प्रदर्शनकारीहरुले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पतीमाथि कुटपिट गरेका छन्। मंगलवार प्रदर्शनमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन्। नेताहरुका घरघरमा आगजनी गर्दै हिँडेका प्रदर्शनकारीले उनीहरुलाई घरमै कुटेका हुन्। जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन्।  

घरभित्रै जलेको अवस्थामा भेटिइन् पूर्व प्रधानमन्त्रीकी पत्नी

स्वास्थ्यसमाचार/ पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार आगोमा जलेकी छन् । आन्दोलनरत् युवाहरुले घरमा लगाएको आगोमा परेर उनी जलेकी हुन् । हिजोदेखि सडकमा उत्रिएका युवाहरुले आज बिहानैदेखि डल्लुस्थित खनालको घरअघि नाराबाजी गरेका थिए । आन्दोलनकारीले तोडफोड गर्ने संकेत देखिएपछि सुरक्षाकर्मीले खनाल दम्पतीलाई पछिल्लो गेटबाट निकालेको बताइएको थियो । त्यसको केही समयपछि आन्दोलनकारीले घरमा आगो लगाएका थिए । तर, खनालकी पत्नी चित्रकार भने घरभित्रै जलेको अवस्थामा भेटिएकी छन् । उनको अवास्थाबारे केही थाहा हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ ।जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा दिएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पत्ति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरू (सांसदहरू) ले सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको जानकारी गराइन्छ।’  

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिए राजीनामा

स्वास्थसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् ।सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’ उनले निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न नसकेको बताउँदै उनले राज्यले गरेको व्यवहारको मुकदर्शक बन्न नसकेको बताएका छन् ।लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनुपर्ने बताउँदै उनले असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गर्न सुझाव दिएका छन् । ‘आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको…