बुटवलमा अत्याधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन मेसिन सञ्चालनमा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि करिब २ करोड १५ लाख रुपैयाँ बराबरको अत्याधुनिक मेसिन सञ्चालनमा आएको छ। ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत उपलब्ध गराइएको उक्त मेसिनको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो। उद्घाटनमा बोल्दै “बुटवल उपमहानगरपालिकामा अत्याधुनिक स्वास्थ्यजन्य फोहर व्यवस्थापन मेसिन सञ्चालनमा आउनु मानव स्वास्थ्य, वातावरण संरक्षण र व्यवस्थित फोहर व्यवस्थापनका लागि महत्वपूर्ण उपलब्धि हो। अब सबै स्वास्थ्य संस्थासँग समन्वय गरेर फोहरको वैज्ञानिक व्यवस्थापनलाई नियमित र प्रभावकारी बनाइने वताउनु भयो ।” उक्त मेसिन लामो समयअघि उपलब्ध भए पनि विभिन्न कारणले…

लुम्बिनीको बजेटमा अस्पताल स्तरोन्नति, जटिल उपचार र मानसिक स्वास्थ्यलाई प्राथमिकता

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा जटिल रोग उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिने नीति अघि सारेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै स्वास्थ्य सेवा पहुँच, गुणस्तर र उपचार सहुलियत विस्तारलाई बजेटको प्रमुख एजेन्डा बनाइएको बताउनुभयो। प्रदेश सरकारले क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने लगायतका जटिल तथा खर्चिलो उपचारमा आर्थिक सहयोगलाई निरन्तरता दिने जनाएको छ। यसबाट विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई राहत पुग्ने…

गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकार केन्द्रित छ : स्वास्थ्य मन्त्री सारु

लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्र अहिले संक्रमणकालीन मोडमा छ । एकातिर नागरिकको स्वास्थ्य सेवाप्रतिको अपेक्षा दिनप्रतिदिन बढ्दो छ भने अर्कोतिर सीमित स्रोतसाधन, जनशक्ति अभाव, पूर्वाधारको असन्तुलन र संघीय संरचनाका जटिलताले प्रदेश सरकारलाई चुनौती थपिरहेको छ । यद्यपि, यी चुनौतीबीच पनि प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विस्तार, विशेषज्ञ सेवा वृद्धि, मातृ तथा शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य, आयुर्वेद तथा स्वास्थ्य बीमा सुधारजस्ता विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरेको छ । विशेषगरी १ हजार २ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, एमआरआई सेवा सञ्चालन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको क्षमता अभिवृद्धि, ग्रामीण क्षेत्रमा स्वास्थ्य…

पाल्पा पूर्ण संस्थागत प्रसूति र पूर्ण खोप दिगोपना कायम गर्ने देशकै पहिलो जिल्ला

पाल्पा जिल्ला नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्ण खोप सुनिश्चितता दिगोपना कायम गर्ने जिल्ला बनेको छ। जिल्ला प्रजनन् स्वास्थ्य तथा खोप समन्वय समितिद्वारा आयोजित विशेष समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सो उपलब्धिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पाल्पाले स्वास्थ्य क्षेत्रमा स्थापित गरेको यो उपलब्धि देशकै लागि अनुकरणीय भएको बताउनुभयो। उहाँले सुरक्षित मातृत्व र शिशु स्वास्थ्य सुधारका लागि पाल्पाको सफलता महत्वपूर्ण रहेको उल्लेख गर्दै सन् २०३० सम्म मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउने राष्ट्रिय लक्ष्य हासिल गर्न यो कोसेढुङ्गा सावित हुने धारणा राख्नुभयो।…

न्यायिक स्वास्थ्य सुधारको बहसमा सर्वोच्च अदालत

गोकर्ण ज्ञवाली(प्रकास), बुटवल । सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणालीबारे पुनः बहस सुरु भएपछि न्यायालय सुधार, पारदर्शिता र संस्थागत सुदृढीकरणको विषय फेरि केन्द्रमा आएको छ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिसँगै अदालतको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा आन्तरिक छलफल भइरहेको न्यायिक वृत्तमा चर्चा छ। सर्वोच्च अदालतभित्र पेसी व्यवस्थापन प्रणाली, इजलास गठन तथा न्यायिक उत्तरदायित्वका विषयमा विभिन्न धारणा देखिए पनि यसले न्यायालय सुधारको आवश्यकता र संस्थागत स्पष्टताको बहसलाई थप बल दिएको विश्लेषण गरिएको छ। कानुन व्यवसायी तथा सरोकारवालाहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई प्राथमिकतामा राखेर कुनै पनि निर्णय अघि बढाउनुपर्ने धारणा…

डब्लुएचओको ७९औँ महासभामा नेपाल उपाध्यक्ष निर्वाचित

स्वास्थ्यसमाचार/ नेपाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपाध्यक्षमा निर्वाचित भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा आजबाट सुरु भएको ७९औँ विश्व स्वास्थ्य महासभाले नेपालसहित अरु पाँचवटा देश उपाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएको हो । जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा निर्वाचन भएको थियो ।उपाध्यक्षमा निर्वाचित अन्य देशहरुमा लिविया, मालि, पोल्याण्ड र पपुवान्युगिनी रहेका छन् । यसैबीच नेपालको यो सफलतालाई अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा नेपालको बढ्दो सक्रियता, नेतृत्वदायी भूमिका तथा विश्व स्वास्थ्यसम्बन्धी मुद्दामा पुर्‍याउँदै आएको योगदानको कदरको रुपमा हेरिएको छ ।स्वास्थ्य मन्त्री निशा मेहताले आजै सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ…

करेन्ट चाउचाउ विवादपछि यशोदा फुड्सको सार्वजनिक अपिल

गोकर्ण ज्ञवाली(प्रकास), बुटवल | रुपन्देहीको यशोदा फुड्स प्रा. लि. ले आफ्ना विक्रेता तथा उपभोक्तालाई लक्षित गर्दै सार्वजनिक सन्देश जारी गरेको छ। कम्पनीले आफ्ना उत्पादनहरूको गुणस्तर कायम राख्न सही भण्डारण र प्रयोगमा विशेष ध्यान दिन आग्रह गरेको हो। कम्पनीले जारी गरेको सन्देशमा नेपाल तथा नेपालीको पहिचान बोकेको यशोदा फुड्सले हजारौं नेपालीलाई रोजगारी प्रदान गर्नुका साथै कृषि क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरिएको छ। साथै कम्पनीका उत्पादनहरू विश्वका २२ भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको दाबी गरिएको छ। यशोदा फुड्सले गर्मीयाममा अत्यधिक तापक्रम बढ्ने तथा पसल वा गोदाममा मालसामान चर्को घाममा राखिँदा…

कङ्गोमा इबोला प्रकोप तीव्र, ८८ जनाको मृत्युपछि WHO ले घोषणा गर्‍यो अन्तर्राष्ट्रिय आपतकाल

स्वास्थ्यसमाचार/  डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० नाघेको छ । रोगको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३ सयभन्दा बढी व्यक्तिमा संक्रमणको आशंका गरिएको छ । संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्ने जोखिम बढ्दै गएपछि स्वास्थ्य निकायहरू थप सतर्क बनेका छन् । कङ्गोका स्वास्थ्य मन्त्रीले इबोलाविरुद्ध प्रभावकारी खोप उपलब्ध नभएको बताएका छन् । इबोलाको मृत्यु दर अत्यन्त उच्च रहने भएकाले संक्रमितमध्ये करिब आधासम्मले…

बुटवलमा सरसफाइ अभियान : झाडु बोकेर सडकमा मेयरसहित जनप्रतिनिधि र सरोकारवाला

बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको सरसफाइ अभियानअन्तर्गत बुटवल–५ स्थित हाटबजार क्षेत्रमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। शहरलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रममा विभिन्न निकाय तथा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सरसफाइ अभियानमा नेपाल आमी, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल नेपाल, विभिन्न क्याम्पस तथा विद्यालय परिवार, संघसंस्था, टोल विकास संस्था, जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले हाटबजार क्षेत्र तथा आसपासका सडक, नाला र सार्वजनिक स्थलहरूको सरसफाइ गरेका थिए। कार्यक्रममा सहभागी हुँदै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेय ले स्वच्छ शहर निर्माणमा नागरिक सहभागिता अत्यन्त महत्वपूर्ण…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा सरसफाइ अभियान सम्पन्न

स्वास्थ्यसमाचार/ लुम्बिनी आयुर्वेद चिकित्सालय मा नेपाल सरकारको साप्ताहिक सरसफाइ कार्यक्रमअन्तर्गत सरसफाइ अभियान सम्पन्न गरिएको छ। अस्पताल परिसरलाई स्वच्छ, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त अभियानमा अस्पताल विकास समितिका अध्यक्ष शालिक राम भुसाल सहित चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। अभियानअन्तर्गत अस्पताल परिसर, बिरामी वार्ड, ओपीडी क्षेत्र, बगैँचा तथा आसपासका स्थानहरूको सरसफाइ गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल एकदिने कार्यक्रम नभई स्वास्थ्य संस्थाको नियमित संस्कार बन्नुपर्नेमा जोड दिएका थिए। अस्पताल विकास समितिका अध्यक्ष भुसालले स्वच्छ वातावरणले बिरामीको उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै अस्पताललाई नमुना…