स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका हुन् । स्वास्थ्यमन्त्री सारुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरवी गर्न आवश्यक रहेको समेत वताए । सन्देशमा उनीहरूले नेपाल जस्तो संक्रामक रोगहरूको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रूपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई…
समाचार
स्वास्थ्यमन्त्री संग स्वीट्जरल्यान्डका राजदुतकाे भेटवार्ता, १२ जिल्लामा मानसिक स्वास्थ्य र मनाेसामाजिक सेवा विस्तार गर्न पहल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक रणनीतिक कार्ययाेजना पारित गरेर कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रणनीतिक याेजना पारित गरेर कार्यान्वयन गरिने जानकारी दिए । स्वीट्जरल्यान्डका राजदुत डानियल मेउल्ली मोन्टेलोनेको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा मानसिक स्वास्थ तथा मनाेसामाजिक समस्यालाई समाधान गर्नेगरी प्रदेश सरकारले बनाएकाे रणनीतिक याेजना कार्यान्वयन गरिने जानकारी दिइएको छ । हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लाको ४ वटा पालिकामा द्वन्द्व प्रभावितहरुलाइ लक्षित गरेर मनोसामाजिक परामर्श र समुदायको समावेशीकरण परियोजना सञ्चालन…
स्वास्थ्य सेवा ऐन ल्याउने तयारी, मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
स्वास्थ्यसमाचार/तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीहरुको समस्या सम्बोधन गर्ने गरी स्वास्थ्य सेवा ऐन ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रक्रिया अघि बढाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीयता अनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले संघीयता अनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए । हालसम्म अघि बढ्नै नसकेको नयाँ ऐन ल्याउने प्रक्रिया मन्त्री पौडेल नेतृत्वमा आए पछि अघि…
स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०८१ कार्यान्वयनमा
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८(पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मृगौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकैलागि स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको, यसबाट बिरामी र तिनका परिवारका सदस्यहरुलाई सहज भएको बताउनु भएको छ । सेवा प्रवाहलाई सरल र चुस्त बनाउनेगरी प्रदेश मन्त्रिपरिषद बैठकबाट स्वास्थ्य उपचार बिशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) लाई पारित गर्ने निर्णय गरेको थियो…
तोकिए भन्दा बढी शुल्क लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो सुनिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका थिए । कतिपय नागरिकले शुल्कबारे थाहा नै नहुने गरेको समेत गुनासो गरे पछि मन्त्री पौडेलले शुल्क थाहा पाउने गरी सार्वजनिक गर्न पहल गरेका थिए ।मन्त्री पौडेलले चासो लिए पछि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले शुल्क विवरण सार्वजनिक गर्न परिपत्र गरेको हो । मन्त्रालयले पठाएको पत्रमा आफ्ना…
गुल्मीको पुर्तिघाटमा नि: शुल्क आँखा शिविर, १२ सय जनाले लिए सेवा
स्वास्थ्यसमाचार/गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन गरिएको तिन दिने निःशुल्क आँखा शिविरबाट एक हजार २ सय जनाले सेवा लिएका छन्। सोमबारदेखि वुधवार सम्म जिल्लाको कालिगण्डकी गाउँपालिकाको पुर्तिघाटमा संचालन भएको निशुल्क आँखा शिविरबाट कालिगण्डकी तथा छिमेकी गाउँपालिका र छिमेकी जिल्ला पर्वतका नागरिकले समेत सेवा लिएको गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयो। मंसिर ३ र ४ गते दुई दिन संचालन गर्ने भनिएको आँखा शिविर सेवाग्राहीको भीड बढी भएपछि एक दिन थप गरि ३ दिन संचालन गरिएको समेत अध्यक्ष थापाले बताउनुभयो। कालिगण्डकी गाउँपालिका र अल फर चेरेटी अस्ट्रेलिया मार्फत मोडल आइ केयर सेन्टर ललितपुरको…
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएका र पाँच दशमलव चार प्रतिशतमा मानसिक स्वास्थ्य समस्या झेलिरहेका छन् । नेपाल जनसाङ्खिक स्वास्थ्य सर्वेक्षण–२०२२ को तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशका २० प्रतिशत महिला र ११ प्रतिशत पुरुषमा चिन्ताजन्य समस्या तथा चार प्रतिशत महिला र दुई प्रतिशत पुरुषमा ‘डिप्रेसन’ को समस्या रहेको छ । सोही…
एमबीबीएसको पूर्ण छात्रवृत्तिमा कालिका मानब ज्ञानका १५ विद्यार्थीले निकाले नाम
स्वास्थ्यसमाचार/बुटवलको कालिका मानव ज्ञान माविका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिर्स्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबीबीएसतर्फ धेरै जनाले नाम निकाल्ने कालिका पहिलो स्कूल भएको दाबी गरे । यस्ता विभिन्न उपलब्धि हरेक वर्ष हासिल गर्दै आएको उनले बताए । एमबीबीएस, बीडीएस, अप्टोमेट्री, बी फर्मा, एग्रिकल्चर, बीएस्सी नर्सिङ, एमबीए, एलटीई र इन्जिनियरिङको स्नातक तह अन्तर्गत पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका अध्यक्षनित्यानन्द…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैतमा
स्वास्थ्यसमाचार/राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालले आफ्नो पाँचौं राष्ट्रिय महाधिवेशन आगामी चैत महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष डा झलक गौतमको अध्यक्षतामा शनिबार राजधानीमा सम्पन्न महासंघको छैटौ पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले नयाँ सदस्य बिस्तार तथा नवीकरण गर्ने कार्यलाई त्यस अघि नै सम्पन्न गर्न तथा स्थानीय, जिल्ला तथा प्रदेश तहमा महासंघको र घटक संघहरुको अधिवेशन फागुन महिना भित्रै सम्पन्न गराउने समेत निर्णय गरेको छ । यस्तै बैठकले यहि मंसिर महिनामा हुन लागेको नेपाल नर्सिङ संघको निर्वाचनमा पनि महासंघको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेद्धारलाई बिजयी गराउन लाग्नका…
२२ माघ देखि पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै सरकार
स्वास्थ्यसमाचार/सरकारले विश्व क्यान्सर दिवसको अवसर पारेर आगामी २२ माघ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै खोप सञ्चालन गर्ने मिति तोकेका हुन् । यो निर्णय संगै १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निशुल्क खोप पाउने छन् । खोप अभियान १५ दिन (६ फागुन) सम्म चल्ने छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने बताए ।…