स्वास्थ्यसमाचार/ बुटवलमा रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषसँग आवद्धरहेको सदस्यहरुको उपचार अब बुटवल हस्पिटल प्रा.लि.मा हुने भएको छ । विगत२४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापित बुटवल हस्पिटलले भलाईकोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवसायी तथा मजदुरहरूकालागि बिषेश छुट सहित उपचार गर्ने गरि आईतबार सम्झौता गरेको हो । भौतिक पुर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरि नमुनाअस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसँगको सहकार्यमाउपचार प्रक्रिया अघि बढाउने भएको छ । भलाई कोषमा अहिले करिव ४ हजार सवारीसाधनहरुको आवद्धता रहेको छ । जसमा सरकारी तथा नीजि साधनहरु रहेका…
समाचार
नेपाल स्वास्थ्य स्वयंसेवक संघ रूपन्देही जिल्ला कार्यसमिति गठन
स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति रूपन्देहीको आयोजनामा नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घ जिल्ला कार्यसमिति रुपन्देही गठन भएको छ। नेपाल स्वास्थ्यकर्मी सङ्घ जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष घनलाल अर्यालको अध्यक्षतामा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजीमान श्रेष्ठ ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल नेपाल स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय सदस्य मदन पोखरेल सुमन मिना श्रेष्ठ तथा नेपाल स्वास्थ्य स्वयंसेवक का केन्द्रीय अध्यक्ष बसन्ती महर्जन लगायत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका…
अस्पताल सेवाग्राहीप्रति जिम्मेवार बन्नुपर्छ :स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पताल सेवाग्राही प्रति जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । पाल्पा जिल्ला अस्पतालद्वारा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताउनुभएको हो । सारुले आफ्नो विभागीय जिम्मेवारीअनुसार सेवाग्राहीमुखी कार्य सम्पादनमा लाग्न र बिरामीलाई समुचित परामर्श प्रदान गरी सन्तुष्ट बनाउन लाग्नु पर्ने बताउनुभयो । सारुले अस्पतालमा कार्यरत कर्मचारीलाई जिम्मेवार बनेर सेवा प्रदान गर्न सुझाव दिनुभयो । जिल्ला अस्पताल पाल्पा विकास समितिका निवर्तमान अध्यक्ष गुरास आत्रेयले दक्ष जनशक्तिको अभावका कारण बिरामीलाई सहज रुपमा सेवा दिन कठिन भएको बताउनुभएको थियो । सूचना अधिकारी रेडियोलोजीस्ट प्रमिला पाठकले कम दरबन्दी…
मानसिक स्वास्थ्य समस्या र चुनौती :खिम बहादुर पौडेल
सन् १९७८ मा अल्मा आटामा आयोजना गरिएको बिश्व स्वास्थ्य संगठनको ३० औ महासभा पश्चात जारी गरिएको घोषणापत्रमा मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवाको एक अंगको रुपमा लिएको थियो भने बिश्व स्वास्थ्य संगठनले जारी गरेको बिश्व स्वास्थ्य प्रतिबेदन २००१ ले मानसिक स्वास्थ्य सेवालाई जनस्वास्थ्यको महत्वपूर्ण सरोकारको बिषय भएकोले समुदायमा नै सुनिश्चितताको प्रत्याभूति गर्नको लागी तथ्यपरक दिशाबोध तथा पैरवी गरेको थियो ।नेपालमा पनि मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्यको रुपमा लिएको भए तापनि प्राथमिक स्वास्थ्य सेवा केन्द्रबाट प्रभावकारी रुपमा सेवा प्रवाह हुन नसकेको अवस्था रहेको छ । विश्वभर सम्पूर्ण रोगहरुको करिब १४ प्रतिशत मानसिक, स्नायु…
नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा
स्वास्थ्यसमाचार/नेपालकै अग्रणी र पहिलो अत्याधुनिक प्रयोगशाला नेशनल प्याथ ल्याबले नवौं शाखा पोखरामा विस्तार गरेकोे छ । पोखराको हस्पिटल चोकमा सञ्चालनमा आएको ल्याबले सामान्य परीक्षणदेखि विशेष सेवा दिनेछ । सबै खाले परीक्षण पोखरामै सम्भव हुनेगरि अत्याधुनिक उपकरणसँगै दक्ष प्राविधिकको व्यवस्थापन गरिएको छ । तीन करोड रुपैयाँ लागतमा नेशनल प्याथ ल्याब पोखरामा सञ्चालन गरिएको ल्याबका निर्देशक शरद भुसालले जानकारी दिए । प्रयोगशालामा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, मोलिक्युलर बायोलोजी (पीसीआर), इम्युनोलोजी लगायतका विभाग छन् । मृगौला प्रत्यारोपणसम्बन्धी परिक्षण, बाथरोग, एम टिभी पीसीआर, हर्मोन, क्यान्सर मार्कर, भिटामिन, पिसाब तथा रगतको कल्चर, पाठेघरको क्यान्सरकोसँगै अन्य क्यान्सरको परीक्षण…
लुम्बिनीमा स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउने ७५.२ रहेकामा आव २०७९/८० मा ९४ प्रतिशत पुगेको हो। सङ्घीय सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सेवालाई सदुपयोग गर्दै प्रसूति पश्चात् तीनपटक स्वास्थ्य चौकीमा गएर सेवा लिने सुत्केरीको सङ्ख्या ३२.३ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृशिशु स्वास्थ्य फोकल पर्सन कौशल भण्डारीले जानकारी दिए।…
बुटबलमा दुधको गुणस्तर खस्कियो : सरोकारवालासँग छलफल
स्वास्थ्यसमाचार/बुटवलमा बिक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ।बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ बिक्री वितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो। यही साउन १४ र २४ गते दुधको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही पठाएपछि प्राप्त नतिजाबारे छलफल गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन्। उनले बुटवलमा बिक्री हुने दुधको गुणस्तरमा केही समस्या देखिएकाले समाधान तर्फ चासो दिन व्यवसायीहरुलाई आग्रह गरिन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, अनुगमन महाशाखा प्रमुख तुल्सा अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक दीपक कुमार यादव, डेरी…
बुटवलको स्वास्थ्य सुधारबारे बेलायती प्रतिनिधिसँग छलफल
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ। बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य र शिक्षाको अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले बुटवलले शहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमार्फत वडास्तरमा सेवा दिइरहेको र त्यस्ता केन्द्रहरुको सुविधामा सुधार ल्याउन चाहेको बताए। ‘हामीले १९ वटै वडालाई सेवा पुग्ने गरी शहरी स्वास्थ्य केन्द्र र अस्पतालहरु सञ्चालन गरेका छौं, यसबाहेक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, महिलाहरुको स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ शिविर, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण र शिविरहरु सञ्चालन…
राजनीतिक खिचातानीले लुम्बिनी प्रादेशिक अस्पताल अध्यक्ष र मेसु विहिन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मेडिकल सुपरिटेन्डेन्ट नियुक्ति नहुँदा अस्पताल नै अलपत्र अवस्थामा परेको छ । राजनीतिक खिचातानीले जिल्लाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रशासनिक पदहरु अन्योलमा छन् । पछिल्लो समय अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि अर्को संकट आइलागेको हो । यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका डा.ढकाललाई अस्पतालमै कार्यरत अर्का डाक्टर विष्णु गौतमको निवेदनमा सर्वोच्चले काममा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मुद्दामा लुम्बिनी प्रदेश सरकारलाई पनि विपक्षी बनाइएको छ । मेसु नियुक्त डा. ढकाल १०औं तहका हुन् भने मुद्दा…
सातै प्रदेशमा मानवअंग प्रत्यारोपण उपकेन्द्र स्थापना गरिने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए । ‘मानव अंगदानको लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’यस(केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका…