स्वास्थ्यसमाचार/ पाल्पा जिल्लामा रहेको जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्स संग खरिद गरी दिँदै आएको प्रमाण भेटिएको छ । औषधी सप्लायर्सको लागि अस्पतालले खुल्ला टेण्डर आह्वान गरेको थियो । बोल कबोलको आधारमा २०८० मंसिर १ गते बुटवलको एवान फार्मेसी संग सम्झौता गरेर विभिन्न प्रकारका औषधीको सप्लाई गर्ने गरी सम्झौता गरेको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले एवान फार्मेसी बुटवलका प्रोपाईटर कृष्ण बहादुर जिसीसंग सम्झौता गरेका थिए । सम्झौता गरेको केही समय सम्म पाल्पा जिल्ला अस्पतालले तोकीएबमोजिम औषधी खरिद गर्ने गरेको…
समाचार
पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही
नबलपरासी/पश्चिम नवलपरासीमा नियमविपरीत सञ्चालन भएका औषधि पसललाई कारबाही गर्न थालिएको छ । जिल्लामा औषधि पसल बिनादर्ता सञ्चालन भएको गुनासो बढेपछि स्वास्थ्य कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन, करदाता सेवा कार्यालयसहितको संयुक्त टोलीले अनुगमन गर्न थालेको हो । अनुगमनका क्रममा सदरमुकामका दुई औषधि पसललाई जरिवाना गरिएको हो । जिल्लामा ६० भन्दा बढी औषधि पसल बिनादर्ता सञ्चालनमा रहेको बताइएको छ । दर्ता भएर सञ्चालन भएका आधिकांश पसलहरूले पनि अनुमति लिएको भन्दा फरक कारोबार गर्ने गरेका पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनमा क्रममा बुद्धचोकमा सञ्चालनमा रहेको समिता मेडिकल र सन मेडिकल हल नियमविपरीत…
बाँकेको नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
स्वास्थ्यसमाचार/बाँकेको नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए । भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिए । उनले भने, ‘आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।’ झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय…
स्वास्थ्य विमा प्रभावकारी वन्दै :समन्वय अभावले विमा वोर्ड चिन्दैन प्रदेश सरकार
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजक समिति रहने छ भन्ने ब्यबस्था छ । तर पनि यो ब्यवस्थालाई हाल सम्म लुम्बिनी प्रदेशमा कार्यान्वयन हुन सकेको छैन । यसको कार्यान्वयन प्रभाबकारी स्वास्थ्य सेवा बिमा मार्फत उपभोग गर्ने वातावरणका लागि संवाद समुहले नीति संवाद गरेको छ । यस प्रतिको चासो,अबस्था,चुनौति र समाधानको खोजीका लागि भालुबाङ दाङमा नीति संवादको आयोजना गरिएको छ । संवाद समुहले आयोजना गरेको स्वास्थ्य बिमाको प्रभावकारीता बिषयक नीति संवादमा राष्ट्रिय बिमा बोर्ड…
लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन अर्थमन्त्री पौडेलले द्धारा शिलान्यास
स्वास्थ्यसमाचार/ उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा बन्न लागेको १२ सय शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणकोे शिलान्यास गर्नु भएको छ । छ अर्ब १८ करोड बढि को लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको छ । लुम्बिनी प्रदेश सरकार स्थापना भएपछि प्रदेश सरकार मातहतमा आएको प्रादेशिक अस्पताल लुम्बिनीका स्तर बृद्धि र अत्याधुनिक नयाँ भवन निर्माणको प्रयास सुरु भएको थियो ।रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका अर्थमन्त्री पौडेलले…
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको भोलि शिलान्यास हुने
स्वास्थ्यसमाचार/ प्रदेश सरकारको गौरवको आयोजना रहेको लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकारको लागतमा टेन्डर प्रक्रिया सम्पन्न भई पूरानो संरचना हटाएर नयाँ संरचना निर्माणका लागि शिलान्यास गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीहरुसहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट…
भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु
स्वास्थ्यसमाचार/नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ ।अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को हालै सुरुआत गरेको हो । अस्पतालमा देनिक सयौँको सङ्ख्या बिरामी सेवाग्राहीको घण्टौँसम्म लाइन लाग्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न अस्पतालले अनलाइन टिकट सेवाको सुरुआत गरेको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए । “अस्पतालको ओपिडीमा दैनिक एक हजारभन्दा बढी बिरामी सेवा लिन आउने गर्नुहुन्छ, उहाँहरूले टिकट लिनका लागि ठेलमठेल गर्नुपर्ने बाध्यता रहेको छ”, उनले भन्ने, “घण्टौँसम्म लाइन लाग्ने बाध्यतालाई न्यूनीकरण गरेर सेवाग्राहीलाई सुविधा प्रदान गर्न…
स्वास्थ्यका तीन बरिष्ठ अधिकारीको लुम्बिनी प्रदेश सरकारद्धारा सरुवा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य सेवा समूहका तीन वरिष्ठ कर्मचारीको सरुवा गरेको छ । लुम्बिनीको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २१ साउनमा विभिन्न सेवा समूहका नवौँ र दशौँ तहका कर्मचारीको सरुवा गर्दा स्वास्थ्य सेवा समूहका तीन जना कर्मचारीको सरुवा गरेको हो । त्यसरी सरुवामा पर्नेहरुमा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा राजेन्द्रकुमार गिरी, रोशनलाल चौधरी र डा राजेन्द्रबहादुर जिसी रहेका छन् ।मुख्य मन्त्री कार्यालयले बरिष्ठ जनस्वास्थ्य प्रशासक दशौँ तहका डा गिरीलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा निमित्त प्रमुख बनाएर सरुवा गरेको छ । त्यहाँ निमित्त प्रमुख रहेका रहेका बरिष्ठ जनस्वास्थ्य…
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्न प्रधानमन्त्री को निर्देशन
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने प्रक्रियालाई अगाडी बढाउन निर्देशन दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलपछि प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले छलफलमा दुई प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्दा लाग्ने आर्थिक स्रोतका विषयमा चासो राखेका थिए। साँझको छलफलमा प्रधानमन्त्री ओलीसहित अर्थ मन्त्री विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा, स्वास्थ्य सचिव डा। रोशन पोखरेल, आयोगका निर्देशकहरु तथा पोखरा र…
स्वास्थ्य कार्यलय पाल्पाको बार्षिक समीक्षा :अन्तर्पालिका मूल्याङ्कन, तानसेन पहिलो
स्वास्थ्यसमाचार/गत आर्थिक वर्षमा पाल्पाका १० पालिका हरुले उपलव्ध गराएको स्वास्थ्य सेवाको मूल्याङ्कनको आधारमा तानसेन नगरपालिका प्रथम भएको छ । गत सोमबार देखि सुरु भएको स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय बार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा पालिका हरुले उपलव्ध गराएको सेवा प्रवाहको सूचकको आधारमा मूल्यांकन गरिएको थियो । सो क्रममा आर्थिक वर्ष २०८०/८१ मा तानसेनले ७१.८४ अंक प्राप्त गरि पहिलो भएको छ । यस्तै ६९.५२ अंक ल्याएर निस्दी गाउँपालिका दोस्रो स्थानमा र ६९.११ अंकका साथ पूर्व खोला गाउँपालिका तेस्रो भएको छ । स्वास्थ्य कार्यक्रम अन्तर्गत पालिका हरुले दिने सेवा प्रवाहका सूचकका आधारमा मूल्यांकन…