जलनका बिरामीलाई स्वास्थ्य लाभको कामना होइन, सुविधा सम्पन्न अस्पताल बनाऔं:सांसद भण्डारी

स्वास्थ्यसमाचार/सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे।

सांसद भण्डारीले आफू दुई वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे।

‘जलन हुने, शीर्घस्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तरता भयो। जुन म जलनमा परेको थिएँ। आजकै दिन सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो। म ३ महिना अस्पताल बसेर नेपाल आएपछि यसबारे सबै सांसद तथा मन्त्रीहरूसँग कुरा राखेको थिएँ,’तर,यसमा सरकारको ध्यान जान सकेको छैन।’

उनले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य जलनमा परेकोमा दुःख व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गरे।

यसैगरी सांसद विन्दावासिनी कंसाकारले तत्काल जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न माग गरिन् ‘नेपालमा व्यवसायजन्य सुरक्षालाई ध्यान दिइँदैन,जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन्। सुरक्षा नारामै मात्र सीमित हुनु भएन,’उनले भनिन,’जलन जसलाई जहाँ पनि हुनसक्छ।

सदनमा मैले दर्ता गराएको जलनसम्बन्धी गैरसरकारी विधेयक पारित गरौं।उपचार केन्द्र स्थापना गरौँ ।’

 

सम्बन्धित शिर्षक :