मायादेवी गाउँपालिका पूर्ण संस्थागत प्रसूतियुक्त पालिका घोषणा

महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजनामा आबद्ध गर्ने अध्यक्ष चौधरीको घोषणा

स्वास्थ्यसमाचार / रूपन्देहीको मायादेवी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूतियुक्त पालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्र हुने सबै प्रसूति स्वास्थ्य संस्थामार्फत सुरक्षित रूपमा हुन थालेपछि घरमै हुने प्रसूति शून्य भएको आधारमा पालिकालाई पूर्ण संस्थागत प्रसूतियुक्त घोषणा गरिएको हो।

पूर्ण संस्थागत प्रसूतियुक्त पालिका घोषणा भएसँगै मायादेवी गाउँपालिकाले सुरक्षित मातृत्व, संस्थागत प्रसूति तथा नवजात शिशुको स्वास्थ्य संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

घोषणा सभामा गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षता तथा पूर्वमन्त्री एवं पूर्वसभासद वसीउद्दीन खाँको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चपाई तथा स्वास्थ्य कार्यालय रूपन्देहीकी प्रमुख उमादेवी थापाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीहरूलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

प्रमुख अतिथि वसीउद्दीन खाँले मायादेवी गाउँपालिकाले पूर्ण संस्थागत प्रसूतियुक्त पालिका घोषणा गर्न सफल हुनु स्थानीय सरकार, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर मेहनतको परिणाम भएको बताउनु भयो। उहाले घरमै हुने प्रसूति पूर्ण रूपमा अन्त्य भई सबै महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउन थालेकोमा खुसी व्यक्त गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवाको उच्च प्रशंसा गर्नु भयोे। स्वयंसेविकाहरूलाई आफूले पनि निकट भविष्यमै सम्मान गर्ने प्रतिबद्धता उहाले व्यक्त गनु भयो ।

गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले सुरक्षित मातृत्व कार्यक्रमलाई सफल बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि उनीहरूलाई पेन्सन योजनामा आबद्ध गर्ने घोषणा गर्नु भयोे। उहाले पालिकाले स्वास्थ्य सेवाको गुणस्तर सुधार, मातृ तथा शिशु मृत्यु न्यूनीकरण र सुरक्षित मातृत्व प्रवद्र्धनलाई निरन्तर प्राथमिकतामा राख्ने बताउनु भयो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाई, स्वास्थ्य कार्यालय रूपन्देहीकी प्रमुख उमादेवी थापा, गाउँपालिका प्रवक्ता शैलेन्द्र पाण्डेय, स्वास्थ्यकर्मी बसन्त चौधरी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्दै सुरक्षित मातृत्व अभियानलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :