सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनु भएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताउनु भएको हो । ‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो-‘स्वास्थ्य…

साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता

स्वास्थ्यसमाचार/ गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ । साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालमा उपचार सेवा लिन आउने नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारी तथा सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा औषधी तथा सर्जिकलमा १० प्रतिशत छुट दिने भएको…

बुटवलमा अस्वस्थकर मासु विक्री गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना

स्वास्थ्यसमाचार/ बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले वताए । बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु…

नेपालमा पिजी मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्यसमाचार/इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेक्रममा त्याहाँ पुग्नुभएको हो । भेटमा उहाँहरूबीच नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताउनुभयो । माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले…

चिकित्सा पेशाको कुन्डली /भाग्य वा मिहिनेत वा सक्षमता ?

चिकित्सक हुनुभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मूल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ । जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो । त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विश्व…

बुटवल उपमहानगरमा सरसफाइ अभियान शुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए। उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए। उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक बर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयले बताए। बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य…

लुम्बिनी प्रादेशिक अस्पतालमा २५जना नर्सका लागि रोजगारीको अवसर

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा अस्पतालले करार सेवामा २५ जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले दश दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो । दरखास्त बुझाउने अन्तिम मिति यहि असोज १८ गते र परिक्षा मिति र परिक्षा केन्द्र अर्काेसुचना मार्फत जानकारी गराउने आज जारी सुचनामा उल्लेख गरिएको छ।

कुपोषण मुक्त पालिका बनाउन बिषेश योजना बनाउछौं :अध्यक्ष बस्याल

स्वास्थ्यसमाचार /शुद्धोधन गाउँपालिकामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति संग बैठक तथा छलफल भएको छ। सेतो गुराँस बाल विकास सेवा रुपन्देही, हेलन केलर इन्टरनेशनलको संयुक्त साझेदारी सहयोगमा छलफल भएको हो । शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम वोल्दै अध्यक्षले बजारमा पाइने विषादीयुक्त तरकारी, जंकफुड, केमिकल राखेको जुस खानाले नै मानव स्वास्थ्यमा गम्भिर असर गरेको बताउनु भयो । उत्पादनमुखी व्यवसायका कारण बढ्दो विषादी प्रयोग गरेको खानाले विशेषगरी सुत्केरी र बालवालिकालाई प्रत्यक्ष असर पारेका बताउनु भयो । उहाले बालबालिकाहरुको पोषण तथा खाध्य आहारमा अन्य स्थानीय तहरुमा भन्दा सुरक्षित र पोषणयुक्त…

झापामा अत्यधिक गर्मीका कारण दुईको मृत्यु एकको अबस्था गम्भीर

स्वास्थ्यसमाचार/झापामा केही दिनदेखिको अत्याधिक गर्मीका कारण दुईजानको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ। अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो । उनको उपचारकै क्रममा केहीबेर अघि मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै बिर्तामोड नगरपालिका ६ बस्दै आएकी ३६ वर्षीया राधिका जोगी गिरीबन्धु टिस्टेट हिँड्दाहिँड्दै एक्कसी ढलेकी थिइन् । अन्य रोगसमेत रहेकी र मागेर गुजारा चलाउँदै आएकी ती महिलाको तत्काल मृत्यु भएको थियो । ती महिलाले मादकपदार्थ समेत सेवन गरेको पाइएको थियो । शारीरिक रूपमा अस्वस्थ उनले…

लुम्बिनीका मुख्यन्त्री आचार्यको कर्मचारीलाई १४ बुँदे निर्देशन जारी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले १४ बुदे निर्देशन जारी गरेको छ । आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्दै सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिनु भएको छ ।‘सेवा प्रवाहमा ढिलासुस्ती भए नागरिकले गुनासो गर्ने र त्यसलाई सम्वोधन गर्नेगरी योजना बनेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘बहानाबाजी गर्ने, काम नगर्ने, सेवाग्राहीको समस्या नसुन्ने, सम्वोधन नगर्ने जस्ता समस्या आउन नदिन, आर्थिक अनुशासन…