कोरोनाको खोप अभियान माघ १४ वाट सुरु हुन्छः प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी  ओलीले माघ १४ गतेदेखि कोभिड- १९ विरुद्दको खोप अभियान सुभारम्भ गरिने बताएका छन्।   सशस्त्र प्रहरीको २०औं स्थापना दिवसमा सम्बोधन गर्दै पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने  लक्षित समुहमा राखेको बताए। उनले कोभिड- १९मा सशस्त्र प्रहरीले ज्यानको बाजि राखेर खेलेको भूमिका प्रशंसनीय रहेको बताए। उक्त समयमा उनले स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी पनि धन्यवादको पात्र भएको उल्लेख गरे। उनले भने,‘कोभिड१९ को सन्दर्भमा हामी कोभिडलाई हटाउने टर्निङ प्वाइन्टमा पुगेका छौं। सम्भवतः १४ गतेबाट खोप लगाउन सुरु गर्नेछौं।’उनले करिब ४ लाख ५० हजार…

भारतले दिएकाे कोरोनाविरुद्धको खोप ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए। ‘अलिअलि खेर जान पनि सक्छ। खेर गएको अवस्थामा ४…

चिसोबाट जोगिन सामाजिक विकास मन्त्री वरालको आग्रह

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन आग्रह गरेका छन। एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखीए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन्। उनले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न समेत आग्रह छन्। ‘चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र पोषणयुक्त खानेकुरा खान, अनावश्यक रुपमा घरबाहिर नबस्न, घर भित्र हिटर, दाउरा, कोइला बाल्दा सावधानी अपनाउन र कुनै स्वास्थ्य समस्या देखा परेमा नजिकको स्वास्थ्य संस्थामा गइ सेवा लिन विशेष अनुरोध गर्न चहान्छु। उनले भने। मन्त्री बरालले चिसो र सितलहरबाट प्रभावित…

भारतबाट आज १० लाख डोज कोरोना विरुद्धको खोप आउदै

स्वास्थ्यसमाचार /भारतले नेपाललाई अनुदानमा दिने कोरोना विरुद्धको खोपको पहिलो खेप आउने भएको छ । काठमान्डौमा नेपाल र भारतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतले नेपाललाई कोरोना विरुद्धको खोपको १० लाख अनुदानमा उपलब्ध गराउने बताएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड नामक खोप भारतले नेपाललाई अनुदान दिन लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको पहिलो खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप…

लुम्बिनी प्रादेशिक अस्पतालमा दम तथा व्रोकाईटीसको निशुल्क उपचार हुने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा बिपन्न नागरिकको लागी दम तथा व्रोकाईटीस रोगको निशुल्क उपचार हुने भएको छ।उक्त सेवाको आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले सेवाको उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै डा खनालले बिपन्न नागरिककोलागी यो सेवाले राहत दिने बताए।उनले अस्पतालमा यो सेवा सुरुभएपछि ५० हजार बराबरको निशुल्क उपचार पाउने बताए । खनालले भने लुम्बिनी प्रादेशिक अस्पताल सामाजीक सेवा मार्फत बिभिन्न लक्षित बर्गलाई निशुल्क सेवा दिदै आएको र अब थप यो सेवा सुरु भएपछि राहत हुने बताए । प्रादेशिक अस्पताल सामाजीक सेवा ईकाई प्रमुख नेत्र…

कोरोनाबिरुद्धको खोप नेपालमा विहीबार सम्म आउने

काठमान्डौ ६ माघ नेपालमा कोरोनाबिरुद्धको खोप बिहीबार सम्म आइपुग्ने भएको छ । कोरोना भाइरसको पहिलो केश देखिएको एक बर्ष पुग्न एक दिन बाँकी छँदा नेपालमा त्यसविरुद्ध प्रयोग हुने खोप भित्रन लागेको हो । नेपालमा कोरोनाको पहिलो केश देएिको ९ माघमा एक बर्ष पुग्दैछ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप कोभिशिल्ड पर्सी नेपाल आइपुग्ने भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ पहिलो चरणमा आउने खोप भारत सरकारको अनुदानमा आउन लागेको हो ।खोप पर्सी आउँदै छ ।सम्भवत पहिलो लटमा आउने एक लाख भाइल आउँछ होला । मन्त्रालयका एक अधिकारीले भने…

कोरोना खोप कार्यक्रम प्रभावकारी बनाउन कर्मचारी र स्वयंसेविका परिचालन गर्ने

केशवराज पौडेल काठमाडौ, माघ ३ गते । विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ । छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा।झलक शर्मा गौतमले…

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय २८ सलाईसको सीटीस्क्यान संंञ्चालन

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ सय २८ सलाइसको सीटीस्क्यान मेसिन संचालनमा ल्याईएको छ।सिटिस्क्यान मेसिनको सामाजीक अभियन्ता, नागरिक अगुवा, नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उबासंघका पुर्ब अध्यक्ष चन्द्रराज पन्तले गरे । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्रा डा. संगीता भण्डारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट डा. बम बिसिले सिटि स्क्यान मेसिनको वारेमा जानाकारी गराएका थिए भने प्रतिष्ठानका डिन बसन्त लामिछानेले सिटि स्क्यान सेवा प्रभाबकारी जनताले सेवा पाउने वताए । अब सीटी स्क्यानका लागि बुटवल,काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता हट्ने लामीछानेले बताए। यसै गरि नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही…

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु, प्रम मोदीद्वारा उद्घाटन

नयाँदिल्ली, माघ ३ गते। भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारत सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।…

नेपालले दियो कोभिसिल्ड कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति

स्वास्थ्यसमाचार/नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ। पूणेमा रहेको एसआइआइले इन्डिया काउन्सिल अफ मेडिकल रिसर्चको सहायतामा तेस्रो चरणको परीक्षण गरेको थियो। खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्येमा गनिन्छ।…