स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको आज एक साता पुरा भएको छ। कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिन सम्ममा संख्या १ लाख २८ हजार भन्दा बढीले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २०१ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले जनाले खोप लगाएका छन्। जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २८७, प्रदेश नम्बर २ मा १६ हजार १७३, बागमती प्रदेशमा ४५ हजार ३४५ जनाले कोभिड खोप लगाएका छन्। त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७…
समाचार
गुल्मीमा ५ सय बढीले लगाए कोरोनाविरुद्धको खोप
स्वास्थ्यसमाचार / गुल्मीमा पाँच सय बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तरगत चार दिनमा कुल ५१४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । जिल्लामा २४ गतेसम्म कुल १८७० जनालाई कोरोनाविरुद्धको खोप प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जसमा जिल्ला अस्पतालसहित स्थानीय तहका स्वास्थ्यकर्मी, औषधि व्यवसायी, एम्बुलेन्स चाकल, महिला स्वास्थ्य स्वयम् सेविका लगायतले खोप लगाउनेछन् । जसको लागि ४ हजार १८० डोज खोप आइसकेको छ । पहिलो चरणमा खोप लगाइसकेपछि २८ दिनपछि दोस्रो चरणमा खोप लगाइने आचार्यले बताए ।…
मेरुदण्ड भाँचिएकी खगिश्वरालाई उपचारका लागि आर्थिक अभाव
सन्तोष महतरा स्वास्थ्यसमाचार / गुल्मीको मदाने गाउँपालिका वडा नं २ बाँझकटेरी सिराहाकी खगिश्वरा भुसाल केही महिनादेखि मेरुदण्ड भाँचिएर आर्थिक अभावमा छटपटाइरहेकी छिन् । आर्थिक समस्याका कारण केही महिनादेखि कहिले गाउँ त कहिले अस्पतालका बिस्तारामा छट्पटाइरहेकी भुसाललाई उपचारका लागि परिवारले आर्थिक सहयोगकोे आहारगुहार गरिरहेको छ । भुसालको २०७७ साल भदौ २१ गते रागोँले लखेटेपछि भीरबाट एक सय मिटर तल लड्दा मेरुदण्ड भाँचिएको थियो । भुसाल उमेरले ४६ वर्षकी हुन् । मेरुदण्ड भाँचिएकी भुसाललाई उपचारको लागि परिवारले गाउँकै स्वास्थ्य चौकी हुँदै लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास र भरतपुर अस्पताल चितवनसम्म लगेर आर्थिक अभावका कारण घर…
कुष्ठरोग निवारण रणनितिमा रुपन्देही असफल ४१ नया रोगी थपिए
स्वास्थ्यसमाचार /सरकारले २०६६ साल माघ १० मा तामझामका साथ कार्यक्रम गरी सन २०२० को अन्तसम्ममा नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा ग¥यो। सरकारले प्रति दश हजार नागरिकमा कुष्ठरोगीको संख्या एक जनामा झार्ने सरकारी रणनीति पनि बनायो। तर, सरकारी रणनीति रुपन्देहीमा सफल हुन सकेको छैन। रुपन्देहीमा प्रति दश हजार जनसंख्यामा कुष्ठरोगीको संख्या १ दशमलव १९ पुगेको छ।कारोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनामा सक्रियता भन्ने मुल नाराका साथ ६८ औ बिश्व कुष्ठरोग दिवस मनाईयो। जिल्लामा पुष अन्तिम सम्ममा १ सय ४१ जना कुष्ठरोगी उपचारमा रहेका छन्। आर्थिक वर्ष २०७६-०७७ को असारसम्म १…
कुष्ठरोग दिवसमा अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा
स्वास्थ्यसमाचार /६८ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले अशक्त अपांगता क वर्ग भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो । वार्षिक कार्यक्रम अनुसार गत मंसिर १८ गते बसेको बैठकले अपांगता परिचयपत्र समन्वय समितिबाट निर्णय भएबमोजिम अशक्त अपांगता, क वर्गमा छनौट भएका १४ जना व्यक्तिहरुलाई न्यानो कपडा कम्मल वितरण गरिएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले बताइन् । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताइन् । कम्मल वितरण गर्न सिद्धार्थनगर नगरपालिका प्रमुख…
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ काठमाडौ उपत्यकाको महाधिवेशन सम्पन्न
स्वास्थ्यसमाचार / नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बागमती प्रदेश अन्तरगत काठमाडौं उपत्यका स्तरिय व्यावसायी भेला तथा प्रथम ऐतिहासिक जिल्लागत अधिवेशन २०७७ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल आयुर्वेदिक औषधी व्यावसायी संघ बाग्मति प्रदेशका अध्यक्ष लेखनाथ भूसालको सभाध्यक्षता, माननीय रमा आलेमगर उधोग, वन, पर्यटन तथा वातावरण समिति सभापतिको प्रमुख आतिथ्यता, नरदेवि हस्पिटलका निर्देशक डा. प्रदिप केसी, औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक तथा सूचना अधिकारी सन्तोस केसी, केन्द्रिय अध्यक्ष जंगराम गिरी, निवर्तमान अध्यक्ष लोकेन्द्र चापागाई, आयुर्वेद औषधी उत्पादक संघका महासचिव सुमन पाण्डे, आयुर्वेद काउन्सिलका रजिस्टार डा.नारायण श्रेष्ठ,सिंहदरवार वैधखाना विकास समितिका प्रवन्धनिर्देशक डा.वंशदिप…
कोरोनाविरुद्धको खोप वितरणमा किन ढिलाई :स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोरोना विरुद्धको खोप वितरणमा ढिलाई भएपछि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी अनुगमन गर्दे हिडेका छन। भारत सरकारले उपमहार स्वरुप दिएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी सरसफाईकर्मीलाई लगाउने भने पनि लुम्बिनी प्रदेशमा वितरणमा ढिलाई भएको छ । शनिबार लुम्बिनी प्रदेशको बुटललको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका मन्त्रीले प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीलाई एकै ठाउँमा रोखेर वितरणमा किन ढिलाई भयो भन्दै प्रश्न गर्न थाले ।आउँनु बित्तिकै मन्त्री लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालयका कर्मचारी तथा प्रादेशिक अस्पतालका कर्मचारी र पदाधिकारीसँग छलफलमा लागे । प्रदेशस्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद गिरी…
प्राविधिक शिक्षालय महासंघको महाधिवेशन बुटबलमा शुरु
स्वास्थ्यसमाचार /निजी प्राविधिक शिक्षालय महासंघ नेपालको आठौं महाधिवेशन तथा केन्द्रीय भेलाका लागि देशभरका प्रतिनिधिहरु बुटवलमा भेला भएका छन् । सिएमए, अनमि, ल्याबअसिस्टेन्टलगायतका विषय अध्ययन हुने शिक्षालयका प्रतिनिधिहरु नयाँ नेतृत्व चयन तथा नयाँ कार्ययोजनाका लागि जम्मा भएको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष बसन्तराज खनालले बताए । सो भेलाको उद्घाटन गर्दै सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीले केही समयदेखि निजी प्राविधिक शिक्षालयमा देखिएका समस्या छिटै समाधान हुने बताए ।यस्ता शिक्षालयका पीडा र सर्वसाधारणले पाउने प्राविधिक शिक्षका विषयमा उनले आधारभूत प्राविधिक शिक्षालाई रोकेर गर्न लागिएको स्तरवृद्धिको काम कोभिडका कारण ढिलाई भएकाले अब तत्काल…
रुपन्देहीमा ४ सय एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा
स्वास्थ्यसमाचार/ नेपाल सरकारको स्वास्थ्य बीमा सम्बन्धी नीति अनुरुप रुपन्देहीमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु भएको छ । जसमा जिल्लाका ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको स्वास्थ्य बीमा निःशुल्क गरिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य बीमा बोर्डका संयोजक मनोज पौडेलले रुपन्देही जिल्लामा हालसम्म ४ सयभन्दा बढी एचआईभी संक्रमितहरुको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताए ।स्वास्थ्य बीमामा संलग्न हुनका लागि ५ सदस्यसम्मको परिवारका लागि वार्षिक ३५ सय तिर्नु पर्ने हुन्छ । बीमित सदस्यहरु बिरामी भएमा वार्षिक १ लाखसम्मको खर्च बीमा बोर्डले व्यहोर्छ । तर नेपाल सरकारको पछिल्लो निर्णय अनुसार अति गरिब, ‘क’ वर्गका अपाङ्ग,…
लुम्बिनी प्रादेशिक अस्पतालका नर्सले मनाए ५९औं वार्षिक उत्सव
स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघ बुटबल ईकाई तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ स्टाफहरुले ५९औं वार्षिक उत्सव दिवस फ्लोरेंस नाइटेंगल तस्वीरमा माल्यापर्ण गरेर यो दिवस मनाएका छन। सधै फरक तरिकाले मनाउने नर्सिड हरुले कोरोनाको कहरका बिच अरु कार्यक्रम नगरि औपचारीक रुपमा मात्र यो दिबस मनाएका हुन।नेपालमा २०१८ माघ १५ गते नेपालभरिका नर्सहरु संगठित रुपमा एक भएर नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नेपालमा हाल ९५ हजारभन्दा बढी नर्सिङ जनशक्ति नेपाल नर्सिङ काउन्सिलमा दर्ता छन्। तीमध्ये २० हजारभन्दा बढी नर्सहरु विदेश पलायन भएका छन्। नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक डा तुइतुईले…