‘अर्थोकान २०२३’ रुपन्देहीमा सम्पन्न

स्वास्थ्यसमाचार/ २८ औँ सम्मेलन ‘अर्थोकान २०२३’ रुपन्देहीमा सम्पन्न भएको छ। तीन दिन अघि लुम्बिनी बिकास कोषका भिक्षु ओजिर श्री महास्थवीरले सम्मेलनको उद्घाटन गरेका थिए।

सो सम्मेलन नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा लुम्बिनी शाखाको सयुंक्त आयोजनामा रुपन्देहीको मणिग्राममा सम्पन्न भएको हो।

हाडजोर्नी, स्पाईन, ट्रमा संग सम्बन्धित,बिधाहरूमा रहेर विभिन्न विषेशज्ञ चिकित्सकहरूले सोधपत्र प्रस्तुत गरेका थिए भने कार्यक्रममा भारत,भुटान बंगालदेश माल्दिप्स,थाईल्यान्ड फिलिपिन्स लगायतका देसका अर्थोपेडिक चिकित्सकहरू सहभागि भएको अर्गनाइजिङ सेक्रेटरी डा गोपाल प्रसाद ज्ञवालीले जानकारी दिए।

सम्मेलनमा नेपाल, दक्षिण एसिया सहित विभिन्न मुलुकबाट करिब २ सय जनाको प्रत्यक्ष र करिव ७ सय जना अप्रत्यक्ष रूपमा सहभागीता रहेको थियो।

सम्बन्धित शिर्षक :