स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा बुटबलमा पहिलो पटक मुख तथा अनुहार सम्बन्धि जटिल शल्यक्रिया सुरु भएको छ।सामान्य शल्यक्रिया पहिले देखी भएपनि जटिल शल्यक्रिया भने पहिलोपटक सुरु भएको हो । डेन्टल बिभाग प्रमुख डेन्टल कन्सल्टेन्ट डा. वर्षा थापाले हालै मात्र चोटपटक लागेर अनुहार को हडडी भाचिएको बिरामी लाई शल्यक्रिया गरि हडडी जोड्ने उपचार सफलतापुर्वक सम्पन्न गरिएको बताईन ।जटिल शल्यक्रियामा प्रमुख डेन्टल कन्सल्टेन्ट डा.थापा डा. विवेक महतो,कन्सल्टेन्ट म्यग्जिलो फेसियल सर्जन लगायत को टिम शल्यक्रिया गरेको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय मा डेन्टल बिभाग बाट अन्य उपचार सेवा का साथ साथै शल्यक्रिया सम्बन्धि…
समाचार
सियारी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पतालको सेवा सुरु
स्वास्थ्यसमाचार /सियारी गाउपालिकामा कोभिड १९ अस्थायी अस्पतालको सुरुवात गरिएको छ । गाउँपालिकाको वाड नम्बर ७ पश्चिम् अमवाको अमवा स्वास्थ्य चौकीबाट सो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालको गाउँपालिका अध्यक्ष अयोध्या थारुले उद्घाटन गरे । कोभिड अस्पताल सुरु भए संगै गाउँपालिकावासी तथा छिमेकी पालिकाका नागरिक समेतले अस्पतालबाट सेवा लिन सहज हुने गाउँपालिका अध्यक्ष अयोध्या थारुले वताए ।उनले भने स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि गाउँपालिकामा जगत जननी कार्यक्रमको सुरुवात गरिएको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले वताईन। रोग लागेर उपचार गर्न भन्दा रोग लाग्न…
फागुन भित्र कोरोनाको खोप नेपालमा आउछ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड(१९ विरुद्ध खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले खोप ल्याउनको लागि सरकारले सबै नीतिगत तयारी पूरा गरेको र चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन् । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले भने, ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं । नीतिगत कार्यहरु पुरा भैसकेका छन्।’ कोभिड–१९ को खोप नेपालमा ल्याउने तयारी अगाडि बढेसँगै नेपालमा संचालनमा रहेका १६ हजार खोप केन्द्रहरु, १६ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविकाहरु परिचालन गरिनेछन् । ‘खोपको…
लुम्बिनी प्रादेशिक अस्पतामा सेवा प्रवाह राम्रो तर रेकर्ड कमजोर
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश सरकारले जनताको स्वाथ्य सुविधा प्रदान गर्ने कुरामा कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।सिमित स्रोत साधनका विचमा अधिकतम सेवा प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री बरालले यसको लागि सरकार ले कुनै पनि क्षेत्रमा अभाव हुन नदिने बताएका हुन । सोमबार बुटवलमा स्वाथ्य निर्देशनालयको आयोजना अस्पतालहरुमा न्युनतम सेवा प्रवाह मुल्यांकन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रमा प्रदेश सरकार नयाँ भएपनि उत्साहजन काम गरेको बताए । उनले पहिलो केही बर्षमा प्रक्रियागत रुपमा सिक्ने क्रम जारी रहेको भन्दै सिकाई संगै स्वाथ्य…
राप्ती प्रादेशिक अस्पतालमा सीटी स्क्यान मुख्यमन्त्री द्धारा उद्घाटन
स्वास्थ्यसमाचार/ दाङको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा ‘सीटी स्क्यान सेवा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे । लुम्बिनी प्रदेशको सरकारबाट प्राप्त ३ करोड ५० लाख लागतमा उक्त सेवा सुरु गरिएको हो । अस्पतालमा सेवा सुरु भएसँगै सीटी स्क्यान सेवाकालागि बाहिरी जिल्ला जानुपर्ने वाध्यताको अन्त्य भएको छ । उद्घघाटन अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल भएपनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रुपमा विकास हुन नसकेको बताए । प्रादेशिक अस्पताल रेफर अस्पतालका रुपमा रहेको भन्दै यो समस्या अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले भने ‘पूर्वाधार हामी निर्माण गर्छौं, तपाईहरुले कसरी…
रक्षा आयुर्वेदिक औषधालयद्धारा १सय २४ जनाको निशुल्क स्वास्थ्य परिक्षण
बिन्दु भट्टराई स्वास्थ्यसमाचार/ छपियाका पुर्ण भुसाल लाई लामो समयदेखि हाडजोर्नीको समस्या थियो उपचारका लागि धेरै रकम खर्च गरे धेरै ठाउंमा धाए तर रोग २० को १९ भएन । पौस २५ गते रक्षा आयुर्वेद औषधालयको १३ औं बार्षिक जन्मउत्सवको अवसरमा एक दिने स्वास्थ्य शिविर मणिग्राममा भेटिएका उनी अव आयुर्वैेदिक औषधिको प्रयोगबाटै आफु रोगबाट मुक्त हुनेमा ढुक्क भएको बताए । त्यस्तै तिलोत्तमाका मणि भण्डारी विगत केहि समयदेखि सुगर समस्याबाट गुज्रिएका थिए । उनी निरन्तर आयुर्वेद औषधि सेवन गर्दै आएको बताए । औषधि सेवनबाट केहि आराम मिलेको समेत उनले बताए । बिशेषत पाईल्सको…
बुटवल रोटरी ई–कल्बद्धारा ‘जथाभावी नथुकौं’ अभियान सुरु
स्वास्थ्यसमाचार / रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ ।थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले वताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको छ । अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पारे । जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास…
तिलोत्तमा मणिग्राममा भोली पुष २५ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने
गोकर्ण प्रकास ज्ञवाली । २०७७ पुष २४ । रुपन्देहीको मणिग्राममा अवस्थित रक्षा आयुर्वेदिक औषधालयले विशेषज्ञ सेवा सहितको एकदिने स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । भोली पुष २५ गते शनिवारको दिन विहान १० बजेदेखि वेलुका ४ बजेसम्म उक्त शिविर संचालन हुने आयुर्वेदिक औषधालयका संचालक शालिकराम भूसालले जानकारी दिए । शिविरमा पाईल्स, फिसर, फिस्टुला, हाडजोर्नी, नशा, बाथ, दम साथै पेट सम्वन्धी, महिला सम्वन्धी, छाला सम्वन्धी र शारिरीक मानसिक सबै रोगको उपचार गरिने पनि भूसालले बताए । उक्त दिन प्याथोलोजी सेवामा पनि विशेष छुटको व्यवस्था गरिएको भूसालले जानकारी गराएका छन् ।…
रुपन्देहीकाऔषधी ब्यवसायीको गुनासो
स्वास्थ्यसमाचार /नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाको खुद्रा भेला सम्पन्न भएको छ । रुपन्देहीका ४ स्थानमा भएको अन्तकृर्यापछि बुटबलमा भएको भेलामा लुम्बिनी क्षेत्रमा झोले चिकित्सक,र भैरहवा क्षेत्रमा भारतिय औषधी लगायतको समस्या देखिएको वताएका छन। भेलामा नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेलले केवल नाफा कमाउने र बिक्रि गर्ने कामसंगै ब्यवसायीहरु आन्तरिक ब्यवस्थापनमा जोड दिन सुझाव दिए । खुला सिमाका कारण भारतिय औषधीको दबदबा बजारमा रहेको उनले बताए । यसैगरि होलसेल विक्रेता र खुद्रा औषधी विक्रेताहरु बिच द्वन्द्वले आम उपभोक्ता मर्कामा पर्ने खरेलले बताए। उनले खुद्रा औषधी ब्यवसायीहरु पेशाप्रति…
लुम्बिनी प्रदेशमा ४१ आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न स्थानीय तहलाई परिपत्र
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ। मन्त्रालयले अस्पतालमा स्तरोन्नति हुने स्वास्थ्य संस्थाका सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनौट गरी जिल्ला समन्वय समितिको सिफारिस सहित फागुन मसान्तसम्म मन्त्रालयको पठाउन समेत बिहीबार परिपत्र गरेको हो।जस अन्तगत लुम्बिनी प्रदेशका पाल्पा प्युठान र पाल्पामा १० सैयाको र अन्य जिल्लामा १५ सैयाको आधारभुत अस्पताल बनाउनको लागी स्थानिय निकायलाई परिपत्र गरेको छ । अस्पतालको स्तरोन्नति हुने स्वास्थ्य संस्था छनौट गरी स्थानीय तहमा अगामी आर्थिक वर्ष…