युसीएमएस. भैरहवाको २६औं वार्षिक साधारणसभा ,अध्यक्षमा पुनः शर्मा

स्वास्थ्यसमाचार/युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडीज् एण्ड रिसर्च सेन्टर प्रा.लि.(युसीएमएस शिक्षण अस्पताल) को २६ औं वार्षिक साधारण सभा आइतबार भैरहवामा सम्पन्न भएको छ । साधारण सभामा युसीएमएस शिक्षण अस्पतालका अध्यक्ष रमेश शर्माले वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै संस्थाका प्रबन्ध निर्देशक खुमा प्रसाद अर्यालले सभामा सहभागी शेयर सदस्यहरूबाट उठेका प्रश्न, जिज्ञासा, सुझाव लगायत आगामी कार्ययोजनामा बारेमा आफ्ना धारणा राखेका थिए । कम्पनी सचिव राजु बस्नेत क्षेत्रीले आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेको थिए । साधारण सभा अन्तर्गत सम्पन्न निर्वाचनमा आगामी सञ्चालक समितिका लागि निर्देशकमा रमेश शर्मा, खुमा प्रसाद…

भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभीं) तीनजनामा पुष्टि

स्वास्थ्यसमाचार/कोरोनाजस्तै घातक मानिने ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) फैलिँदो क्रममा रहेको छ ।एचएमपिभी भाइरस चिनपछि भारतमा समेत देखा परेको छ । भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपिभी) तीन पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन्। भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटक राज्यका दुई जनामा विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा पत्ता लागेको थियो। बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई…

स्वास्थ्य मन्त्रालय लुम्बिनीका सवारी साधन माथि ‘डिजिटल निगरानी’

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थाका सरकारी सवारी साधनको डिजिटल निगरानी गरिने भएको छ । अव चार पांग्रे सरकारी सवारी साधनमा जिपिएस जडान गरेर निगरानी गरिने भएको हो ।सवारी साधनको विद्युतीय निगरानी गर्ने उद्देश्यले अनिवार्य रुपमा सवारी साधनमा जिपिएस जडान गर्ने निर्णय गरिएको र कार्यान्वयनमा ल्याउन मातहतका निकायमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री खेमबहादुर सारुले वर्तमान लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य मन्त्रालय समेतको नीति ; सुशासन, भ्रष्टाचार न्यूनीकरण, नागरिकप्रति जवाफदेहिता को प्रमुख जिम्मेवारी र दायित्व, नेतृत्वदायी भूमिकामा रहेका जनप्रतिनिधि र कार्यालय प्रमुखहरु…

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिनका लागि पुनः बोलपत्र

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा एमआराई मेशिन खरिदका लागि पुनः बोलपत्र आह्वान भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको हो । यसैबीच अस्पतालमा एमआरआई मेशिन खरिद प्रक्रियामा बिलम्ब हुँदा जनताले दुःख पाएको बताउँदै जसरी पनि यसलाई अघि बढाउन यहाँका राजनीतिक दल तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । लुम्बिनी प्रदेशका पूर्व सामाजिक तथा स्वास्थ्य मन्त्री सुदर्शन बरालले समयमा एमआरआई मेशिन नपाउँदा सेवाग्राहीले दुःख पाएको बताउँदै सरकारले यसलाई गम्भीरतकासाथ लिनु पर्नेमा जोड दिए । अस्पतालमा मेशिन खरिद प्रक्रियालाई अघि बढाउनु पर्नेमा जोड दिँदै उनले…

स्वास्थ्यका लागि व्यायाम जरुरी संघिय स्वास्थ्य सचिब :डा पोखरेल

स्वास्थ्यसमाचार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.रोशन पोखरेलले स्वास्थ्यका लागि ब्यायाम जरुरी रहेको बताउनु भयो । नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा बुटबलमा भएको ‘स्वास्थ्यका लागि दौड’ कार्यक्रम उद्घाटन गर्दै डा पोखरेलले यस्तो बताउनु भएको हो। उहाँले स्वास्थ्य मानिसको लागी अतिआवश्यक रहेको बताउदै स्वच्छ रहनको लागी ब्याम जरुरी रहेको र सबैलाई सजग रहन आग्रह गर्नु भयो । कार्यक्रममा नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाका अध्यक्ष डा.कृष्ण खरेलले ब्यवसायिक हकहितसँगै सामाजिक उत्तर दायित्वमा संस्थागत रुपमा लागेको बताउनु भयो । यो वर्ष खेलकुद र मानव स्वास्थ्यलाई जोडेर अभियानका रुपमा कार्यक्रमहरु…

चिकित्सक संघ लुम्बिनीको दौड प्रतियोगिता :दौड उपाधि विशाल र सामनालाई

स्वास्थ्यसमाचार /रुपन्देहीमा सम्पन्न दौडको उपाधि बिशाल पाण्डे र सामना सारुले जितेका छन । ‘स्वास्थ्यका लागि दौड’ नारासहित नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको आयोजनामा भएको ८ किलोमिटर दौड ३८.२० मिनेटमा दुरि पार गर्दै पुरुषतर्फ विशाल पाण्डे र ५२.२० मिनेटमा दुरी पार गर्दै महिलातर्फ सामना सारु प्रथम भईन । उपाधि विजेता पाण्डे र सारुले नगद २० हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा पुरुषतर्फ टेकराज गौली ३९.०७ मिनेटमा दुरि पार गर्दै दोस्रो तथा विशाल बस्नेतले ४८.४४ मिनेटमा दुरि पार गर्दै तेस्रो भए । यसैगरि महिलातर्फ ममता पाण्डेले ५२.४२ मिनेटमा दुरि पार…

चिकित्सक संघ, लुम्बिनीले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले शनिबार बुटवलमा दौड प्रतियोगिता गर्ने भएको छ । स्वस्थ्य सचेतना जगाउदै रुपन्देहीभित्रका ब्यवसायिक र सामाजिक संघसंस्थाहरु बिचमा भाईचारा विकास गर्ने उदेश्यका साथि संघले दौड गर्ने भएको हो । प्रतियोगिताको आवश्यक तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष डा कृष्ण खरेलले बताए । व्यायाम शारीरिक स्वास्थ्यसंगै मानसिक सन्तुलन र दीर्घायु जीवनका लागि पनि अत्यन्त महत्वपूर्ण छ भन्ने कुरा आम नागरिकमा सचेतना जगाउने गरि दौड प्रतियोगिता गर्न लागेको उनले बताए । राजमार्ग चौराहस्थित पृथ्वीनारायण शाह पथ, कालिकानगरबाट शुरु हुने दौड साईनो केन्द्र, मंगलापुरमा समापन हुने…

लुम्बिनी प्रदेशका सबै अस्पतालमा शुल्क सहितको नागरिक बडापत्र

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु प्रदेशको समग्र स्वास्थ्य सेवालाई सुधार गर्न योजनाबद्ध रुपमा अघि बढेका छन् । उनले स्वास्थ्य सेवालाई नागरिक माझ सहज रुपमा पुर्याउन, अस्पतालाई तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिक मैत्री बनाउने गरी नीतिगत तथा प्रत्यक्ष अनुभव हुनेगरी सुधारका काम गरेको पाइएको छ । प्रदेश भित्रका सरकारी, नीजि तथा सामुदायिक अस्पतालहरुको सेवा र लाग्ने शुल्क सबैले थाहापाउनेगरी सार्वजनिक गर्न लगाएका छन् । मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरुमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र नीजि अस्पतालहरुले…

स्वास्थ्य मन्त्रालय लुम्बिनीले १३ पालिकामा रोमिङ नर्स परिचालन गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य, पोषण सुधार, बाल विवाह न्यूनीकरणको लागि विद्यालय विद्यालयमा गएर अध्ययनरत विद्यार्थीहरुलाई पोषण सुधार, मनो सामाजिक विमर्श, प्रजनन स्वास्थ्य तथा बाल विवाह न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम संचालन गर्न रोमिङ नर्सको नियुक्ति गर्ने भएको छ । लुम्बिनी प्रदेशमा आत्महत्या र बाल विवाहको दर बढीरहेको र कुपोषणको दर समेत उच्च रहेकोले विद्यालय मा अध्ययनरत विद्यार्थीहरुलाई सचेतना फैलाउने उद्देश्यले रोमिङ नर्सको नियुक्ति र परिचालन गर्न लागिएको । हाल १३ वटा गांउ पालिकाबाट सुरुआत गरेर आगामी वर्ष लुम्बिनी प्रदेशका १०९ पालीकामै नर्सहरुको नियुक्ति र परिचालन गर्ने कार्यक्रम रहेको…

विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका छन् । उनले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनुका लागि ‘विद्यालय स्वास्थ्य दूत’ नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले ‘विद्यालय नर्स कार्यक्रम’ लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी ‘विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिका’लाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका हुन् । अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्वास्थ्य दूत’का रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगता सम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई…