स्वास्थ्यसमाचार/तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा…
समाचार
विपदबाट उद्धार गरिएका घाइते र बिरामीको निशुल्क उपचारको गरिने
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन देखि परेको अबिरल बर्षा र त्यसपछि आएको बाढी पहिरो सहितका प्राकृतिक प्रकोपबाट घाइते र बिरामीहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा .प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तीमा निशुल्क उपचारको व्यवस्था गर्न भनिएको छ ।यस्तै सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरुले आपतकालीन अवस्थामा सवास्थ्य सम्वन्धी समस्याको बारेमा जानकारी प्रदान गर्नका लागि हटलाइन नम्बर सार्वजनिक गर्ने, प्रदेश जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरुले हव तथा स्याटेलाइट अस्पतालहरुसंग समन्वय गरी आकस्मिक चिकित्सकीय…
नेपाल पत्रकार महासंघका पूर्व उपसभापति कर्णबहादुर कार्कीको निधन
स्वास्थ्यसमाचार/नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । उनी बुटवलबाट प्रकाशित हुने लुम्बिनी राष्ट्रिय दैनिकका संस्थापक सम्पादक हुन् । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित रहेका ७० वर्षीय कार्कीको पाल्पा तानसेन धुवाघाटमा निधन भएको हो । उनी मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । उनका एक श्रीमती भगवती, छोरी निरु, बन्जु र छोरा सरोज छन् । कान्छा छोराको केही वर्षअघि मृत्यु भएको थियो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भएसँगै उनले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता सुरु गरेका थिए । कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर…
सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं:मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनु भएको छ । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताउनु भएको हो । ‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो-‘स्वास्थ्य…
साझा हस्पिटल र इन्जिनियर्स एशोसियसन बीच स्वास्थ्य सेवा सम्झौता
स्वास्थ्यसमाचार/ गुणस्तरीय स्वास्थ्य सेवामा समर्पित बुटवल–८ श्रवणपथस्थित चाँदबारी चोकमा रहेको साझा हस्पिटल प्रा.लि. बुटवल र नेपाल इन्जिनियरिङ एशोसिएसन लुम्बिनी प्रदेशका सदस्य र उनका परिवार सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने सम्बन्धमा महत्वपूर्ण सम्झौता गरिएको छ । साझा अस्पतालका अध्यक्ष गोविन्द खनाल र नेपाल इन्जिनियरिङ एएशोसियसन लुम्बिनी प्रदेशका सभापति ई. महेश्वर लम्सालले अस्पतालले दिने उपचार तथा सहुलियतका विषयमा हस्ताक्षर गरेका हुन् । स्वास्थ्य सेवा सम्झौतापछि आगामी २ वर्षसम्म अस्पतालमा उपचार सेवा लिन आउने नेपाल इन्जिनियर्स एशोसियसनका पदाधिकारी तथा सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा औषधी तथा सर्जिकलमा १० प्रतिशत छुट दिने भएको…
बुटवलमा अस्वस्थकर मासु विक्री गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना
स्वास्थ्यसमाचार/ बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने ७ वटा पसललाई १०-१० हजार जरिवाना गरिएको नगरपालिकाका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडेले वताए । बुटवल मिट सप्लार्यस, ज्योति माइला मासु पसल, सापकोटा मासु पसल, न्यू पहाडिया मासु पसल, भान्जा मासु पसल, बन्जाडे मासु पसल र पहाडिया मासु पसललार्ई जरिवाना गरिएको शाखा प्रमुख बन्जाडेले बताए । अनुगमनलाई उपमहानगरपालिकाले निरन्तरता दिने बताउँदै पहिलो पटक बधशालाको मासु…
नेपालमा पिजी मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह
स्वास्थ्यसमाचार/इन्डोनेसियाको भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ । मन्त्री पौडेल इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरूको १२औँ उच्चस्तरीय बैठक तथा पाँचौँ मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेक्रममा त्याहाँ पुग्नुभएको हो । भेटमा उहाँहरूबीच नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पौडेलले नेपालका चिकित्सकहरूले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताउनुभयो । माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले…
चिकित्सा पेशाको कुन्डली /भाग्य वा मिहिनेत वा सक्षमता ?
चिकित्सक हुनुभन्दा पहिले सो चिकित्सक एउटा व्यक्ति हो । साधारण मानव हो । जसका आफ्ना इच्छा र आकांक्षा हुन्छन् । मन पनि हुन्छ । सोचाइ विचार सबै हुन्छ । चिकित्सकीय पेशालाई स्कुलमा निकै उच्च मूल्यांकनका साथ पढाइने गरिन्छ । ठूलो बनेपछि डाक्टर इन्जिनियर बन्नुपर्छ भन्दै रटाइन्छ । जसको निरन्तरता कलेज पढ्ने समयमा पनि गरिन्छ । जुन कुराको दृश्य पुतलीसडकमा देख्न सकिन्छ । पढाइमा अब्बल मानिने सबै विद्यार्थीको ध्यान केवल मेडिकल शिक्षा प्रवेश गर्नेमा रहन्छ । जुन मेरो पनि थियो । त्यो समयमा केवल पढाइमा मात्रै ध्यान केन्द्रित हुन्छ । विश्व…
बुटवल उपमहानगरमा सरसफाइ अभियान शुरु
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताए। उनले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताए। उनले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक बर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयले बताए। बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य…
लुम्बिनी प्रादेशिक अस्पतालमा २५जना नर्सका लागि रोजगारीको अवसर
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा अस्पतालले करार सेवामा २५ जना नर्स पदपूर्ति गर्ने भएको छ । अस्पतालले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले दश दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो । दरखास्त बुझाउने अन्तिम मिति यहि असोज १८ गते र परिक्षा मिति र परिक्षा केन्द्र अर्काेसुचना मार्फत जानकारी गराउने आज जारी सुचनामा उल्लेख गरिएको छ।