लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको प्रगतिबारे मुख्यमन्त्रीको चाँसो

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका हुन् । प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएकाे हाे ।‘विशेषगरी, यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ’मुख्यमन्त्री आचार्यले भने,‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको…

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा बर्दिया अस्पताल ९७ अंकसहित उत्कृष्ट

स्वास्थ्यसमाचार/ न्युनतम जनशक्तिको उपस्थितीमा न्युनतम सेवा मापदण्ड कार्यान्वयमा बर्दिया अस्पताल सुधार उन्मुख देखिएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वय कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । विगत तीन वर्षको मूल्यांकनमा अस्पतालको क्रमशः अंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पतालले यस वर्ष ९७ प्रतिशत अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा भेरी अस्पताल नर्सिङ प्रमुख तथा न्युनतम सेवा मापदण्ड प्रमुख स्रोत व्यक्ति दुर्गा लक्ष्मी श्रेष्ठले बर्दिया अस्पतालले ९७ प्रतिशत अंक प्राप्त गरेको घोषणा गरिन् । तोकिएको सूचकमा…

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भीम अस्पताल ९४ अंकसहित उत्कृष्ट

स्वास्थ्यसमाचार/ सिमित जनशक्ति र पूर्वाधारका वावजुत पनि भैरहवास्थित भीम अस्पतालले बिरामीलाई प्रदान गर्ने गरेको उपचार सेवा र अस्पताल संचालनको व्यवस्थापन उत्कृष्ट रहेको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले हरेक वर्ष गर्ने न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गतको मूल्यांकनमा सन् २०२४ मा भीम अस्पतालको सेवा तथा व्यवस्थापन निकै प्रभावकारी रहेको पाइएको हो । मूल्याकन टोलीले ९ सय ३९ वटा सुचकलाई आधार मानेर भीम अस्पतालको स्थलगत मूल्यांकन गर्दा सन् २०२४ मा ९४ प्रतिशत अंक प्राप्त गरेर भीम अस्पतालले आफ्नो सेवा तथा व्यवस्थापनलाई उत्कृष्टमा उभ्याउन सफल भएको हो । बिगत केही बर्षदेखि…

अबको २ वर्षभित्र तिलोत्तमाका सबै घरमा स्वच्छ खानेपानीको धारा पुग्छः नगरप्रमुख खाँण

स्वास्थ्यसमाचार/शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गरिएको छ । माघ २४ गते सम्पन्न निर्वाचनबाट बिजयी पदाधिकारीहरुलाई पदस्थापन गरिएको हो । निर्वाचन समितिका संयोजक टेक बहादुर थापाको अध्यक्षता तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जागेश्वरी देबी चौधरीको बिशिष्ट आतिथ्यमा पदस्थापना गरिएको थियो । पदस्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिलोत्तमा प्रमुख रामकृष्ण खाँणले तिलोत्तमामा अबको २ बर्ष भित्रमा सबैका घरमा स्वच्छ खानेपानीको धारा पुग्ने वताउनु भयो ।धेरै ठाउंमा गुणस्तरीय र सर्भसुलभ तरीकाले खानेपानी पुगेको र केही ठाउंमा खानेपानीको काम भइरहेकोले अबको २ बर्षमा तिलोत्तमा स्वच्छ…

सिद्धार्थनगरमा दुई विधेयक पारित, स्वास्थ्यसहित अन्य प्राविधिक कर्मचारी करारमा राख्न बाटो खुल्यो

स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईबाट विधेयक पारित गरेको छ । हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन गर्न बनेको विधयकलाई पारित गरिएको हो । सोमवार भैरहवा स्थित महेन्द्र सभागृहमा भएको सभामा सभा अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित यि दुइवटा विधयक सभामा प्रस्तुत गरेका थिए । सभाले छलफल पछि विधयकलाई पारित गरेको हो । विधयक पारित भएसंगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न वाटो खुलेको छ । विधायकमा करार तर्फ इन्जिनियरिङ्ग, कृषी,…

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीमा नयाँ नेतृत्व, सभापतिमा उपाध्याय

स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरको ४९ औं जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचन अधिकारी अनुप कुमार श्रेष्ठका अनुसार कार्यसमितिको महिला उपसभापतिमा रुपमाकुमारी हिराचन, उपसभापतिमा सुशील गुरुङ्ग, मन्त्रीमा टेकबहादुर थापा क्षेत्री, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, उप–मन्त्रीमा दिनेश पन्थी र उप–कोषाध्यक्षमा अलताफ हुसेन खाँ निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा सावित्री सोमरे थापा मगर, हिमा बेलबासे, महेन्द्र कुमार श्रेष्ठ, बेन बहादुर पौडेल क्षेत्री, संजीब शर्मा रेग्मी, कृष्ण प्रसाद भुसाल, सुहा बहादुर…

तिलोत्तमाका जनप्रतिनिधिसँग एचपीभी खोप सम्बन्धी अन्तरक्रिया

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी कार्यपालिका सदस्यहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा पाठेघरको मुखको क्यान्सर र त्यस विरुद्धको प्रभावकारी खोपका बारेमा गहिरो छलफल गरिएको थियो। नगर प्रमुख खाणले  पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसका रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप…

लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवा विस्तार, २४ घण्टे काउन्टर सहित नयाँ सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि डेडिकेटेड फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्यले सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे ।लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या…

स्वास्थ्य मन्त्रालयको टोलीद्वारा बुटवलमा एचपीभी खोप अभियानको अनुगमन

स्वास्थ्यसमाचार/बुटवल–१२ स्थित नया गाउँ माध्यमिक विद्यालयमा आयोजित  (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। स्वास्थ्य आपतकालीन तथा प्रकोप व्यवस्थापन इकाई (HEDMU) तथा स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा उक्त अनुगमन भएको हो। ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन टोलीले बुटवलका विभिन्न केन्द्रहरूमा निरीक्षण गरेको थियो। खोप अभियानले किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ, जुन पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूको प्रमुख कारण मानिन्छ। डा. बुढाथोकीले खोप कार्यक्रमको…

पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आइसीयू सेवा सञ्चालन

स्वास्थ्यसमाचार/ रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा यो सेवा शुरू भएको हो। यसअघि आइसीयू सेवा नहुँदा बिरामीलाई भैरहवा, बुटवल, भरतपुर पठाउनुपर्ने बाध्यता थियो। अब भने नयाँ भवनमा जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए। अस्पतालमा आइसियूसँगै जनरल सर्जन, एनेस्थेसिया, स्त्रीरोग, डेण्टल सर्जन, ल्याब र नर्सिङ सेवाका विशेषज्ञहरू पठाइएको छ। साथै, केही दिनअघि आँखा विशेषज्ञ पनि आएकाले आँखासम्बन्धी सेवा विस्तारको तयारी भइरहेको…