संविधान दिवसको अवसरमा भनभने(गुल्मी) सम्पर्क समाजको रक्तदान

स्वास्थ्यसमाचार/भनभने-गुल्मी सम्पर्क समाज रुपन्देहीले आज संविधान दिवसको अवसर पारेर रक्तदान गरेको छ ।  समाजले रक्त सन्चार केन्द्र बुटवलमा गरेको रक्तदानमा ५२ युनिट रगत संकलन गरेर रक्त सन्चार केन्द्र लाई हस्तान्तरण गरेको संयोजक प्रकास पन्थीले जानकारी दिएका छन ।

समाजका अध्यक्ष लोकनाथ पन्थी अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुल्मीको भनभने बाट रुपन्देहीमा आएर बिभिन्न पेशा व्यवसायमा आबद्ध भन्नेहरुले शुभेच्छुक हरुको उपस्थिति रहेको थियो ।

रगत संकलनका लागी रक्त सन्चार केन्द्रका कर्मचारीहरुले सहयोग रहेको संयोजक पन्थीले जानकारी दिए । । स्थापना कालदेखि बिभिन्न परोपकारी काममा सक्रिय समाजले नभनेको धार्मिक,ऐतिहासिक ,भौगोलिक विशेषता हरुलाई समेटेर नभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको छ । कार्यक्रमको सन्चालन सचिव भोजराज घर्तिले गरेका थिए ।

सम्बन्धित शिर्षक :