नेपाल नियमित रक्तदाता संघ पाल्पाको अध्यक्षमा भण्डारी

स्वास्थ्यसमाचार/नेपाल नियमित रक्तदाता संघको अध्यक्षमा भगवान भण्डारी चयन हुनुभएको छ । नेपाल नियमित रक्तदाता संघको तानसेनमा भएको भेलाले उहाँलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष, सामाजिक अभियन्ता तथा मानवअधिकारकर्मी भण्डारी पछिल्लो समय गरिब, विपन्न, असहाय र समस्यामा परेका नागरिकको उद्दारमा सम्बन्धित निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्ने काममा सक्रिय रहनुभएको छ ।

मानव अधिकार संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य, जिल्लास्तरीय मानव अधिकार रक्षक सञ्जालको संयोजक समेत रहनुभएका भण्डारी लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध रहनुभएको छ । जिल्लामा रगत अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसाथ संघ गठन गरिएको उहाँले बताउनुभयो ।

भेलाले भण्डारीको संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरेको छ । संघको सदस्यहरुमा दिपेन्द्र थापा, सचिन सिलवाल, सुमन खाती, सुदर्शन पाण्डे, कमल ज्ञवाली, युवराज राना, अर्जुन कार्की, भवानी गौतम, तुलसी गैरे, नविन खाती, नारायण न्यौपाने, सुमन शाक्य, प्रदिपराज शाक्य, दिलबहादुर राना, राजकुमार लोहनी, श्रीकृष्ण पोखरेल, अनिल समर खाती रहेका छन् ।

भेलामा संघका केन्द्रीय अध्यक्ष दयाबहादुर सिलवाल, महासचिव दीपक अधिकारी, केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष अशेष सिलवाल लगायतको सहभागितामा संघको पाल्पा शाखा गठन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :