आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबको आयोजनामा दोस्रो वृहत् रक्त दान कार्यक्रम गरेको छ ।
सोमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयोजना गरिएको रक्तदान मा ४१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिए ।

रक्तदान कार्यक्रम लाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेको कामको उच्चप्रंसा गरेका थिए ।

कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली अनि मन्जु दर्जि, दुर्गा माता भवानी मन्दिर का अध्यक्ष सन्तोष सिमाङ्गैडा, क्लवका सल्लाहकारबिर बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा टोल बिकास संस्था,आमा समूहकाअध्यक्ष तथा स्थानीयहरुले रक्तदान गरेका थिए । क्लबका सचिव सार्जन खाती ले क्लबले दोस्रो पटक आयोजना गरेको कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र भैरहवाको सहयोग रहेको जानकारी दिए ।

सम्बन्धित शिर्षक :