शुद्धाेधनमा बृहत रक्तदान सम्पन्न,५२ युनिट रगत संकलन

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.४ फर्साटिकर मा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान जीवनदान’ भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना शुद्धोधन अपाङ्ग संघ,यज्ञविनोद दुध नाथ थारु बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ।

सो बृहत रक्तदान कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले रक्तदान जीवनदान भन्ने मूल नारालाई सार्थक बनाउन तथा रगत अभावका कारण विरामीहरुको अकाल मृत्यु नहोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएकाेमा आयोजकलाई धन्यवाद दिदै ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि चलाएको अभियानलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो।

अपांग संघ शुद्धोधन अध्यक्ष विष्णुबहादुर थापाले संघले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र रगत अभाव हुने समयमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।यस्तै स्ववियु अध्यक्ष महेश चौधरीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरिएको बताउनुभयो।

कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी शुद्धोधन उपशाखा,शुद्धोधन ब्याटमिन्टन क्लब,रोट्याक क्लब अफ तिलोत्तमा,कोब्रा गाइज बुटवल,फर्साटिकर युवा क्लब र जेसिबी शुद्धोधन रहेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :