रक्तदान गरी अरूलाई बचाउने अर्जुन स्ट्याटस लेखेर गरे आत्मदाह

आत्मदाह गर्नुको कारण पारिवारिक तनाव, स्ट्याटसमा साला र पत्नीप्रति गुनासो

स्वास्थ्यसमाचाार/रक्तदाता अर्जुन मैनालीले फेसबुकमा लामो स्ट्याटस लेखेर अमेरिकामा आत्मदाह गरेका छन् । नेपालका काभ्रे घर भएका मैनालीको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा शव फेला परेको जनाइएको छ ।

‘अग्नीको बाटोबाट परलोक जान लागेको’ स्ट्याटस लेखेका मैनालीले शरीरमा आगो लगाएका हुन् ।प्रहरीले जलेको अवस्थामा शव भेट्टाएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।

उनले दुई सय पटकभन्दा बढी रक्तदान गरेर धेरैको जीवन बचाइसकेका छन् । तर, उनी आफैँले लामो जीवन बाँचेनन् ।आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको उनले उल्लेख गरेका छन् । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । उनले स्ट्याटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् ।

मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् ।

यस्तो छ उनको स्ट्याटस

प्यारी श्रीमती तारा,
धेरै धेरै माया !
आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ, शब्द पनि काफी हुँदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ ।

मेरो आफ्नै स्वास्नीको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, नीच, खत्तम परिवारको मानिस, संस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफू असल परिवार र संस्कार भएको उदाहरण पनि दियो ।

त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०ः१५ बजे तिनीहरूका ९–१० बर्षकी छोरी, १३–१४ वर्षका छोरा सहित हाम्रो घरमा आएर गरेको झगडाको दूरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन ।

उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सान बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु ।

छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरो मात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।

गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निको बाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै नै पीडादायी छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शीतल र सुखानुभूति हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरूलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ ।

मेरो दुःखत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता सङ्गठन जस्ता कुरालाई निरन्तरता दिई रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरू रगत अभावले नमरुन् ।

मैले विगत ३६ सम्म गरेका कर्म–धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन् । प्रेरित हुन । अरू के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज विगत १ बर्षदेखिको दुःख सकिँदै छ ।

म, तिमी, छोरा–छोरी (अमुन–अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा–छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्‍यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस् ।

यदि परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिति आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस् । तिम्रो श्रीमान् । ॐ नमः सिवाय !

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात ।।

सम्बन्धित शिर्षक :