सवारी परिक्षण कार्यलय बुटबलको चौथो स्थापना दिवसमा रक्तदान

स्वास्थ्यसमाचार/सवारी परिक्षण कार्यलय बुटबलको चौथो स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम गरेको छ। कार्यलय प्रमुख रोशन कुमार देबका अनुसार २५ जना कर्मचारी तथा अन्य बाट रक्तदान गरि २५प्रीन्ट रगत संकलन भएको बताउनु भयो।

उहाले बुटबलमा यस कार्यलय स्थापना भएदेखि नै रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ।रक्त दातालाई कार्यलय प्रमुख रोशन कुमार देब ले प्रमाणपत्र प्रदान गर्नु भएको शाखा अधिकृत शाबित्रा ज्ञावलीले बताउनु भयो।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी बुटबल शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यलयका नासु नरिश्वर खनालले बताउनु भयो।

सम्बन्धित शिर्षक :