फार्मेसी संघ रुपन्देहीको दोश्रो स्थापना दिवस: ४९ जनाले गरे रक्तदान

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ रुपन्देहीको स्थापना दिवसमा रक्तदान गरिएको छ । संघले  बुटवलमा रक्तदान गरेर स्थापना दिवस मनाएको हो ।

उक्त कार्यक्रममा ४९ जनाले रक्तदान गरेको संघका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक महेश पाण्डेयले जानकारी गराउनु भयो ।सन् २०१५ मा संघको स्थापना भएको थियो भने रुपन्देही जिल्लामा सन् २०२२ मार्च ११ मा जिल्ला कार्यसमिति गठन गरिएको थियो । जिल्ला शाखा गठन भएको दिनलाई स्थापना दिवसको रुपमा मनाइएको हो ।

त्यस अवसरमा संघका केन्द्रीय अध्यक्ष किरण ढकालले हरेक ओषधि पसलमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै फार्मासिष्टको दरवन्दी सिर्जनाको लागि सरकारलाई पनि गम्भीर हुन आग्रह गर्नुभयो ।

संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले पेशागत हकहितका लागि सबै फर्मासिष्टहरुलाई एकजुट हुन आग्रह गर्नुभयो ।त्यस अवसरमा संघका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने, प्रदेश अध्यक्ष गोविन्द तिवारी, मेलानका केन्द्रीय सदस्य गुणानिधी खनाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद भट्टराईले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित शिर्षक :