नेपाल निजामति कर्मचारी संगठनद्धारा रक्तदान ४० युनिट रगत संकलन

स्वस्थ्यसमाचार/नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ११औं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभी इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा केन्द्रीय सचिव विष्णु कुमारी अधिकारीले संगठनले संचालन गर्ने यस्ता कार्यक्रमले जनतासँग ट्रेड युनियन भन्ने नाराले सार्थकता पाइएकोले संगठन यस्ता कार्यक्रम निरन्तर गरिरहन संगठन रुपन्देहीलाई सुझाव दिइन् । केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए ।

नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सचिव सदस्य काशीराम आचार्य र दिपक शर्मा पौडेल, हेभी इक्युपमेन्ट डिभिजन प्रमुख टेकराज बोहरा लगायतले रक्तदानको महत्वको विषयमा आ आफ्नो धारणा राखेका थिए ।

संगठन रुपन्देही अध्यक्ष प्रेम प्रसाद खनाल ले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताएका थिए । उनले सहयोगीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमका संयोजक संगठन रुपन्देहीका सदस्य गुणाखर पाण्डेका अनुसार कार्यक्रममा ४० युनिट रगत संकलन भएको थियो । सचिव जिवन पौडेलका अनुसार संगठन रुपन्देहीले नियमित विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित शिर्षक :