रुपन्देहीमा ४५ कोरोना संक्रमित थपिँदा १०१ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा २सय ९८ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ भने १सय १ जना निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै सैनामैना नगरपालिकामा १७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना, गैडहवा गाउँपालिका, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ७सय १०…

प्रधानमन्त्री केपी ओलीद्वारा रुपन्देहीमा अक्सिजन प्लान्ट शिलान्यास

स्वास्थ्यसमाचार/ रुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमता सहितको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट रुपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलन्यास गरे । शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थय क्षेत्रको विकासमा निजी क्षेत्र समेत सहभागी हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा नीजी क्षेत्रलाई समेत सहभागि बनाउँदै महामारीको समाना गर्न सकिने बताए । आइतबार शिलान्यास भएको उक्त प्लान्टले दैनिक सात हजारवटा ठूला सिलिण्डर अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने शंकर ग्यास…

रुपन्देहीमा निषेधाज्ञा केहि खुकुलो :सवारी साधन सञ्चालनमा रोक

स्वास्थ्यसमाचार /रुपन्देहीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आईतबार बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो । कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यबस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनीधिसंग छलफल गरि उद्योग व्यबसायीहरुको राय सुझावका आधारमा निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरिएको हो । निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालनमा भने रोक लगाईएको छ । सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड १९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही हुने उल्लेख गरिएको छ…

अबको चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिईने :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /मुख्यमन्त्री शंकर पोखरेलले अब आउँदो चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिने बताए्। प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले शिक्षकहरुलाई खोप लगाउनका लागि सरकारले चासो दिएको बताए। पोखरेलले भने बालबालिकाका लागि भने अहिलेसम्म खोप तयार नभएकाले बालबालिकालाई खोप दिने विषयमा केही भन्न नसकिदैन ।मुख्यमन्त्रीले भने स्थानीय सरकारले खोप लगाउँछौं भनेर हल्ला गर्नुको कुनै औचित्य नभएको वताए । खोप व्यवस्थापन गर्ने सम्पूर्ण काम संघ सरकारको हो, उसले नै खोप व्यवस्थापन गर्छ प्रदेश सरकारले समन्वय गर्छ र स्थानीय सरकारले स्थानीय तहमा त्यसको व्यवस्थापन गर्ने हो’ मुख्यमन्त्री पोखरेलले भने ।

रुपन्देहीमा ५८ कोरोना संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३सय १९ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जना निको भएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगर पालिका मा २४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४/४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३/३ जना, ओमसतिया गाउँपालिकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६सय६५ पुगेको छ । जसमध्ये २६…

रुपन्देहीमा ४४ संक्रमित थपिए १४३ मुक्त ,मृतकको संख्या शुन्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । ३सय६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।मृतक संख्या भने शुन्य छ । यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७/७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४सय६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय…

प्रदेशका ११ जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागी स्रोत सुनिश्चितता :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वी रुकुम बाहेक ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि स्रोत सुनिश्चितता भइसकेको बताए । आज प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले तेस्रो लहरको जोखिमलाई ध्यानमा राखेर रुकुम पुर्व बाहेकका अन्य जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चितता भइसकेको वताए । मुख्यमन्त्री पोखरेलले रुकुम पूर्वमा पनि अक्सिजन प्लान्टको स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको वताए। विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेताबनी संगै लुम्बिनी प्रदेश सरकारले त्यसअनुसारको पूर्वतयारीको थालनी गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

रुपन्देहीमा लक्षित समुहका ८२ प्रतिशतले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा लक्षित उमेर समूहका ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार र बुधबार गरि दुईदिनमा लक्षित उमेर समूहका ११ हजार ४ सय ५८ जनाले पहिलो डोज लगाएका हुन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्द्रबाट ६२ देखि ६४ वर्ष उमेर समूहमा ११ हजार ४ सय ८५ जनालाई लाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । ‘जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ११ हजार ४…

बुटवल उपमहानगरमा महामारी विरुद्ध स्वास्थ्य सहायता कक्ष संञ्चालन

स्वास्थ्यसमाचार/कोभिड–१९ को महामारी विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको छ । बुटवल उपमहानगरपालिका र नेपाल स्काउटको सहकार्यमा बुटवलका विभिन्न सार्वजनिक स्थानमा सर्वसाधारण लक्षित स्वास्थ्य सहायता कक्ष सञ्चालन गरिएको हो । उपमहानगर र नेपाल स्काउटको बुटवल उपमहानगर समितिको सहकार्यमा बुटवलको हस्पिटल लाइन, राजमार्ग चौराहा र पारी बुटवल मैनाबगरमा कोरोनाबाट जोगिने सूचना सहितको सचेतना कक्ष सञ्चालनमा आएका छन् । आमसर्वसाधारणको बढि आवागमन हुने तथा जनघनत्व धेरै भएको स्थानलाई लक्षित गरेर स्वास्थ्य सचेतना जगाउने कार्यक्रमसहित सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । आजबाट संचालनमा आएको स्वास्थ्य सहायता कक्षको बुटवल…

कोभिड आइसोलेशन सेन्टरलाई पूर्वमन्त्री शुक्लद्वारा स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्यसमाचार/पूर्वमन्त्री जनता समाजवादी पार्टी नेपाल का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् । पूर्वमन्त्री शुक्लले सेन्टरलाई केएन नाइटीफाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री पीपीई २० थान,डिस्पोजेबल गाउन ४ सय थान, कभरअल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला…