रुपन्देहीमा ४४ संक्रमित थपिए १४३ मुक्त ,मृतकको संख्या शुन्य

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । ३सय६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।मृतक संख्या भने शुन्य छ ।

यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७/७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४सय६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।२४ घण्टाको अवधीमा १सय४३ संक्रमित निको भएसँगै रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार भन्दा कम भएको हो । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ९सय ९२ रहेको छ ।

सम्बन्धित शिर्षक :