रुपन्देहीमा ४५ कोरोना संक्रमित थपिँदा १०१ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा पछिल्लो २४ घण्टामा २सय ९८ जनाको कोरोना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको छ भने १सय १ जना निको भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै सैनामैना नगरपालिकामा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै तिलोत्तमा नगरपालिकामा ९ जना, बुटवल उपमहानगरपालिकामा ५ जना, देवदह नगरपालिकामा ३ जना, सिद्धार्थनगर नगरपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना, गैडहवा गाउँपालिका, ओमसतिया गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ७सय १० पुगेको छ । जसमध्ये २६ हजार ३सय २२ जना निको भएका छन ।हाल जिल्लामा ९सय२० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४सय६८ पुगेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

सम्बन्धित शिर्षक :