लुम्बिनी प्रादेशिक अस्पताललाई १सय थान अक्सिजन कन्सन्ट्रेटर

स्वास्थ्यसमाचार/ मित्र राष्ट्र चिन तथा सिगापुरका परोपकारी संस्थाहरुले स्याङ्पा फाउन्डेशन मार्फत लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई १एक सय थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिडका बिरामीको उपचारमा अक्सिजनको अभावमा भएको भएपछि नेपाल सरकारका पुर्ब मुख्यसचिब एबं चीनका लागि पूर्व राजदूत लीलामणि पौडेलको पहलमा उक्त अक्सिजन कन्सन्ट्रेटर आएका हुन ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले चीनका लागि पूर्व राजदूत लीलामणि पौडेल संग अक्सिजन अन्य उपकरण लगाएका बिभिन्न बिषयमा जानकारी गराएको र पौडेको पहलमा नेपालका लागि सांघाईका कन्सुलेट् महामहिम Mr Jianming Wu लगाएका अन्यको पहलमा अस्पतालका १एक सय थान अक्सिजन कन्सन्ट्रेटर लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई पठाएको खनालले बताए ।

यस्तो बिषयम परिस्थीतीमा लुम्बिनी प्रादेशिक अस्पताललाई सहयोग गर्ने मित्र राष्ट्र चिन तथा सिगापुरका परोपकारी संस्थाहरुलाई अस्पतालका मेसु डा राजेन्द्र  खनालले बिषेश धन्यावाद दिएका छन।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :