प्रधानमन्त्री केपी ओलीद्वारा रुपन्देहीमा अक्सिजन प्लान्ट शिलान्यास

एक अर्वको लगानी १ बर्ष भित्र संञ्चालन, दैनिक ६० टन अक्सिजन उत्पादन हुने

स्वास्थ्यसमाचार/ रुपन्देहीमा दैनिक ६० टन अक्सिजन उत्पादन क्षमता सहितको लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअल माध्यमबाट रुपन्देहीको रोहिणीमा स्थापना गरिएको सो प्लान्टको शिलन्यास गरे ।

शंकर ग्यास उद्योगले निर्माण गर्न लागेको अक्सिजन प्लान्टको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले स्वास्थय क्षेत्रको विकासमा निजी क्षेत्र समेत सहभागी हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा नीजी क्षेत्रलाई समेत सहभागि बनाउँदै महामारीको समाना गर्न सकिने बताए ।

आइतबार शिलान्यास भएको उक्त प्लान्टले दैनिक सात हजारवटा ठूला सिलिण्डर अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने शंकर ग्यास उद्योगका म्यानेजिङ डाइरेक्टर शंकरलाल अग्रवालले बताए ।

‘हामी ठूलो परिमाणमा ग्यास उत्पादन होस् भन्ने हिसावले अघि बढी रहेका छौँ ।’ ,उनले भने । उनले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी काम भैरहेको समेत बताए । ‘हामी एक बर्षमा उत्पादन सुरु गर्ने गरी शिलन्यास गरेका छौँ । लक्ष्य भित्र नै काम हुने हामीलाई विश्वास छ ।’,उनले भने ।

उनले सरकारबाट विद्युत आपूर्तिमा सहयोग पाइएमा प्लान्टले पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने बताए । उत्पादन सुरु भएमा आवश्यक ग्यासको मागलाई धेरै हदसम्म सम्बोधन गर्न सकिने उनको विश्वास छ । प्लान्ट निमार्णका लागि झन्डै एक अर्वको लगानी लाग्ने छ ।

 

सम्बन्धित शिर्षक :