अबको चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिईने :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /मुख्यमन्त्री शंकर पोखरेलले अब आउँदो चरणमा शिक्षकहरुलाई कोरोना विरुद्धको खोप दिने बताए्। प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले शिक्षकहरुलाई खोप लगाउनका लागि सरकारले चासो दिएको बताए।

पोखरेलले भने बालबालिकाका लागि भने अहिलेसम्म खोप तयार नभएकाले बालबालिकालाई खोप दिने विषयमा केही भन्न नसकिदैन ।मुख्यमन्त्रीले भने स्थानीय सरकारले खोप लगाउँछौं भनेर हल्ला गर्नुको कुनै औचित्य नभएको वताए ।

खोप व्यवस्थापन गर्ने सम्पूर्ण काम संघ सरकारको हो, उसले नै खोप व्यवस्थापन गर्छ प्रदेश सरकारले समन्वय गर्छ र स्थानीय सरकारले स्थानीय तहमा त्यसको व्यवस्थापन गर्ने हो’ मुख्यमन्त्री पोखरेलले भने ।

सम्बन्धित शिर्षक :