रुपन्देहीमा लक्षित समुहका ८२ प्रतिशतले लगाए भेरोसेल खोप

स्वास्थ्यसमाचार/ रुपन्देहीमा लक्षित उमेर समूहका ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार र बुधबार गरि दुईदिनमा लक्षित उमेर समूहका ११ हजार ४ सय ५८ जनाले पहिलो डोज लगाएका हुन् ।

जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्द्रबाट ६२ देखि ६४ वर्ष उमेर समूहमा ११ हजार ४ सय ८५ जनालाई लाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

‘जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ११ हजार ४ सय ५८ जनालाई पहिलो डोज भेरोसेल दिइएको छ,’ उनले भने । धेरै पालिकाहरुमा लक्ष्यभन्दा अनुसार नै खोप लगाएको तथ्यांकले देखाएको छ ।

बुटबल उपमहानगरपालिकामा २२ सय ५६ लक्ष्य राखिएकोमा २२सय ६५ जनाले खोप लगाएका छन् । त्यस्तै देवदह नगरपालिकामा ८ सय ५२ जनाले खोप लगाएकाछन् । तिलोत्तमामा १६ सय १५ जनाले खोप लगाएका छन् ।लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८सय २६ जनाले मात्र खोप लगाएका छन् । सैनामैनामा भने लक्ष्यअनुसार नै खोप लगाइएको छ । सैनामैनामा ९ सय १५ जनाले खोप लगाएका छन् ।

सिद्धार्थ नगरपालिकामा ७ सय ९७, गैडहवामा ५ सय ६९, कञ्चनमा ४ सय ७७ कोटहीमाई गाउँपालिकामा २सय ४५, मर्चवारी गाउँपालिकामा ८९, मायादेवी गाउँपालिकामा ५ सय ९६, ओमसतियामा ४ सय ३६, रोहिणीमा ३ सय ८८, सम्मरीमाईमा २सय ४०, सियारी गाउँपालिकामा ६सय ११, शुद्धोधनमा ५ सय ५० गरी जम्मा ११हजार ४ सय ५८ जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका छन ।

रुपन्देहीका केहि पालिकामा भने भोलीपनि खोप संञ्चालन हुने भएको छ रुपन्देहीमा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा । ११ हजार४ सय ५८ लक्षित उमेर समूहले मात्रै खोप लगाएका छन् । खोप खेर जाने दर न्यून रहेको प्रमुख गिरीको भनाइ छ ।

 

सम्बन्धित शिर्षक :