रुपन्देहीमा ५८ कोरोना संक्रमित थपिँदा ६८ डिस्चार्ज, ३ जनाको मृत्यु

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ३सय १९ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जना निको भएका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगर पालिका मा २४ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै तिलोत्तमा नगरपालिकामा १५ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैना नगरपालिकामा ४/४ जना, देवदह नगरपालिका र सियारी गाउँपालिकामा ३/३ जना, ओमसतिया गाउँपालिकाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र शुद्धोधन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ६सय६५ पुगेको छ । जसमध्ये २६ हजार २सय२१ जना निको भएका छन ।हाल जिल्लामा ९सय७९ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६५ पुगेको छ ।

सम्बन्धित शिर्षक :