प्रदेशका ११ जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माणका लागी स्रोत सुनिश्चितता :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वी रुकुम बाहेक ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि स्रोत सुनिश्चितता भइसकेको बताए ।

आज प्रदेश सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले तेस्रो लहरको जोखिमलाई ध्यानमा राखेर रुकुम पुर्व बाहेकका अन्य जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न स्रोत सुनिश्चितता भइसकेको वताए ।

मुख्यमन्त्री पोखरेलले रुकुम पूर्वमा पनि अक्सिजन प्लान्टको स्थापना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भाव्यता अध्ययन गरिरहेको वताए। विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउने चेताबनी संगै लुम्बिनी प्रदेश सरकारले त्यसअनुसारको पूर्वतयारीको थालनी गरेको मुख्यमन्त्री पोखरेलले बताए ।

सम्बन्धित शिर्षक :