स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरलाई नमूना अस्पताल बनानका लागि प्रदेश सरकारकाले कुनै पनि कार्य वाकी नराख्ने बताउनुुभएको छ । मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना भएकाले बजेटका व्यवस्था जसरी भए पनि गर्ने त्यसका लागि भएको जनशक्तिले जनताको सेवामा कुनै कन्जुवाई नगर्न आग्रह गर्नुभयो ।अब भौतिक संरचना कुनै पनि हिसावले कमी हुन नदिने प्रतिवद्धता गर्दै आगामी दिनमा सेवालाई पनि प्रभावकारी रुपमा सञ्चालान गर्न निर्देशन दिर्दै त्यसका लागि सकरात्मक वातावरण सृजना गर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै कार्यक्रममा विशिष्ट अतिथि…
मुख्य समाचार
लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा साउन १देखि टिकट बेड निःशुल्क
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक दाडमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेपछि साउन १ गतेदेखि कार्यान्वयनमा आउन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न वजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । ‘टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’ लुम्विनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।…
नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेशको संयोजकमा बेलवासे
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मि संघ लुम्विनी प्रदेश समिति गठन भएको छ। हालसम्म पनि प्रदेश समिति गठन नभएकोले नेपाल स्वास्थ्यकर्मी संघको बिधान २०५० (संसोधित तथा परिमार्जित २०७५)को ब्यबस्था अनुसार लुम्विनी प्रदेश समिति गठन गरिएको छ। समितिमा नमनारायण बेलवासे हरि आचार्य, जिवन राना,मोती प्रसाद पौडेल,केदारनाथ साह विद्याधर पान्डे र हिमा मरासिनी लाई नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रदेश समितिमा मनोनयन गरिएको छ। संयोजकमा नमनारायण बेलवासे लाई चयन गरिएको नेपाल स्वास्थ्यकर्मि संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरे ले बताए।
साउन १ बाट कोभिड–१९ का लागि करारमा लिइएका सबै स्वास्थ्यकर्मी हटाइने
स्वास्थ्यसमाचार/ सरकारले कोभिड (१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड(१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार सचिवद्वय देवकुमारी गुरागाई र डा रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले उक्त निर्णय गरेको हो। कोभिड(१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड(१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने, निर्णयमा भनिएको छ। यस्तै काठमाडौं उपत्यकामा कोभिड(१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल…
लुम्बिनी प्रदेशमा अव रगत पुर्ण निशुल्क
स्वास्थ्यसमाचार /सरकारी अस्पतालमा सेवा लिने विरामीहरुका लागि अब रगत सम्वन्धीसबै सेवा शुल्क निशुल्क हुने भएको छ । २०७९ साउन १ गतेदेखि लागु हुनेगरिप्रदेश सरकारले विरामीका लागि आवश्यक पर्ने रगतमा लाग्ने सबै सेवा शुल्कनिशुल्क गरेको हो । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलमारहेको रक्तसंचार केन्द्रका विच रगतका लागि लाग्ने सबै सेवा शुल्क निशुल्क गर्ने सहमति भएको हो ।अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकाल र रक्तसंचारकेन्द्रका तर्फबाट संयोजक कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेकाथिए । साउन १ गतेदेखि अस्पतालको सिफारिसमा रक्तसंचार केन्द्रले कुनै पनिसेवा शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो…
बुटवल उपमहानगर नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा
स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरेको जानकारी गराएका थिए ।बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत सेवा प्रदान गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए ।…
एकै दिन १६८ जनामा कोरोना संक्रमण, ७७० सक्रिय संक्रमित
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन सम्बन्धि तालिम सुरु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन भैरहेको छ। प्रदेश स्वास्थ्य तालिमकेन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोश्रो र तेश्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिईएको छ। बर्षायाम संगै मनसुन सुरु भएसंगै सर्पले टोक्ने संभाबना बढी भएकोले स्वास्थ्यकर्मिहरुलाई उक्त तालिम दिईएको छ।सर्पले टोकेका बिरामीहरुलाई उपचार गर्न सहजहोस भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी बताए। लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरु सहभागी रहेको तालिमको लुम्बिनी प्रादेशीक अस्पताल एनेस्थेसियाको नेतृत्वमा तालिम संञ्चालन भएको अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेलले बताईन। नर्सिड प्रमुख पौडेलका अनुसार अस्पतालमा सुरक्षित गर्भपतन सेवा (…
थप १०२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६०५
स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ५३९ पीसीआर र १ हजार ७६ जनाको एन्टीजेन परीक्षणका क्रममा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा ३१ जना संक्रमित निको भएका छन्। देशभर हाल ६०५ जना सक्रिय संक्रमित छन्।
भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट केन्द्रीय अस्पताल
स्वास्थ्यसमाचार/ भेरी अस्पताल देशभरकै उत्कृष्ट केन्द्रीय अस्पताल दरिएको छ । सरकारले अस्पतालको गुणस्तर सुधारका लागि तय गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस)मा ६७ अंक ल्याउँदैं भेरी अस्पताल उत्कृष्ट संघीय अस्पतालमा बन्न सफल भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको केन्द्रीय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा भेरी अस्पताल उत्कृष्ट भएको हो । मन्त्रालयले न्यूनतम सेवा मापदण्ड मुल्यांकन सार्वजनिक गरेको हो । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा। वीरेन्द्रबहादुर चन्दले अस्पताल सेवा सुधार, कमजोरी हटाउन भएका प्रयास र सेवा विस्तारजस्ता कारण संघीय अस्पतालहरुमा भेरी उत्कृष्ट बन्न सफल भएको बताए । ‘यो हामी सबैको टिमवर्क…