लुम्बिनी प्रादेशिक अस्पतालमा सर्पदंस व्यवस्थापन सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सर्पदंस व्यवस्थापन तालिम संञ्चालन भैरहेको छ। प्रदेश स्वास्थ्य तालिमकेन्द्रको आयोजनामा अस्पतालमा पहिलो दोश्रो र तेश्रो टोलीलाई सर्पदंस व्यवस्थापन तालिम दिईएको छ।

बर्षायाम संगै मनसुन सुरु भएसंगै सर्पले टोक्ने संभाबना बढी भएकोले स्वास्थ्यकर्मिहरुलाई उक्त तालिम दिईएको छ।सर्पले टोकेका बिरामीहरुलाई उपचार गर्न सहजहोस भन्ने उद्येश्यले तालिम आयोजना गरिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी बताए।

लुम्बिनी प्रदेशका १२ जिल्लाका स्वास्थ्यकर्मीहरु सहभागी रहेको तालिमको लुम्बिनी प्रादेशीक अस्पताल एनेस्थेसियाको नेतृत्वमा तालिम संञ्चालन भएको अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेलले बताईन।

नर्सिड प्रमुख पौडेलका अनुसार अस्पतालमा सुरक्षित गर्भपतन सेवा ( एसबिए)र (Sas Ma) नवजात शिशु(FB Imnic Medicalegal) तालिममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाल, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरी लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड प्रमुख ज्योति पौडेल लगायतको सहभागीता रहेको थियो।

 

सम्बन्धित शिर्षक :