शिक्षित वर्गका महिलाहरुले नै गराउन पाउँदैनन् पुर्ण स्तनपान

“स्वच्छ र सुन्दर संसार स्तनपान एकमात्र आधार” भन्ने मुल नाराका साथ स्तनपान सप्ताह आज मिति २०२० अगष्ट १ बाट अगष्ट ७ सम्मका लागी सुरु भएको छ । यो स्तनपान सप्ताह विश्वभरि मनाउने गरिन्छ । जसको मुल उदेश्य स्तनपान प्रवर्धन तथा संरक्षण गर्नु हो । स्तनपान सप्ताह सन १९९२ देखि हरेक वर्ष विश्वब्यापी रुपमा विभिन्न क्रिर्याकलापका साथ मनाउने गरिन्छ । आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमा सवैभन्दा वढि प्रचलित छ । तर के हाम्रो आजको आधुनिक समाजमा आधारभुत मापदण्ड पुरा गरेर अमृतको सेवन गराइन्छ त ? यसको…

बुटवलमा सुत्केरी र जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार /कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपमहानगर पालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण सुचारु गरेको छ । लकडाउन (बन्दाबन्दी) मा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो । बुटवलले आव ०७५/७६ देखि नै मुलुककै नमुना कार्यक्रमका रुपमा उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो । बुटवलले मुलुकमै पहिलोपटक सुरु गरेका मेयर युवा इलम कार्यक्रम, महिला उद्यमशिलता विकास कार्यक्रम संगै उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम अर्को नमुना र…

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

स्वास्थ्यसमाचार /सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८ वर्षको बजेट सार्वजनिक गर्दै सो मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ। सरकारले उनीहरुहरुलाई स्वास्थ्य बिमा समेत गराई दिएको छ ।

जनउत्थानले सुत्केरी र जेष्ठनागरीक शेयरसदस्यको कोरोना बीमा गर्ने

स्वास्थ्यसमाचार/   जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीले ७० वर्ष कटेका र सुत्केरी भएका शेयर सदस्यलाई कोरोना बीमा गर्ने भएको छ । संस्थामा आबद्ध सदस्यहरुलाई कोरोना भाइरस संक्रमणको पुष्टी भए त्यसबाट हुने समस्याबाट केही राहत होस्भ न्ने उद्देश्यले एक लाखको कोरोना बीमा गरिने जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । “सुत्केरी भएको ४२ दिन भित्रका तथा ७० वर्ष कटेका शेयर सदस्यले कोरोना बीमा गर्न रु. ३ सय तिर्नुपर्नेछ र संस्थाले पनि रु. ३ सय बेहोर्नेछ, पौडयालले भनिन् ।”बीमाको लागि यही जेठ ११ गते…

रुपन्देहीमा १२ जना कोरोना संक्रमित थपिए ,९ जना एउटैपरिवारका

स्वास्थ्यसमाचार / रुपन्देहीका १२ संक्रमित लुकेर नेपाल प्रवेश गरेको खुलेको छ । आज पुष्टि भएकाहरूमध्ये १० जना गैडहवा गाउँपालिकाका हुन् । बाँकी २ जनाको भने ठेगाना खुल्न सकेको छैन । उनीरूहको भीम अस्पतालमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित सबै ५ देखि ७ दिनको बीचमा भारतबाट लुकेर नेपाल प्रवेश गरेको बताए । उनीहरूको बाँकी कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको उनको भनाई छ । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाले तयार गरेको जोगडा माविको क्वारेन्टाइनमा रहेकामध्ये १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । ४० जनाको परीक्षण पठाएकोमा…

अस्पताललाई ओपिडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई ओपिडी सेवा सञ्चालन गर्नको लागि निर्देशन दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सबै अस्पतालले ओपिडी सेवा सञ्चालन गर्नेको लागि आग्रह गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ओपिडी सेवा अवरुद्द भएको छ । धेरै लामो समयदेखि सर्वसाधारणले आवश्यक सेवा बाट बञ्चित भइरहेको भन्दै डा। देवकोटाले संक्रमण रोग नियन्त्रणका सावधानी र सुरक्षा अपनाएर अस्तालहरुमा ओपिडी सेवा सूचारु गर्ने आग्रह गरे । ‘नन कोभिडका बिरामीलाई जनस्वास्थ्यका हिसाबले पाउनु पर्ने सबै सेवाहरु पाउनु पर्ने हुन्छ,‘ डा देवकोटाले भने,‘ संक्रमण रोग…

पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि…

लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने

स्वास्थ्यसमाचार/ लकडाउनको अवस्थामा नियमित खोप सेवा सञ्चालन हुने भएको छ ।स्वास्थ्य सेवा विभागले पत्र पठाएर ७ वटै प्रदेश स्वास्थ्य निर्देशनलाय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला स्वास्थ्य कार्यलयलाई मार्गदर्शनमा व्यवस्था भएअनुसार नियमित खोप सेवा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ । विभागले खोप सेवा सञ्चालन मार्गदर्शनअनुसार नियमित खोप सुचारु गर्न व्यवस्था गर्न भनेको छ । मार्गदर्शनमा सामाजिक दूरी कायम गर्ने, बच्चालाई खोप दिन हुने नहुने अवस्थाको पहिचान गर्ने, खोप दिने स्वास्थ्यकर्मी व्यक्तिगत सुरक्षाको व्यवस्था कुरा समेटिएका छन् । यस्तै, उक्त मार्गदर्शनमा लक्षितसबैबालबालिकालाई खोप लगाउने व्यवस्था गर्ने, खोप सेवा…

स्त्री तथा प्रशुती रोगका बिरामी ईर्मेजेन्सीमात्र आउनुस

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल बुटबल स्त्री तथा प्रशुती रोग बिभागले आपतकालीन अबस्थाका बाहेक अन्य कुनैपनि बिरामी चेक जाच नगर्ने जनाएको छ । आज एक बिज्ञेप्ती जारी गरि बिश्वमा महामारीको रुपमा फैलीएको कोरोना भाईरस लाई थप फैलीन नदिन आफु पनि बच्न र अरुलाई पनि बचाउनको लागी बाट बच्न को लागी स्त्री तथा प्रशुती रोगका ईर्मेजेन्सी बिरामी बाहेक अरु चेक जाच नगर्ने बिज्ञेप्तीमार्फत जानकारी गराएका छन । अस्पतालमा अहिले पनि दैनीक ५० भन्दा बढी बिरामी आउने गरेका स्त्री तथा प्रशुती रोग बिषेशज्ञ डा अनुपा थापाले बताईन ।ओपीडि बन्दभएपछि ईर्मेजेन्सी नभएका समेत यता…

कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वयंसेविका परिचालन गर्ने

स्वास्थ्यसमाचार/ कोरोनाविरुद्धको अभियानमा सरकारले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।