शिक्षित वर्गका महिलाहरुले नै गराउन पाउँदैनन् पुर्ण स्तनपान

स्वच्छ र सुन्दर संसार

स्तनपान एकमात्र आधार

भन्ने मुल नाराका साथ स्तनपान सप्ताह आज मिति २०२० अगष्ट १ बाट अगष्ट ७ सम्मका लागी सुरु भएको छ । यो स्तनपान सप्ताह विश्वभरि मनाउने गरिन्छ । जसको मुल उदेश्य स्तनपान प्रवर्धन तथा संरक्षण गर्नु हो । स्तनपान सप्ताह सन १९९२ देखि हरेक वर्ष विश्वब्यापी रुपमा विभिन्न क्रिर्याकलापका साथ मनाउने गरिन्छ ।

आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमा सवैभन्दा वढि प्रचलित छ । तर के हाम्रो आजको आधुनिक समाजमा आधारभुत मापदण्ड पुरा गरेर अमृतको सेवन गराइन्छ त ? यसको उत्तर प्रत्येक ब्यत्ति  , घर परिवार र समाज संग हुन अत्यावश्यक छ । स्तनपान गर्न पाउनु नवजात शिशुको जन्मशिद अधिकार हो । के हामी सवैले यो अधिकार आफनो शिशुलाइ प्रदान गरेका छौ त ? मनन गर्न योग्य प्रश्न उठन सक्छ ।

स्तनपान के हो ?

सामान्यतया शिशुलाइ आफनै आमाको दुध चुसाउनु स्तनपान हो स्तनपानको दुइवटा मुलभुत मापदण्ड छन ।

१ प्रारम्भिक स्तनपान                    २ पुर्ण स्तनपान

प्रारम्भिक स्तनपान:  प्रारम्भिक स्तनपान भन्नाले शिशु जन्मेको एक घण्टा भित्र आमाको दुध ख्वाउन सुरु गर्नु हो, यसो गर्नाले शिशुले दुध चुस्ने क्षमता प्राप्त गर्दछ ,शिशुको शरिरमा ग्लकोजको कमि हुनबाट बचाउछ, साथै बच्चा जन्मेदेखि केही दिन सम्म आउने पहेलो प्रकारको बिगौती दुधमा रोग संग लड्न सक्ने प्रतिरक्षा क्षमता( एन्टिबडि) धेरै हुने भएकोले बच्चालाइ रोग लाग्नबाट समेत बचाउने हुदा यसलाइ शिशुको पहिलो प्राकृतिक खोप पनि भनिन्छ ।

पूर्ण स्तनपान:  शिशु जन्मे देखि ६ महिना सम्म आमाको दुधमात्र ख्वाउनु नै पूर्ण स्तनपान हो,शिशुको लागी आवश्यक पर्ने पानी, मिनिरल्स, ग्लोकोज तथा अन्य भिटामिन र रोगप्रतिरक्षात्मक तत्व समेत आमाको दुधमा नै प्रायाप्त हुने भएकोले अन्य कुनै पनि किसिमको थप खाना ख्वाउन आवश्यक हुदैन ।

यसरी ६ महिना सम्म स्तनपान गराउदा शिशुहरुको  शारिरिक र मानिसक वृदि र विकासका लागी सहयोग पुग्दछ।पूर्ण स्तनपान गराएका बच्चाहरुको दिमागी क्षमता अन्यबच्चा भन्दा तिक्ष्ण हुने हुन्छ, संक्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाईदा भएकोले स्तनपान अमृत समान हुन पुगेको छ ।

दृर्घकालिक रुपमा बच्चाको मृत्युदर घटाउन समेत स्तनपानको भुमिका रहेको छ । शिशु ६ महिना पुग्ना साथ आमाको दुधका साथ साथै पोषिलो थप आहार ख्वाउन थाल्नु पर्दछ र कम्तिमा दुई वर्ष सम्म थप आहारका साथ स्तनपानलाइ पनि निरन्तरता दिनु पर्दछ ।

स्तनपान सम्बन्धी कानुनी ब्यवस्था

  • सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसुति बिदाको अधिकार भित्र नवजात शिशुलाई स्तनपान प्रर्बधन र सहजिकरणको लागि अन्ठानब्बे दिन पूर्ण तलबि बिदाको व्यवश्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाह अनुसार बढिमा एक वर्ष सम्म वेतलबि बिदा पाउने अधिकारको व्यवश्था गरेको छ ।
  • सबै प्रकारको सरकारि, गैर सरकारि वा निजि संघ संस्थाले आफ्नो कार्यलयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्ष सम्म कार्यलय समयमा आमाको दुध खुवाउनको लागि आवश्यक व्यवश्था मिलाउनु पर्ने उल्लेख छ ।
  • हरेक कार्यलय, स्कुल,बस पार्कर एयरपोर्ट जस्ता स्थानमा छुट्टै स्तनपान कक्ष हुनु पर्ने व्यवश्था गरेको छ ।
  • स्तनपान नवजात शिशुको लागि नैसर्गिक अधिकारको रुपमा परिभाषित गरिएको छ ।
  • स्तनपानलाई /आमाको दुधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारि खाना / बस्तु बिक्रि वितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरु ।
  • प्रसुति गृह वा अस्पतालहरुमा प्रारम्भिक स्तनपानलाई प्रवर्धन तथा स्तापित गर्न मातृ शिशु मैत्रि कक्षको व्यवश्था गर्नु पर्ने छ ।

वर्तमान अवश्थामा स्तनपानको स्तिथि

नेशनल डेमोग्राफिक हेल्थ सर्वे २०१६ अनुसार शिशु जन्मेको १ घण्टा भित्र स्तनपान गराउने आमाहरुको संख्या ५५ प्रतिशत मात्र छ भने पूर्ण स्तापान गराउने आमाहरु ६६ प्रतिशत छन । त्यस्तै गरेर ६ महिना पुरा भएका बच्चाहरुलाई स्तनपानको साथमा समयमै मापदण्ड अनुरुप थप खानाको शुरु गर्ने आमाहरुको संख्या जम्मा ३६ प्रतिशत मात्र छ ।

रुपन्देहि जिल्लाको बिभिन्न सरकारि तथा निजि विधालयहरुमा गरेको नमुना सर्वेक्षणमा महिला शिक्षकहरुले दिएको तथ्याङ्क अनुसार २८ प्रतिशतले मात्र पूर्ण स्तनपान गराउन सफल रहेका छन भने सोहि संख्याले मात्रै २ वर्ष सम्म थप खानाको साथमा स्तनपान गराएको पाईएको छ । यो नमुना सर्वेक्षणमा सहभागि महिला शिक्षकहरु मध्य ५० प्रतिशतले स्नातक तह सम्म अध्ययन पुरा गरेका छन ।

उल्लेखित प्रतिनिधि तथ्याङ्कले दर्शाएको वर्तमान स्थितिको कारणको खोजी गर्दा अशिक्षा, गरिबि, ऐन, कानुन र नियमावलिको अभावले स्तनपानलाई कुनै असर परेको देखिदैन् । सबै आमाहरुले आफ्नो बच्चाको स्वास्थ्य र निरोगितालाई ध्यान दिने चाहना भएको तर पुरा गर्न नसकेको अवश्था उल्लेख गर्नु भएकोछ ।

पूर्ण स्तनपान प्रवर्धन र स्तापित हुन नसक्नुको कारण

  • कानुनि प्रावधानको कार्यान्वयन पक्ष फितलो हुनु ।
  • कार्यलय वा अन्य स्थानमा छुट्टै स्तनपान कक्षको व्यवश्था नहुनु वा महिला कर्मचारिहरुलाई स्तनपान गराउने समयको व्यवश्था नगरिनु ।
  • प्रसुति बिदा कम दिनु (३० दिन देखि ९८ दिन सम्म मात्र दिएको पाईएको)
  • परम्परागत धारणा समाजमा रहिरहनु ।

आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमासाप्ताहिक दिवश मनाउनको लागि मात्र नभएर प्रत्यक आमा र शिशुको स्वास्थ्य स्तर माथि उक्काशन ३६५ दिन नै कार्यन्वयनमा लागु गर्नुको विकल्प छैन

सस्मिता खत्री जनस्वास्थ्य बिज्ञ हुन ।

सम्बन्धित शिर्षक :