स्वास्थ्यसमाचार /नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरी महिलाको उद्धार गरी क्वारेन्टीनमा राखिएको छ । रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जि ३ दिनदेखि सुनौली नाकामा अलपत्र परेकिथिईन। भारतको गाजियाबादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि सुनौलीमा रहेकि थिईन । उनलार्ई तिलोत्तमा नगरपालीकाले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा उद्धार गरेको नगर प्रमुख बासुदेब घिमिरेले बताए । सुत्केरी महिलालाई सोमबार देखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाएका थिए । सुत्केरी महिला संगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षिय छोरालाई समेत नेपाल प्रबेश…
महिला स्वास्थ्य
तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…
प्रदेश पाँच :मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण विशेष कार्यक्रम संचालन हुने
स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो ईक्वीपमेन्ट सहितको दक्ष जनशक्तियुक्त बनाउनकालागि बिशेष कार्यक्रम सुरु गर्न लागेको हो । बुधबार सामाजिक बिकास मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि संघीय सरकारले प्रदान गरेको प्राप्त १० करोड रुपैंया बिशेष अनुदानबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीका लागि एसबिए…
स्वास्थ्य कार्यालय अर्घाखाचीको आयोजनामा अन्तराट्रिय श्रमिक महिला दिबस मनाईयो
स्वास्थ्यसमाचार /जिल्ला स्वास्थ्य कार्यालय अर्घाँखाँचीको आयोजनामा १सय १० औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईयो ।समानताको पुस्ताःअन्त्य गरौँ हिँसा,विभेद र असमानता भन्ने मूख्य नाराका साथ अन्र्तरकृया गरी मनाईएको हो। कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख राजनैतिक संघ संगठनका महिलाहरुको सहभागिता रहेको थियो। अन्र्तरकृयामा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुष्पा थापा ले महिलाहरुको आत्म सम्मानको रक्षा हुनु,सद्भाव,समान व्यवहार,महिला हकहित र अधिकारका लागी आफुले आफुलाई मायाँ,अवसर प्रदान गर्नु पर्ने बताईन । थापाले आफुलाई शारिरीक,मानसिक,सामाजिक तथा संवेगात्मक रुपमा स्वस्थ राख्न आवश्यक रहेको बताईन ।कार्यक्रममा डा.आयुष्मा भुसालले वास्तबिकता बताउदै म यस्तो आमा हुँ जसले आफ्नो छोरीलाई…
तिलोत्तमामा गर्भवतीसँग उप–प्रमुख पोषण कार्यक्रम सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवद्र्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताईन । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ । शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको…
सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड
स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…
लुम्बिनी प्रादेशिक अस्पतालद्वारा बिरामीलाई फलफुल बितरण
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले आफ्नो १ सय १०औं वार्षिक उत्सव कार्यक्रमलाइ निरन्तरता दिएको छ । अस्पतालको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेको छ । फागुन ९ गतेदेखी १५ गतेसम्म मनाउन लागेको कार्यक्रम अन्तरगत आज अस्पतालका भर्ना भएका बिरामीहरुलाइ फलफुल बितरण गरिएको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । उनले अस्पतालमा भर्ना भएका करिव ३ सय बिरामीलाई फलफुल बितरण गरिएको बताए । सप्ताहव्यापी कार्यक्रमको सुरुमा अस्पताल परिसमा सरसफाई, दोश्रो दिन फुटबल र तेश्रो दिन अस्पतालमा फलफुल वितरण गरि सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिएको पनि अस्पतालका नर्सिड…
शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ
स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए । पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए । लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए । अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई…
दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…
बुटबल उपमहानगरद्धारा सुत्केरीलाई पोषणसंगै भत्ता
स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ । उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आइतबार बुटवल(१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको हो । उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो । त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र…

