रुपन्देहीमा १२ जना कोरोना संक्रमित थपिए ,९ जना एउटैपरिवारका

जिल्लामा अहिलेसम्म ३९ जनामा कोरोना संक्रमिते १ जना निको

स्वास्थ्यसमाचार / रुपन्देहीका १२ संक्रमित लुकेर नेपाल प्रवेश गरेको खुलेको छ । आज पुष्टि भएकाहरूमध्ये १० जना गैडहवा गाउँपालिकाका हुन् । बाँकी २ जनाको भने ठेगाना खुल्न सकेको छैन । उनीरूहको भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित सबै ५ देखि ७ दिनको बीचमा भारतबाट लुकेर नेपाल प्रवेश गरेको बताए । उनीहरूको बाँकी कन्ट्रयाक्ट ट्रेसिङ भइरहेको उनको भनाई छ ।

गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकाले तयार गरेको जोगडा माविको क्वारेन्टाइनमा रहेकामध्ये १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । ४० जनाको परीक्षण पठाएकोमा १० जनाको रिपोर्ट पोजिटिभ आएको उनले बताए ।

१ हप्ताअघि मुम्बईबाट नेपाल आएका उनीहरू एउटै वडाकासमेत हुन् । १ जना बाहेक ९ जना एउटै परिवारका रहेको गाउँपालिका अध्यक्ष केवटले बताए ।

नेपाल प्रवेश गरेर आउनासाथ उनीरूलाई क्वारेन्टाइनमा राखिएको थियो । यो सँगै रुपन्देहीमा संक्रमितको संख्या २८ पुगेको छ । यसअघि संक्रमित पनि भारतबाटै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना गरेर २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

सम्बन्धित शिर्षक :