टाइफाइडविरुद्धको खोप लगाएपछि कस्ता असर देखिन्छन: यि व्यक्तिले लगाउनु हुँदैन?

स्वास्थ्यसमाचार/ सरकारले यही चैत २५ देखि वैशाख १८ सम्म सरकारले पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ। यो अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइन्छ। टाइफाइड अर्थात् म्यादे ज्वरो ज्यानै जोखिममा पार्नसक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको। जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ। यो रोग लाग्दा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता लक्षण…

तिलोत्तमाद्धारा उत्कृष्ट स्वास्थ्यकर्मि,स्वास्थ्य संस्था र स्वयम सेविकालाई सम्मान

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरभित्र कोरोना रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे बापत १६बटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मि, स्वास्थ्य संस्था उत्कृष्ट स्वास्थ्यकर्मि र १७६ स्वास्थ्यस्वयम सेविकालाई पुरस्कार तथा सम्मान गरेको छ। नगरपालिकामा आयोजीत एक कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरे ,उपप्रमुख जगेस्वरी देभी चौधरी,प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले उनीहरुलाई पुरस्कार तथा सम्मान गरेका हुन । कोरोना महामारीमा रोकथाम ,उपचार तथा ब्यबस्थापन मा उत्कृष्ट कार्य गरे पुरस्कार तथा सम्मान गरेको नगरपालिका का प्रशासकीय अधिकृत जीवन ज्ञवालीले वताए । उत्कृष्ट स्वास्थ्यकर्मि केशव भट्टराई र उत्कृष्ट स्वास्थ्य संस्था सेमराबजार स्वास्थ्य चौकी रहेको छ। नगरपालिकाले…

धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु

स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको छ । सेवाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले उद्घाटन गरे । केन्द्रमा भिडियो एक्सरे सेवा नहुँदै बिरामीहरु सेवा लिनको लागि तम्घास वा पाल्पा जानुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई अन्त्य गर्नको लागि प्राथमिक स्वास्थ्य केन्द्रले सेवाको सुरुवात गरेको हो । कार्यक्रमकै अवसरमा पाँच आधुनिक साधनहरुको उपलब्धता सुनिश्चितता कार्यक्रम पनि सम्पन्न गरिएको छ । उक्त कार्यक्रमअन्तरगत केन्द्रमा कण्डम, पिल्स, डिपो, इम्प्लान्ट र आयुसिडी गरी पाँचवटा परिवार नियोजनका साधनहरु उपलब्ध गराइने भएको छ । उक्त साधनमध्ये इम्लान्टको…

दुर्गम जाने डाक्टरलाई लुम्बिनी प्रदेश सरकारले अतिरिक्त सुविधा दिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका दुर्गम तथा पहाडी जिल्लाका अस्पतालमा चिकित्सकहरुको चरम अभाव भएपछि स्वास्थ्य, जनसङख्या तथा परिवार कल्याण मन्त्रालयले अतिरिक्त सुविधा दिएर पठाउने प्रस्ताव गरेको छ। यस सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी प्रदेश सरकार मन्त्रीपरिषदमा स्विकृतिको लागि प्रस्ताव पेश गरिएको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका शाखा अधिकृत कृष्ण प्रसाद पराजुलीले बताए । चिकित्सकहरु शहर केन्द्रित भए गाउँमा जान नमानेपछि स्वास्थ्य मन्त्रालयलले यस्तो बिषेश ब्यबस्था ल्याएको पराजुलीले बताए । प्रदेश अन्तर्गतका प्रादेशिक अस्पताल तथा प्रदेशभित्र सञ्चालित मेडिकल कलेजमा कार्यरत विशेषज्ञ चिकित्सक लाई दुर्गम तथा विशेषज्ञ चिकित्सक नभएको अस्पतालमा परिचालन गरी प्रदेशको स्वास्थ्य सेवालाई…

लुम्बिनी प्रदेशमा ७७ स्वास्थ्यकर्मीलाई रोजगारी खुल्यो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा विभिन्न पदमा ७७ जना स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर खुलेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा विभिन्न ६ पदमा ७७ कर्मचारी नियुक्त गर्न भन्दै सूचना निकालेको हो। सूचना अनुसार लुम्बिनी प्रदेशका निर्धारित स्थानमा कामकाज गर्ने गरी हाललाई तीन महिनाका लागि कर्मचारी माग गरिएको हो। जसमा मेडिकल ल्याब टेक्नोलोजिष्ट १, जनस्वास्थ्य निरीक्षक २०, हेल्थ असिस्टेन्ट २५, प्रयोगशाला सहायक २५, हेल्थ असिस्टेन्ट सहायक पाँचौं ३ र स्टाफ नर्स ३ गरी ७७ जनाका लागि आवेदन माग गरिएको छ।

बिरामीलाई सजिलो बनाउन गुल्मी जिल्ला अस्पतालमा टोकन प्रणाली

वासुदेव पोखरेल स्वास्थ्यसमाचार जिल्ला अस्पताल गुल्मीमा टोकन प्रणाली शुरु भएको छ । बिरामीलाई टिकन काट्न लामो समय सम्म लाइन बस्नुपर्ने समस्या अन्त्य गर्न अस्पतालले टोकन प्रणाली शुरु गरेको हो । अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले आफ्नो पदभार ग्रहण गर्दै आइतबार टोकन प्रणालीको शुरुवात गरे । टोकन प्रणाली शुरु भएपछि अस्पतालको बहिरंग बिभागमा आएका बिरामीले टिकट काट्न र डक्टरलाई जा“च गराउन लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली शुरु गरीएको बताए । टोकन प्रणालीका कारण लाइनमा बस्नु पर्ने बाध्यता हटेपछि विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएकाहरु तथा असक्त,…

शुद्धोधनमा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर ६२५स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्धोधन गाउपालिका वडा न.२ भुजौली स्थित ख बनगाई स्वास्थ्य चौकीमा एक दिवसीय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौको आयोजना र शुद्धोधन गाउपालिकाको सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खांणले उक्त शिविरको एक कार्यक्रमका बीच उदघाटन गर्नु भयो ।सो अवसरमा उहाले गाउपालिकाको समग्र विकासको लागि आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रहरी अस्पतालले गरेको निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञहरु लाइ धन्यवाद दिदै सरकारको अहिले कोभिडको प्रकोपबाट नेपाली बासिन्दालाई मध्यनजर गरि विभिन्न स्थानहरूमा शिविर सञ्चालन गरेको बताउनुभयो ।खांणले…

मर्चवारी गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा सार्वजनिक

स्वास्थ्यसमाचार/ मर्चवारी गाउँपालिका कोरोना विरुद्धको खोप अभियानमा पुर्ण खोप घोषणा भएको छ । गाउँपालिकामा रहेका ३६ हजार जनालाई खोप लगाईएको सुनिश्चितता भएपछि पुर्ण खोप घोषणा गरिएको हो । रायपुर प्राथमिक उपचार केन्द्रमा कार्यक्रमको आयोजना गरि पुर्ण खोप घोषणा गरेको हो ।पुर्ण खोप घोषणामा बोल्दै रुपन्देहीका प्रमुख रिषिराम तिवारीले छोटो समयमा मर्चवारी गाउँपालिकाले पुर्ण खोप घोषणा गरेर नेपालमा पहिलो गाउँपालिका पुर्ण खोपको रुपमा चिनाउन सफल भएको बताए । रुपन्देही पहिलोपटक खोप लगाउँदा देखिएको चुनौतीले गर्दा पुर्ण खोप घोषणा गर्न २ आर्थिक वर्ष लाग्ने आंकलन गरेपनि ९–१० महिना भित्र नै पुर्ण खोप…

लुम्बिनी प्रदेशमा सिकलसेल एनिमियाका विरामीको संख्या बढदो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा सिकलसेल एनिमिया विरामीको संख्या वढदो अबस्थामा रहेको छ।नेपालमा सिकलसेल एनिमियाका रोगी ४ हजार रहेको र त्यसमा ७५ प्रतिशत अर्थात ३ हजार लुम्बिनी प्रदेशमा रहेका छन। लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलेको आयोजनामा गरेकोे सिकलसेल एनिमिया तथा थालासेमिया रोग सम्बन्धि कार्यशाला गोष्ठी मा उक्त कुरा बताईएको हो।कार्यशाला गोष्ठीको एक समारोहका विच लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रि ईन्द्र जित थारुले उदघाटन गरे ।उद्घाटन समारोहमा बोल्दै मन्त्री थारुले यो रोगको लागी दिर्घकालिन रुपमा समाधान खोजेर अघिबढनु पर्ने बताए । उनले निति बनेपनि कार्यन्यन पक्ष फितलो…

गुल्मी जिल्ला अस्पतालमा विशेषज्ञ सल्य चिकित्सा सेवा संञ्चालन हुने

स्वास्थ्यसमाचार/ गुल्मी जिल्ला अस्पतालमा बिशेषज्ञ सल्य चिकित्सासेवा संञ्चालन हुने भएको छ। आज स्वास्थ्य जनसंख्या मन्त्रालय जिल्ला अस्पताल गुल्मी र लुम्बिनी मेडिकल कलेज पाल्पा बिच त्रिपक्षीय सम्झौता भएको हो। संघिय स्वास्थ्य मन्त्रालयको तर्फवाट प्रमुख विशेषज्ञ डा गुणराज लोहोनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सचिब डा विकास देबकोटा र गुल्मी जिल्ला अस्पतालबाट डा उत्तम पाच्य र लुम्बिनी मेडिकल कलेजप्रवास पाल्पाबाट गोपाल बहादुर पोखरेलले स्याटेलाइट सर्जिकल सेवा समन्धीपत्रमा हस्तास्क्षर गरेका छन। सरकारले मेडिकलकलेजले स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिशेषज्ञ सल्य चिकित्सासेवा उपलब्ध गराउने समन्धी कार्यबिधी २०७८ अनुसारसम्झौता भएको छ।अब जिल्ला अस्पताल तम्घासमा लुम्बिनी मेडिकलकलेज का बिशेषज्ञ…