कपिलबस्तुको कृष्णनगरमा झाडापखला २ सय बिरामी २ को मृत्यु

स्वास्थ्यसमाचार /कपिलवस्तुको कृष्णनगरमा गए राति देखि झाडापखलाको संक्रमण फैलिएर २ सय भन्दा बढि बिरामी परेका छन । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामीहरु बढेको छन । कृष्णनगर भारतसँग नजिककै पर्छ जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने,…

लुम्बिनी प्रादेशिक अस्पतालमा नि.मेसु डा ढकालले गरे पदभार ग्रहण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले पदभार ग्रहण गरेका छन । आज एक समारोहका बीच डा ढकालले पदभार ग्रहण गरेका हुन । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका मेसु डा. राजेन्द्र प्रसाद खनालले खादा ओढाएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र श्रोतलाई परिचालन गरि अस्पतालको आयश्रोत बृद्दीको व्यवस्था गरिने वताउदै डा…

लुम्बिनी प्रदेशमा २६ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण खोप लगाए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोराना बिरुद्धको ३३ लाख ८७ हजार १सय २८ अपेक्षित जनामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। खोप लगाउनेमा रुपन्देहीको कुन जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन्। लुम्बिनी प्रदेशको कुन जिल्लामा कतिले लगाए का छन कोरोना बिरुद्धको खोप । प्रदेशको पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसंख्या…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५५ कर्मचारीको सरुवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले ५५ कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २५ जनाको सरुवा र ३० जनालाई कामकाज गर्न खटाएको हो । मन्त्रालयले असोज १५ गते सचिवस्तरिय निर्णय अनुसार कर्माचारीको सरुवा र कामकाजका लागि खटाएको हो।  

ज्येष्ठ नागरिक दिवसका अबसरमा अस्पतालमा फलफुल बितरण

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ज्येष्ठ नागरिक दिवसका अबसरमा ज्येष्ठ नागरिकलाई फलफुल बितरण गरिएको छ। अस्पतालमा आज उपचाररत बिरामी तथा बिरामीका आफन्तलाई फलफुल बितरण गरिएको हो । अस्पतालका भर्ना भएका ज्येष्ठ नागरिकलाई फलफुल र जुस बितरण गरिएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योती पौडेलले बताईन। फलफुल बितरण कार्यक्रम अस्पतालका तपसी चौधरी,चेतनारायण न्यौपाने ,श्रीराम पान्डे ,ज्योती पौडेल, नेत्र आर्चाय,राम प्रसाद अर्याल ,रुपलाल पन्थी ,नेत्रलाल पान्डे ,सुनिल खत्री ,गिता ज्ञाबली, माधुरी ज्ञाबली लगायतको सहभागी रहेको थियो। सन् २००१ देखि हरेक वर्ष ज्येष्ठ नागरिकको सम्मानमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको ज्येष्ठ नागरिक दिवसको…

भेरी अस्पताल नेपालगञ्जको मेसुमा डा विरेन्द्रबहादुर चन्द नियुक्त

स्वास्थ्यसमाचार / भेरी अस्पताल नेपालगनजको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा विरेन्द्रबहादुर चन्दलाई दिइएको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा चन्दलाई उक्त जिम्मेवारी दिएका हुन्। चन्दले यसअघि पनि मेसुको जिम्वेवारी निर्वाह गरिसकेका छन्। डा चन्द एघारौँं तहका वरिष्ठ कन्सलट्यान्ट रेडियोलोजिष्ट हुन्। यसअघि, भेरी अस्पतालको मेसुको जिम्मेवारीमा प्रकाश थापा कार्यरत थिए।

कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक डा खनाल नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको वनाईएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक वनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा खनालको ठाउमा अस्पतालका अर्काे डाक्टर ईन्द्र ढकाललाई नियुक्त गरिएको छ । यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको निमित्त मेसुमा डा ईन्द्र ढकाल नियुक्त

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन। बिहीबार बसेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा. राजेन्द्र खनाललाई हटाएर डा. इन्द्र ढकाललाई नियुक्त गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाज गर्न अनुमति दिईएको छ । डा. खनाललाई भने कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाईएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यस्तै बैठकले लुम्बिनी प्रदेशमा कोभिड १९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत…

स्वास्थ्य सम्बन्धि गतिविधिमा उत्कृष्ट बन्यो मायादेवी गाउँपालिका

स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७७/०७८ मा रुपन्देहीका पालिका र अन्र्तगतका संस्थाहरुबाट सञ्चालित स्वास्थ्य सम्बन्धि गतिविधिहरु उत्कृष्ट रुपमा सम्पन्न गरे बापत स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लाका उत्कृष्ट पालिकालाई सम्मान गरेको छ । सबै गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने मायादेवी गाउँपालिका प्रथम घोषित भएको छ ।बुधबार भैरहवामा स्वास्थ्य कार्यालय भैरहवाद्वारा आयोजित एक कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मायादेवी गाउँपालिकालाई सम्मानित गरेका छन् । ३० वटा सूचकहरु मध्ये मूख्य मूख्य सूचकहरुको आधारमा मूल्याङन गर्दा र प्राप्ताङ्कको आधारमा समेत उत्कृष्ट देखिएको मायादेवी गाउँपालिकाले प्रथम स्थान हासिल गरेको हो ।यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिका दोश्रो र देवदह…

लुम्बिनी प्रादेशिक अस्पतालमा ६ सयले लिए सुरक्षित गर्भपतन सेवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा १ बर्षमा ६सयले सुरक्षित गर्भपतन सेवा लिएका छन । सातौ सुरक्षित गर्भपतन दिवसको अबसरमा आयोजित कार्यक्रममा “सुरक्षित गर्भपतन अधिकारःमौलिक हक सुनिश्चितताको आधार“ भन्ने मुल नाराका अन्तकृर्या कार्यक्रम गरिएको छ । अन्तकृर्या कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका स्त्रीरोग बिभाग प्रमुख श्रीधर आर्चायले अहिले अस्पताललमा ६सय बढीलाई सुरक्षित गर्भपतन सेवा दिएको र अझै बढी सेवा आबश्यक भएपनि दिन तयार रहेको बताए । अस्पतालका अर्काे स्त्री रोग विशेषज्ञ डा भक्त वत्सल राउतले अस्पताल भित्र आउनेलाई कानुनी आधारमा सेवा दिन कुनै समस्या नभएको बताए । अस्पतालका मेसु डा राजेन्द्र खनालले…