स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा मेडिकल सुपरिटेन्डेन्ट परिर्वतन भएका छन । सामाजीक बिकास मन्त्रालय प्रदेश ५ले काजमा उनीहरुलाई सरुवा गरेको हो । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नबिन दर्नाललाई लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा काज सरुवा गरिएको छ भने लुम्बिनी प्रादेशिक अस्पतालका MGDP /बरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सकुन्तला गुप्तालाई मेसु बनाईएको छ। डा गुप्ता MGDP ग्रुपका हुन । उनी लामो समयदेखी लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहेकी छन ।
डक्टर्स आर्टिकल
स्वास्थ्यकर्मी माथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही : स्वास्थ्य मन्त्रालयल
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको नाममा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेहरु स्थानीय प्रशासनले कारवाही प्रक्रिया अघि बढाएको बताएको छ । मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा बताए । चितवनमा संक्रमित चिकित्सक होम आइसोलेसनमा बसिरहँदा टोल सुधार समितिको नामबाट एउटा समूह कोरोना संक्रमितको घर भन्दै व्यानर टाँस्न पुगेको थियो । शनिबार मात्रै काठमाडौँमा टोल सुधार समितिकै नाममा एउटा समूहले सिभिल अस्पतालका स्वास्थ्यकर्मी बसेको नयाँ बानेश्वरस्थित एक होस्टलको घेराउ गर्न पुगेको थियो । यी दुबै घटनालाई स्वास्थ्यकर्मीमाथिको दुर्व्यहारको संज्ञा दिदै उनले यसो नगर्न आम सर्वसाधारणलाई पुन सचेत बनाए ।…
चिकित्सकलाई हातपात गर्ने दोषि माथि कडा कारवाही गर : चिकित्सक संघ लुम्बिनी
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले कपिलवस्तु अस्पतालमा उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको दुबर््यवहारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष डा इन्द्र ढकाल तथा महासचिव डा सन्तोष पोखरेलले एक विज्ञप्ती जारी गर्दै कपिलवस्तु अस्पतालमा चियाले जलेर उपचारका लागि ल्याइएकी एक बर्षीय बालिकाको निधनपछि चिकित्सकमाथि हातपात हुनु निन्दनीय भएको उल्लेख गरेका छन । विज्ञप्तीमा जिल्ला प्रशासनमा दिइएको निवेदनमाथि पनि तुरुन्त सुनुवाईको माग गरिएको छ । ‘घट्ना पश्चात जिल्ला प्रशासनमा अस्पताल प्रशासनले बुझाएको निवेदन उपर पनि छिट्टै कारवाही गर्ने आश्वासन पाए पनि एक हप्ता बितिसक्दा पनि कुनै कारवाही अगाडी नवढेकोमा…
कोभिड–१९ नेपालको स्वास्थ्य प्रणालीलाई चुनौती कि अवसर ?
डा. तुल्सी राम भन्डारी सन् २०१९ को डिसेम्वर अन्त्य तिर चीनको हुवेइ प्रान्तको वुहान शहरमा रुघाखोकीको जस्तै लक्षण र चिन्हहरु देखिने अज्ञात रोग देखियो । बिस्तारै यो रोग चीनको अन्य भागमा पनि फैलियो तर यसको निश्चितकारण निदान हुन सकेन र उपचार गर्दा पनि सफलता नमिले पश्चात चीनले विश्व स्वास्थ्य संगठनलाई सूचित गर्यो । उक्त रोग चीन लगायत अन्य मुलुकहरूमा पनि फैलिदै गयो । फेब्रुअरी ११, २०२० मा International Committee on Taxonomy of Viruses (ICTV) ले यस रोगको कारण सार्स कोरोना भाइरस–२ (SARS-COV-2) भएको विधिवत घोषणा ग¥यो । यो नयाँ प्रजातिको…
फलफूल र तरकारीबाट कोरोना सर्दैन, पैसामा ४ दिनसम्म रहन सक्छ
डा लुना भट्ट, भाइरोलोजिष्ट/ कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क, सेनिटाइजर र भौतिक दूरी सबैभन्दा महत्वपूर्ण कुरा हुन्।मास्क लगाउँदा कसरी लगाउने भनेर हामी होसियार हुनुपर्छ। कसैले हातमा मास्क लगाउने, चिउँडोमा लगाउने अथवा कानमा लगाउने गर्छन्, यो एकदमै गलत हो। मास्क लगाएको छ तर भीडभाडमा धेरैबेर बसेको छ भने त्यस्तो अवस्थामा मास्कले मात्रै संक्रमण रोकिँदैन। मास्क लगाएको भए पनि धेरै समय भीडभाडमा बस्न हुँदैन।जतिखेर पनि साबुन पानी उपलब्ध नहुने भएकाले स्यानिटाइजर गोजीमा राखेर हिँड्नुपर्छ। पैसा वा अन्य सामान चलाउँदा स्यानिटाइजर दल्नुपर्छ। कहीँ पनि बस्दा स्यानिटाइजर भएको टिस्यु पेपरले पुछेर बस्नुपर्छ। भीडभाडमा बसेर…
१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा पाण्डे
– डा: रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमान्डौ १८ साउन/ सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ। संक्रमणको फैलाबटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ । त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलबस्तु, कैलाली पहाडी…
कोरोना वाटआत्तिनु पर्दैन तर हाइ एलर्टमा बसौं : डा. रवीन्द्र पाण्डे
नेपाल कोरोना संक्रमणको अर्को फेजमा प्रवेश गरेको छ । लक्षणविहीन तथा सामान्य लक्षणको चरणबाट लक्षणयुक्त तथा स्थानीय समुदायमा संक्रमणको चरणमा हामी प्रवेश गरेका छौं। भारतका बिहार, युपी तथा पश्चिम बङ्गालमा कोरोना संक्रमण समुदायमा फैलँदो क्रममा छ । भारतसंग हाम्रो १८०० किलोमिटर लामो खुला सिमानाको कारण हामी जोखिममा परेका छौं । राजविराज, बिराटनगर, बिरगंज लगायत संक्रमित क्षेत्रमा मात्र होइन काठमाडौं लगायतका ठाउँमा भेटिएका लक्षणयुक्त संक्रमितको लहरो खोज्ने हो भने अधिकांश भारतबाट आएका व्यक्तिमा देखिएको छ । कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रजातिको संक्रमण सुरु भएको हो कि पुरानै भाइरसको स्वरूप परिवर्तनले…
भारतमा फैलिएको कोरोनाको आँधीबेहरी तथा नेपालमा यसको प्रभाव – डा. रवीन्द्र पाण्डे
भारतमा कोरोना संक्रमण प्रतिदिन ५० हजारको आसपासमा बढिरहेको छ । अहिलेसम्म परीक्षण भएका संक्रमित १३ लाख ३६ हजारभन्दा धेरै छन् भने यसको धेरै गुणाको परीक्षण नभएका संक्रमित भएको विश्वास गरिएको छ। आजसाम्म ३१ हजार ३ सय ५८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । हिंजो भारतमा ४ लाख २० हजार व्यक्तिको कोरोना परीक्षण गरिएको छ भने आगामी दिनमा परीक्षणको दायरा बढाउनको लागि ठूला ठूला ल्याब बिभिन्न राज्यमा स्थापना गरिएको छ । सम्पूर्ण नीजी ल्याबलाई ३ हजारमा कोरोना परीक्षण गर्न अनुमति दिइएको छ। जो भारतमा ११ सय भन्दा धेरैको मृत्यु…
लकडाउन अन्त्य गर्ने अपरिपक्व निर्णय : डा रवीन्द्र पाण्डे
स्वास्थ्यसमाचार/सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ ।कोरोना संक्रमणको समुदायमा ब्यापक परीक्षण गरेर बास्तबिक अवस्था थाहा नपाइ गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व छ । ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउनेछ । देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्याका लगायत सहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसंग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण छ । परीक्षण गर्दै चरणबद्ध रुपमा…
नेपालमा कोरोना विशेष अस्पताल बनाएर उपचार सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र प्रसाद खनालले नेपालमा कोरोना विशेष अस्पताल बनाएर संक्रमितको उपचार सुरु गर्ने पहिलो लुम्बिनी प्रादेशिक अस्पताल नै भएको वताए । विश्वमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो तयारी सुरु गरेको थियो। कोरोना संक्रमण फैलिए कहाँ उपचार गर्ने भन्ने समस्या नआओस् भनेर अस्पतालले सुरुमै छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको खनालले बताए । डा खनालले अहिले लुम्बिनी प्रादेशिक अस्पताल,९६ जना कोरोना संक्रमितको सफल उपचार गरिसकेको वताए। अस्पतालबाट ९८ जना स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् भने २ जना कोरोना संक्रमित अझै उपचाररत छन्। हामीले कोरोना…