डा सुदर्शन थापा भगवानको चक्रले मलाई कोरोनाबाट बचायो :डा उमाशंकर चौधरी

प्रदेश ५मा रेम्डीसिभिर औषधी प्रयोग गर्ने म पहिलो भए

म डा उमाशंकर प्रसाद चौधरी प्रदेश ५ सामाजीक बिकास मन्त्रालय अस्पताल बिकाश तथा चिकित्सा सेवा महाशाखा प्रमुखको रुपमा कार्यरत रहेको छु । कामको शिलशिलमा मलाई कोरोना संक्रमित पुष्टि भयो । कोरोना संक्रमण पछि म होम आईसोलेशनमा बसे। आफु स्वयम चिकित्सक भएकोले मैले आफनो स्वास्थ्यको बारेमा ख्याल गर्दे आएको थिए मैले अक्सिजन नाप्ने मेसीन किनेर आफनो स्वाश प्रस्वास नापी रहेको थिए ।

सुरुमा शरिरमा अक्सिजन मात्र सेचुरेशनको मात्रा जब ९३ बाट तल झर्दै गयो सास फेर्न गार्हाे हुँदै गयो कोरोनाका जटिलताहरू थपिदै गए पछि कोरोनाको आईसियु मा भर्ना भए।

म आफै आत्तिए र मैले लुम्बिनी प्रादेशिक अस्पताबाट संञ्चालिन बुटबलको धागो कारखनामा रहेको कोरोना फोकल पर्सन कन्सलटेण्ट फिजिसियन डा सुदर्शन थापा लाई फोन गरे ।

उहाले मलाई तुरुन्त अस्पतालमा आउन भन्नुभयो म अस्पतालमा एम्बुलेन्स बोलाएर गएर भर्ना भए । अस्पतालको आईसियु को बेड नं १६मा भर्नापछि मलाई कुशल चिकित्सकीयटोलीले स्वास्थ्यप्रसासमा समस्या भयो नाकबाट अक्सीजन र छातिर प्रेशर गरि उहाहरुले उपचार सुरु गर्नु भयो ।

सुरु देखी नै उच्चमनोबलका साथ कोरोना संग लडीरहेको थिएम मलाई कुनै निरासा थिएन मैले जसरीपनि कोरोना जितेर छिटोफर्कछु भन्ने आशा थियो। अस्पतालमा १८ वटा आईसियु बेड थिए म १६ नंमा थिए ।

उपचारमा आउने चिकित्सहरुले मलाई भन्ने गर्नुहुन्थ्यो डा साप तपाई सझै खुसी हुनुहुन्छ म भन्ने गर्दछ एक दिन मर्नु नै छ किन म निरासा हुनुर भने उहासंग उहाहरु अचम्म मान्नुहुन्थ्यो । आईसिुयुको बेडमा रहेको मलाई कोरोनाले अत्याधिक रुपमा चाप्दै गएको थियो अबस्थमा गम्भीर हुदै भएपछि कोरोना फोकल पर्सन कन्सलटेण्ट फिजिसियन डा सुदर्शन थापाले मलाई भन्नुभयो डा साप अब तपाईलाई बचाउने हामीले रेम्डीसिभिर औषधी बाहेक अरु केहि छैन तपाई केभन्नुहुन्छ यदि तपाई ले हुन्छ भन्नुभयो भने हामी चलाउछौ ।

मैले उहालाई भने डा साप मलाई औषधीले रियक्सन गर्छ कस्तो हो मिल्छ भने चलाउनुस भने मैले त्यो औषधीको बारे अध्यन गरे त्यो औषधीले कतिको ज्यान गएको पाए कति को ज्यान बचाएको पाए तर मैले भने हुन्छ डाक्टर थापाले मलाई २ पानाको एकपेपर दिनुभयो मैले हस्ताक्षर गरे ।

अनि मलाई महाभारतको अर्जुनको बांण भन्दा शक्तिशाली क्षेप्यास्त्र सुदर्शन भगवानको चक्र प्रहारभई सकेको थियो।त्यो चक्र रेम्डीसिभिरको रूपमा थियो।
यो चक्रले मलाई बचाउन रामबाणको काम गरयो ।प्रदेश ५मा सम्भवतह म पहिलो ब्यक्ति थिएयो औषधी पाउनमा जसले वास्तवमा मलाई बचाउन रामबाणको काम गरेको मैले महसुस गरे। अनि मैले सुदर्शन भगवानलाई भने हजुरको यो बाण प्रयोग नभएको भए मैले छेउछाउबाट अरु बिरामीले जस्तै आफनो पनि कोरोनाको कारण यो संसारबाट बिदाहुनुपर्ने थियो होला ।

अस्पतालका सारा चिकित्सकदेखी सम्पुर्ण स्वास्थ्यकर्मि लाई परिचालन गर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल अस्पतालका अध्यक्ष सुर्य भटराई अस्पताका नर्सिड ईन्र्चाज ज्योती पौडेल लाई बधाई दिन चाहान्छु । रातदिन नभनी सबै चिकित्सक स्वस्थ्यकर्मिलाई उच्चमनोबलका साथ कोरोना अस्पतालको ब्यबस्थापन चुस्त दुरुस्त गराउनु भएकोमा उहाको अस्पताल टिमलाई ।

अस्पतालमा म जस्तै कोरोनाका सय कडौं जटिल बिरामीहरूले राहतको सास फेर्न पाएको अनुभूति पाएका छन। मलाई स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी सामाजीक बिकास मन्त्रालयका सम्पुर्ण टिम साथीभाई ईष्टमित्र सबैलाई प्रतक्ष अप्रत्क्ष रुपमा फोनमा सामाजीक संञ्चालनमा मेरो स्वास्थ्य प्रति सदभाब राख्ने सबैलाई धन्यबाद भन्न चाहनछु ।

बिषेश गरि मलाई कोरोना संक्रमण देखीनै मेरो स्वास्थ्य प्रति चासोराख्न्दै घरदेखी अस्पताल सम्म सामाजीक बिकास मन्त्री माननिय सुदर्शन बराल ज्युको माया सदभाब लाई कुनै दिन भुल्न सक्दैन ।म अब केह दिनको आरामपछि आफनो नियमिति काममा समेत र्फकने छु । डा उमासंकर चौधरीसंग गरिएको कुराकानीकोे आधारमा बनाईएको हो ।

डा उमाशंकर प्रसाद चौधरी प्रदेश ५ सामाजीक बिकास मन्त्रालय अस्पताल बिकाश तथा चिकित्सा सेवा महाशाखा प्रमुख हुन ।

सम्बन्धित शिर्षक :