डिसेम्बर २०१९ मा बुहानमा देखिएको कोभिड १९ भाइरस ले आजसम्म २२२ देशमा पंजा फैलाएको छ भनेकरिब १७ करोड मानिस संक्रमित भएका छन भने ३५ लाख मानिसको ज्यान लिएको भाइरस अब गाउगाउमा पुगेको छ।अब भाइरस ले रुपपनि बदल्दैछ।अहिलेसम्म ड्रपलेट ईन्फेक्सन मात्र हुन्छ भनेको वायु बाट पनि संक्रमण सर्ने नयाँनयाँ खोज हरु आइरहेका छन् । यो रोग नेपालमा आउदैन भन्ने आषा थियोे तर आइहाल्योर संक्रमण दर अन्त भन्दा धेरै भएको छ।अहिले संक्रमित ब्यक्ति संग संपर्कमा नआएका मानिस पनि संक्रमित भएकोले हामीकहा कुन स्टेजमा छ भन्ने खोजी हुनु जरुरी छ।सरकारले रोग नियन्त्रणका लागि…
डक्टर्स आर्टिकल
फन्टलाइनरलाई कोभिड भ्याक्सिन लगाउनुु अनिवार्य : डा नन्दु पाठक
स्वास्थ्यसमाचार /लुुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दुु पाठकले फन्टलाइनरलाई भ्याक्सिन लगाउनुु अनिवार्य रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले शनिबार आयोजनामा कोरोना महामारीमा सञ्चारमाध्याम र पत्रकारको भूमिका विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै डा पाठकले डबल मास्क लगाउने, सर्जिकल मास्क लगाउने, भौतिक दुुरी कायम गर्ने, साबुुनपानीले पटक पटक हात धुुने कार्य अनिवार्य रहेको बताए । उनले भीडभाड, सोर्केस, टेबल, ढोकाका हेन्डिललाई सेनिटाइज गनुुपर्ने, एयर फलो भएको कोठामा बसेर काम गर्न सञ्चारकर्मीलाई सुुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल कोरोनाबाट जोगिन जनताले पत्रकारबाट सही…
Pulse Oximeter ले देखाउने रिडिङ्ग (#Covid-19) : एक जानकारी
प्रयोग : कुनै पनि औंलामा, यस्ले मुटुको चालको रेट प्रति मिनट र अक्सिजनको मात्रा प्रतिशतमा देखाउँछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छ । त्यसैले यस्ले देखाएको रिडिङ्ग सहि मान्नु पर्दछ । यदि अक्सिजन ९२ प्रतिसत भन्दा बढि छ भने आत्तिनु पर्दैन । कम छ भने अक्सिजन लिनुपर्दछ । आधा घण्टादेखि २ घण्टासम्म घोप्टो परेर सुत्ने, त्यसरी नै दायाँ, वाँया फर्केर सुत्ने, वस्ने, हिडडुल गर्ने अलि अलि गर्ने । आइसोलेसनमा वस्दा कोठाभित्र गम्सेर नवस्ने । ताजा हावामा जस्तै बगैचा, बालकोनी, खुल्ला ठाऊँ(छत)मा बस्ने गर्नुपर्दछ । माथीको तस्विरमा तरङ्ग/वेभ रेगुलर छैन ।…
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा . विकास देवकोटा
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त भएका छन । सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो। लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालय वाट स्वास्थ्यको समेत काम गर्दै आएको थियो। सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने वताए। डा देबकोटाले भने कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको समेत बताए ।…
विश्व होमियोप्याथीक दिवश : जानौं यो कस्तो उपचार पद्धति हो ।
अप्रिल १०, २०२१ । चिकित्सा पद्धति सन १७९६ मा जर्मनीका प्रसिद्ध एलोप्याथिक बिशिषज्ञ डा. क्रिश्चीयन फेडेरिक स्यामुयल हेनिमनले लामो समयको खोज अनुसन्धान पश्चात चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो बिज्ञानलाई रोगको स्थायी रुपमा जराबाटै समाधान गर्न सक्ने उत्तर आधुनिक समयमा बिकास भएको चिकित्साको रुपमा हेरिने गरिन्छ ।
नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम :मन्त्री बराल
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम भएको बताएका छन् । नेपाल चिकित्सक संघ लुम्बिनीले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आयोजना गरेको मेडिभ्वाईस लुम्बिनी बुलेटिन विमोचन गर्दै मन्त्री बरालले केही व्यक्तिका कारण पेशानै बदनाम भएकाले त्यस्ता व्यक्तिको खोजी गरेर कारबाहीको दायरामा ल्याउन प्रदेश सरकार लागि परेको बताए । चिकित्सकलाई धेरैले भगवान जस्तै मानेपनि केही गलत व्यक्तिले पेशामा हिलो छ्याप्ने काम गरेको भन्दै त्यसलाई अन्त्य गर्न प्रदेश सरकार लागेको र चिकित्सकहरुले समेत यो अभियानमा साथ दिनुपर्ने उनको भनाई छ । उनले कोभिडको समयमा चिकित्सक,…
लुम्बिनी अस्पतालका मेसु खनालद्धारा स्कुललाई २ लाखको अक्षयकोष
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर राजेन्द्र खनालले गुल्मी पिपलधाराको गणेश माध्यामिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन । धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारमा रहेको र आफुले सानो छँदा पढेको बिद्यालय गणेश माध्यामिक बिद्यालयमा पिता र काकाको नाममा अक्षयकोष स्थापना गरेका हुन् । डा. खनालले आफूले अक्षर चिनेको विद्यालय भएकोले सम्झना स्वरुप कोषको स्थापना गरेको बताउँदै गाउँको बिद्यालयमा पढेका पनि डाक्टर बन्न सक्छन् भन्ने उत्प्रेणा दिन सकियोस भन्ने उद्देश्यले कोषको स्थापना गरेको बताए । अक्षयकोष स्थापनापछि धुर्कोट गाउँपालिकाको केन्द्र बरबोटको अवलोकन गर्न आएका डा. खनालललाई धुर्कोट गाउँपालिका अध्यक्ष…
मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने डा खनाल
आशाका किरणहरु फैलिएको देख्छु,ओइलाएका फूलहरु फक्रीएको देख्छु मान्छेलाई मान्छेको माया चाहिने,जीवन रहे सबै भोग्न पाइने। आफू कोभिडबाट सिकिस्त हुंदा जन्मिएका शब्दहरुबाट सिर्जित गीतको केही अंशहरु हुन, जो संगीत बनेर श्रब्य दृश्य(music video) मार्फत यू ट्यूबबाट euta manchhe nai hu ma शिर्षकबाट प्रसारण भैसकेको छ। आज संक्रमण भएको ४ महिना बितेपछि अबको संक्रमणबाट बच्न स्वास्थ्य बैज्ञानिक हरुले अहोरात्र खटेर बिकास गरेका, मित्र राष्ट्र भारतबाट नेपाली जनतालाई प्राप्त कोभिड विरुद्धको भ्याक्सिन Covishield को पहिलो डोज लुम्बिनी प्रादेशिक अस्पतालको खोपकेन्द्रबाट पहिलो सेवाग्राही भएर लिइयो। शुरुमै खोप लिने पहिलो भायल खोल्दा पुग्ने १० जनाको…
बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं :डा पान्डे
डा रबिन्द्र पान्डे / बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं । यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन । भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भैइरहन्छ त्यहि क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो । पुरानो कोरोना भाइरसभन्दा यो ७० % बढी सर्न सक्दछ । उदाहरणको लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० % बढी सर्न सक्दछ बढी अर्थात १७०० जनालाई संक्रमण गराउन सक्छ ।यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा…
कोरोना संक्रमितका पिडालाई समेटेर तयार पारिएको ‘मान्छे नै हुं म’गीत सार्वजनिक
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद खनालले कोरोना संक्रमित गीतको सृजना गरि सार्वजानीक गरे । रात दिन बिरामीको सेवामा समर्पित डा. खनाल आफैमा कोरोना संक्रमित भएर बिस्तरामा लखतरान परेको वेला बिरामीका पिडाको अनुभूती र भोलीको भविश्यका बारेमा आउने सोंचलाई समेटेर डा.खनालले गीतको सृजना गरेका छन । संक्रमणले छटपटाईरहेका कोरोना संक्रमितका पिडालाई शब्दमा उतारेर तयार पारिएको ‘मान्छे नै हुं म’ नामको गीती एल्बमको युट्यूव संस्करणको एक कार्यक्रमका बीच विहिवार बुटवलमा सार्वजानिक गरिएको छ । समर्पण पीडा र आशा वोकेको म्युजीक भिडियोमा संक्रमित भएर थलिएर भेन्टिलेटरमा बस्दा संक्रमितहरुमा आउने…